NEWS: बिबिसी नेपाली सेवा ::

Inside

नेपालका १० जना युबा तथा विद्यार्थी नेताहरु इयु निर्वाचन प्रकृया हेर्न युरोपको भ्रमणमा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Prathaa Magar   
Tuesday, 02 June 2009 17:33
न्यू योर्क- नेपालका १० जना युबा तथा विद्यार्थी नेताहरु "डेमो फिन्ल्यान्ड" को निम्तोमा गत २० मैइ देखी ३० सम्म फिन्ल्यान्डको राजनीतिक एक्स्पोजर भ्रमण गर्ने अबसर पाएकाछन्।

उक्त भ्रमण टोलिमा नेपालको शक्तिशाली विद्यार्थी संगठन अनेरास्वबियु (एमाले) कि अध्यक्ष रामकुमारी झाँक्रीमगर, नेबिसंघ कि प्रतिमा गौतम, वाइसिएलका राजु बिष्ट, सदभावना आनन्ददेवीका विक्की यादव, नेकपा सङ्युक्त कि साहरा राणा, फोरमका अशोक यादव र महमुद युशुम साफि, तमलोपाका कृष्ण सिंह र सुरेश मन्डल र नेकपा मालेका अईन्द्र सुन्दर नेम्बाङ, डेमो फिन्ल्यान्ड नेपालका बासु गौतम र ज्योहना छन्।


भ्रमण टोलिका विद्यार्थी नेत्री रामकुमारी झाँक्री बाहेक अन्य सबै नेपाल फर्की सकेका छन्। नेत्री झाँक्री युरोपियन युनियनको जून ७ मा हुने निर्वाचनको अबलोकन गरी जून ९ तारिख नेपाल फर्किने छिन्।

यि युबा नेताहरुले फिन्ल्यान्डको राजधानी हेल्सिन्की र पूर्व राजधानी प्रोभोमा १७ बिभिन्न साइड इभेन्टहरुमा प्यानेलिस्टका रुपमा भाग लिदै आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेकाछन्।

विद्यार्थी नेत्री रामकुमारी झाँक्रीले गत २२ मैइमा Status of Gender Equality in Nepal बिषयक आफ्नो कार्यपत्र पेश गरेकिछिन्। पढ्नुहोस्

यसै बिच भ्रमण टोलिका युबा तथा विद्यार्थी नेताहरुको उपस्थितिमा हेल्सिन्कीस्थित नेपाली रेस्टुरेन्ट सत्कारमा फिन्ल्यान्डका नेपालीहरुले नेपालको प्रथम गणतन्त्र दिवस मनाएकाछन्।

त्यसैगरी विद्यार्थी नेत्री झाँक्रीको उपस्थितीमा जर्मनीको राजधानी फ्राङ्क्फर्टस्थित नेपाली होटल एभरेस्टमा मैइ ३१ तारिख नेपालको गणतन्त्र दिवस मनाइएको छ।
 
 
Student leader Ramkumari Jhakri Magar with Nepalese in Germany. Photo:  Kumar Panta
 
जर्मनी कै म्युनिख शहरको ओलम्पियामा पनि नेत्री झाँक्रीको उपस्थ्तिमा गणतन्त्र दिवस मनाइएको कुमार पन्तद्वारा प्रेसित समाचारमा जनाइएको छ।

नेत्री झाँक्रीका अनुसार जून ५ तारिखमा बेल्जियमको ब्रसेल्समा उनको उपस्थितिमा अर्को एक गणतन्त्र दिवस मनाउने कार्यक्रम रहेको छ। नेत्री झाँक्री युरोपियन युनियनको जून ७ मा हुने निर्वाचन को अबलोकन गरी जून ९ तारिख नेपाल फर्किने छिन्।
 
Ramkumari Jhakri. Photo courtesy from her Facebook profile 

फिन्ल्यान्डको संसदका सबै ८ दलहरुले आफुहरु बिच समझदारी र प्रजातन्त्रको सस्थागत बिकासकालागि अन्य बिकासोन्मुख मुलुकहरुमा सहयोग गर्ने हेतुले सन् २००६ मा स्थापना गरेको "डेमो फिन्ल्यान्ड" मा सङ्लग्न दलहरुमा The Centre Party of Finland, National Coalition Party, Finnish Social Democratic Party, Left Alliance, The Greens, Swedish People's Party in Finland, Christian Democrats र True Finns छन्।

डेमो फिन्ल्यान्डले अफ्रिकन राष्ट्र तान्जानिया र नेपालमा आफ्नो गतिबिधी बिस्तार गरेको छ।
 
-Prathaa Magar in New York. Comments? 917-570-1098 or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it  

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?