NEWS: बिबिसी नेपाली सेवा ::

Inside

यारसागुम्बाको लागि ज्यान गयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 03 July 2009 03:20
काठमाण्डौ - हिमाली क्षेत्रका नेपालीहरुकालागि आम्दानीको राम्रो श्रोत बनेको यारसागुम्बा अब मनमुटाव र मृत्युको कारणसमेत बन्न थालेको छ ।
Naar village in Manag. Photo courtesy: nepal-dia.de
अर्को जिल्लाबाट आफ्नो जिल्लामा यारसागुम्बा खोज्न आएको भन्दै मनाङ्गको नार गाउँका बासिन्दाले गोर्खाबाट यारसागुम्बा खोज्न गएकामाथि आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । घटना गत जेठ २७ गते भएको हो ।
मृत्यु हुनेहरुमा गोर्खा केरौजाका युवाहरु रहेका छन् । मृत्यु भएका मध्ये ७ जनालाई नारका बासिन्दाहरुले कुटीकुटी मारेका थिए भने नारवासीको आक्रमणबाट बच्न भाग्दा २ जना युवकको भीरबाट लडेर मृत्यु भएको थियो । आक्रमणबाट मारिनेमा गोर्खा केरौजा- १ का ३२ बर्षीय ज्ञानबहादुर गुरुङ्ग, १६ बर्षीय बीरे गुरुङ्ग, १७ बर्षीय कामी गुरुङ्ग, १८ बर्षीय शोभार गुरुङ्ग, ध्रुब गुरुङ्ग, सुबेदार गुरुङ्ग, केरौजा २ का आइतराम गुरुङ्ग छन् । परिचय नखुलेका अन्य दुई जनाको भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।
यारसागुम्बा खोज्न गएका युवकहरु लामो समयसम्म घर नफर्केपछि उनीहरुको खोजी गर्दा आक्रमणमा परी मृत्यु भएको पत्ता लागेको प्रहरीले जनाएको छ । यारसागुम्बा खोज्न जाँदा नारबासीले प्रवेशमा रोक लगाएपछि विवाद सुरु भएको थियो । विवादले पछि झडपको रुप लिन पुग्यो । घटना सार्वजनिक भएपछि प्रहरीको टोली घटनास्थलतर्फ लागेको बताइएको छ । घटनास्थल मनाङ्ग सदरमुकाम चामेबजारबाट पैदल दुई दिन टाढा रहेको छ ।
हिमाली क्षेत्रका बासिन्दाले यौनबर्धक मानिने यारसागुम्बाको संकलनबाट लाखौं आम्दानी गर्दै आएका छन् । प्रतिकिलो ७-८ लाख रुपैयाँसम्ममा बिक्री हुने यारसागुम्बाले त्यहाँका बासिन्दालाई आर्थिक रुपले सबल बनाउन थालेपनि यसले विस्तारै झडपको रुप लिन थालेको छ । हिमाली क्षेत्रमा पाइने यारसागुम्बा संकलनकालागि बाहिरी जिल्लाबाटपनि हजारौं मानिसहरु जाने गरेका छन् ।
-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?