NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा युएस नेपाल अनलाइनलाई अमेरिकामा लाङ्घाली परिवार यू. एस्. ए.द्वारा सम्मान PDF Print E-mail
Share
User Rating: / 10
PoorBest 
Written by Lab K. Budhamagar   
Saturday, 11 April 2009 08:51
न्यूयोर्क, लाङ्घाली परिवार यू. एस्. ए. ले अप्रिल ६ मा आफ्नो पाचौँ वार्षिक उत्सवका अबसरमा युएस नेपाल अनलाइनलाई अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई स्वच्छ र निस्पक्ष समाचारहरु प्रकाशन गरी अमूल्य योगदान पुर्याएकोमा संस्थाले सम्मान गरेको छ।

For more photos of the event click here 

कार्यक्रममा विबिध साँस्कृतिक तथा दोहोरी कार्यक्रमको आयोजना गरी न्यूजर्जी राज्यको Egg Habor Township मा अप्रिल ५ मा बिभिन्न राज्यहरुबाट आएका झन्डै २५० जना मगरहरु र शुभचिन्तकहरुका साथ भब्य रूपमा मनायो ।

कोही हामी पूर्वबाट कोही पश्चिमबाट 
एक भै अघि बढ्नु छ आज । 
मगर हामी बीर् जाति इमान्दार हो पहिचान 
देशकै लागि दिन्छौ बलिदान । 
लखनका सन्तान हामी खाँदैनौनी कहिले हार 
मानब जाति बनौ बराबर । 
हाम्रो भाषा, ईतिहास सन्स्क्रिती छ बिशाल 
सुन्दर शान्त् बनाउ नेपाल ।

औपचारिक र साँस्कृतिक गरि दुई चरन् मा बिभाजित उक्त उत्सब माथि उल्लेखित सामुहिक गीतबाट शुरु भएको साँस्कृतिक कार्यक्रममा मन्जु पुन मगरले जोडी भालेसा (मगर भाषामा), राजेश थापामगरले सुन छहारी सुनैको खानीमा , कुमार थापामगरले दोबाटोमा छुटेपनी भेट हाम्रो भैरहोस् , अरुण रोकामगरले एती राम्री केटीलाई अघि नलाई जान्न, केशब थापामगरले जोमसोमै बजारमा, डम्बर कार्कीले यो बाटो कँहा जाने होला एकल गीत प्रस्तुत गरेका थिए भने राजेश थापामगर, शेर बहादुर थापामगर, राम तिलिजामगर, मन्जु पुनमगर र रीता तिलिजामगरले दुई चरन मा प्रतक्ष दोहोरी गाएर सबैलाई हाँसाएका र नचाएका थिए । 

त्यस्तै इन्दु तिलिजामगर, इन्जु तिलिजामगर, उशा पुर्जा मगरले लाली गुराँस बनै भरी चुल्थो सजाउँछु र तुङ्ना र दम्फु बजाउदै, प्रिया्न्का थापामगरले मलाई मायाले सतायो लौ, बिन्दु थापामगरले रेली खोला बगर काफल पाक्यो लहर, मन्जु पुन्मगर र निर्त्य निर्देशक राज कुमार पुन् मगरले मीठो फुल्को मिठैछ छ बासना पहिलो भेट्मा मुसुक्कै हाँसन गीत् मा रोचक निर्त्य प्रस्तुत गरेका थिए भने मिलन थापामगरले प्रदेश नामक कबिता बाचन गरेका थिए । 

लाईभ संगीतका लागि की बोर्डमा बिष्णु पुन मगर, गीतार् मा अरुण रोकमगर र हिरा शम्सेर मल्ल, मादलमा सचिन तिलिजमगर र खोम बहादुर थापामगर हुनुहुन्थ्यो जस्को संयोजन संगीतकार बिष्णु पुन मगरले गरेका थिए भने ध्वनि संयोजन DJ दिनेश गुरुङ् र Videography मोक्तान डिजिटल भिडियोका Director शम्भु मोक्तान् ले गरेका थिए ।

कार्यक्रममा USNepalOnline.Com लाई अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई स्वच्छ र निस्पक्ष समाचारहरु प्रकाशन गरी अमूल्य योगदान पुर्याएकोमा संस्थाले सम्मान गरेको थियो । US Nepal Media Center को तर्फबाट अध्यक्ष श्री पासाङ् दोर्ची शेर्पाले प्रसंशा पत्र र फूलको गुच्छा स्वीकार्नु भएको थियो । सम्मानित भए पस्चात श्री शेर्पाले मिडिया सेन्टर् को महत्तो, बर्तमान र भाबी योजना बारे बताउदै मगर समुदाय् लाई सहयोग गर्न आउहान पनि गर्नु भएको थियो । 

प्रमुख अतिथि नेपाल जनजाति महासंघका महासचिब श्री अर्जुन गुरुङ्ले यस् पाँचऔ वार्षिक उत्सब का उपलक्यमा सम्पूर्ण मगर समुदायलाई बधाई दिदै आफ्नो भाषा, सन्स्क्रिती र परम्पराको सम्रक्यन र सम्बर्धन् का लागि लाङ्घाली परिवार यूएसए ले खेलिरहेको भूमिकाको प्रसन्शा पनि गर्नु भएको थियो। मगर यूबाहरुलाई सम्बोधन गर्दै मेहनेत गरे अमेरिकामा अवसर पनि प्रसस्तै छ भन्दै आफूले विद्यार्थी जिबन देखि हाल वाल स्ट्रितमा भाइस प्रेसिडेन्टको रूपमा कार्यरत रहदाको आफ्नो ब्यक्तिगत अनुभव सुनाउनु भएको थियो। त्यस्तै नेपाल जनजाति महासंघ अमेरिकाको वर्तमान र भबिष्य का योजना र कार्यक्रमहरुको बारेमा प्रकाश पार्दै नयाँ नेपालको संबिधान निर्माण गर्ने प्रकृयामा जनजातिहरुको हक र अधिकार सुरक्षित र सुनिस्चित गर्न महासंघले नेपाल जनजाती महासंघ सँग सहकार्य गर्ने जानकारी गराउदै आबश्यक सहयोग गर्न मगर समुदायलाई आग्रह पनि गर्नु भएको थियो । 

संस्थाका अध्यक्ष श्री महेन्द्र कुमार थापामगरको सभापतित्वमा सम्पन्न उक्त वार्षिक उत्सव समारोहको औपचारिक कार्यक्रम सह्सचिब् मान बहादुर रानामगर र साँस्कृतिक कार्यक्रमको सन्चालन रोचक ढंगले गायक तथा दोश्रो उपध्याक्ष राजेश थापामगरले गरेका थिए ।

-Lab K. Budhamagar in New York

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?