Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मगर भाषा, संस्क्रितीका चल्चित्रहरुको विस्तार र मगर जागरण अभियान PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Haribahadur Saru Magar   
Sunday, 02 August 2009 05:50
पाल्पा- मगर समाजको भाषा कला, रहन सहन, साहित्य र संस्कृति लगायतको खोज अनुसन्धान गर्दै यसको प्रबद्र्धन प्रचार प्रसार र संरक्षण गर्ने उद्धेश्यले संगठित भएको मगर चलचित्रकर्मी संघले चलचित्र बजार विस्तार र मगर जागरण अभियान २०६६ सचालन गर्ने भएको छ ।
 
Aju Magarl film by Mejan Pun Magar. Image: Hari
 
मगर चलचित्रको बजार विस्तार तथा मगर सचेतना कार्यक्रम निरन्तर रुपमा सचालन गर्न पहिलो चरणमा पश्चिमाचलको १२ वटा स्थानमा मगर चलचित्रहरुको प्रदर्शनी तथा छलफल कार्यक्रम हुनेछ । यसको लागि बुटवललाई फोकल पोईन्टको रुपमा र अन्य नौ वटा स्थानहरु पाल्पा, स्याङ्गजा, गल्याङ्ग, भिमाद, दुलेगौडा, कावासोती, माकर, मधवलीया र रुद्रपुरलाई नेटवर्क पोईन्टको रुपमा छनौट गरिएको अभियानका संयोजक शंकर गाहामगरले जानकारी गराउनु भयो । संयोजक गाहामगरका अनुसार रुद्रपुरमा भदौ १ गते मधवलीयामा, भदौ ३ गते पाल्पामा, भदौ ५ गते माकरमा, भदौ ७ गते कावासोतीमा मगर चलचित्र र डकुमेन्ट्रि प्रदर्शन गरिनेछ । यस्तै असोज २४ गते दुलेडांडामा, २६ गते भिमादमा, २९ गते स्याङ्गजामा र असोज ३१ गते गल्याङ्गमा प्रदर्शन हुनेछ । बुटवलमा भने श्रावण ३१ गते, असोज ३ गते र कार्तिक ७ गते गरि तीन पटक प्रदर्शन हुनेछ । यो अभियानलाई प्रभावकारी र सफल बनाउनका लागि यही श्रावण २३ गते पाल्पामा, २४ गते बुटवलमा, असोज २३ गते भिमादमा र असोज २८ गते स्याङ्गजामा प्रशिक्षण कार्यक्रमसमेत गरिने उहाँले बताउनु भयो ।

मगर चलचित्रसँगै हरेक स्थानमा आदिबासी जनजातिहरुको ज्ञान, सीप, कला, संस्कृति, रहन सहन, प्रशासनिक, कानुन, न्याय सम्पादन, शासन प्रणाली र परम्परा लगायतका विषय बस्तु समेटिएका फरक फरक किसिमको एक एक वटा डकुमेन्ट्रिसमेत प्रर्दन गरिने र त्यसबाट मगर समाजको मुद्धाहरुको बारेमा पहिचान गर्न सहभागीहरु वीच छलफल चलाई आगामी दिनहरुमा त्यही मुद्धा र समस्या तथा विषय बस्तुमा आधारित रहेर मगर चलचित्रहरु निमार्ण गरिने तथा त्यसले मगर चलचित्र बजारलाई विस्तार गर्नमा सहयोग पुग्ने मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की रानामगरले बताउनु भयो ।

यसैवीच, यो अभियान अन्र्तगत नेपाल मगर विद्यार्थी संघ पाल्पा र मगर चलचित्रकर्मी संघ विच भएको छलफल तथा अन्र्तकि्रयाले पाल्पामा यही श्रावण २३ गते प्रशिक्षण कार्यक्रम चलाउने र भदौ ५ गतेका दिन मेजन पुनमगरको लेखन तथा निर्देशनमा बनेको मगरपनको मगर चलचित्र 'एजु' प्रदर्शन गर्ने निर्णय गरेको छ ।

-Haribahadur Saru Magar in Palpa

Comments

avatar mek rana magar
0
 
 
Hari gi ko khabar good 6 . Magar Filmharule aru kam pani garne parda6. josto lag6,
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?