Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

थारु सग्राहलयको सूचना तथा सञ्चारमन्त्रि शंकर पोख्रेलद्वारा उद्घाटन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Sunday, 02 August 2009 05:49
दाङ- दाङमा थारु जातिहरुको सांस्कृतिक पहिचान झल्कने गरी स्थापना गरिएको थारु सग्राहलय शनिबारदेखि सञ्चालनमा ल्याइएको छ ।

घोराही नगरपालिका-२ पनौरामा रहेको गुम्राह थारु सास्कृतिक संग्राहलयको आज बिहान एक समारोहका बिच सूचना तथा सञ्चारमन्त्रि शंकर पोख्रेलले उदघाटन गर्नु भएको छ ।

झण्डै १० लाखको लगानीमा थारु कल्याणकारिणी सभाले सञ्चालनमा ल्याएको सग्राहलयमा १ सय ३० थरीका मुर्ती सहित थारु संस्कृति झल्कने बिबिध प्राचिन बस्तुहरु राखिएको छ ।

संग्राहलय अवलोकनका लागि टिकटको ब्यवस्थामा थारुहरुका लागि रु. ५, अन्य नेपाली समुदायलाई रु. १० र विदेशीहरुलाई ५० रुपैया निर्धारण गरेको जानकारी थारु कल्याण कारिणी सभाका केन्द्रीय सदस्य मेटमटि चौधरीले जानकारी दिनुभयो । 

सग्राहलयको उदघाटन गर्दै मन्त्रि पोख्रेलले राष्ट्र निर्माणका लागी सवैको पहिचान संरक्षण गर्नु पर्ने बताउनु भएको छ । 

उहाँले पनौरामा रहेको संग्राहलयलाई सरकारका तर्फाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?