Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
फेरी बज्यो खतराको घण्टी, कोशी बाँध पानीको बहाव पोहर सालभन्दा बढी PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Friday, 03 July 2009 06:56
काठमाण्डौ - लगातार पानी परेपछि सप्तकोसी नदीमा आएको बाढीले कोसी ब्यारेजको १२ नम्बरको ढोकामा क्षति पुगेको छ ।

पानीको बहाव बढ्दै गएपछि खतराको संकेतस्वरुप रातो झण्डा गाडिएको पत्रकार मनोज श्रेष्ठले जानकारी दिएका छन् । सप्तकोसीको ब्यारेज पुनर्निर्माणको ठेक्का पाएको बशिष्ठा एण्ड बशिष्ठा कम्पनिको कार्यालय रहेको पाँचवटा छाप्रासमेत बगाएको छ । ब्यारेजस्थित जल मापन केन्द्रले असार १९ गते बिहान १० बजे गरेको रेकर्ड अनुसार पानीको बहाव बढेर १ लाख, ८७  हजार, ८ सय ४८ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । यो गत बर्षको भन्दा २० हजार क्युसेक बढी हो । गत बर्ष भदौमा कोशीको बाँध फुट्दा पानीको बहाव १ लाख, ६७ हजार क्युसेक प्रतिसेकेन्ड थियो ।

सम्भावित क्षति रोक्न ब्यारेजका ५६ मध्य २९ वटा ढोका खोलिएको छ । थप ढोका खोल्न र सम्भावित क्षति रोक्न भारतीय प्रशासनसँग छलफल भइरहेको स्थानिय प्रशासनले जनाएको छ । पानीको बहाव बढेपछि सर्बसाधारण संभावित जनधनको क्षतिले त्रसित बनेका छन् । नदीले सुनसरीको बराह क्षेत्रको दक्षिणबाट पूर्वी किनार कटान गरिरहेकोले  सो क्षेत्र उच्च जोखिममा परेको छ ।

यसैबीच, कोसी बाढी पीडितहरुले सरकारद्वारा गठित उच्चस्तरिय छानविन समितिले सिफारिस गरेअनुसारको राहत रकम नदिएको बिरोधमा आज पनि पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको जुद्ध चोकमा यातायात अबरुद्ध पारेका छन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama