NEWS: बिबिसी नेपाली सेवा ::

Inside

साउदी अरबमा बिबिध साँस्कृतिक कार्यक्रम हुँदै PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Prabasi Langhali Magar Sangh Saudi Arab   
Tuesday, 09 February 2010 22:07

साउदी अरब- प्रवासी लाङ्गघाली मगर संघ साउदी अरबले नेपालीहरुको महान चार्ड फागुन पूर्णिामा तथा मगरहरुको २७ औं बार्षिक उत्सव सुमधुर साँस्कृतिक कार्यक्रम २६ फेब्रुवरी शुक्रबार साउदी अरबको दमाम शहर नजिकै पर्ने अल शिहाब म्यारिज हलमा तथा ०५ मार्च रियाद शहरको इक्जीट १८ नुर स्तराहमा मनाउने तयारी गरिरहेको छ ।


उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित ख्याती प्राप्त कलाकारहरु गायक जगदिश समाल मगर र देबी घर्ती मगर लगाएत स्थानिय कलाकारहरुले आ-आफ्नो कला प्रर्दशन गर्ने भएकाछन् ।

संघको आयोजनामा हुन गईरहेको यस साँस्कृतिक कार्यक्रमको प्रमूख उद्देश्य भनेको रोजगारीको शिलशिलामा साउदी अरब आएर बिभिन्न किसिमका मानसिक तथा शारिरीक यातनाको शिकार हुनपुगेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उद्धार प्रकृयामा सक्दो सहयोग गर्ने रहेको छ भने मानवताको नाता भित्र नेपालीहरुको हितमा पिडितहरुलाई सहयोग तथा उद्धार गर्नु हामी सबैको दायित्व भएकोले सम्पूर्ण साउदी अरबमा कार्यरत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उक्त साँस्कृतिक कार्यक्रममा सहभागी भई सहयोग गरिदिनुहुन संघले हार्दिक अनुरोध गरेको छ।

यस ऐतिहासिक कार्यक्रममा लाग्ने सम्पूर्ण खर्च र उद्धार प्रकृयालाई मध्यनजर राख्दै कार्यक्रममा प्रवेश शुल्क साउदी रियाल पचास ५० मात्र कायम गरिएको छ भने दमामको कार्यक्रम हलसम्म जान आउनको लागी दमाम गार्डेन र जुवेल मार्केटदेखि साथै रियादको कार्यक्रम हलसम्म जान आउनको लागी बथाको कोनिका बिल्डीङ पछाडीबाट निःशुल्क बसको ब्यवस्था उपलब्ध गरिएको छ । उक्त कार्यक्रमको लागी लाग्ने सम्पूर्ण खर्च स्वयम आयोजक कमितिले नै बेहोर्ने जानकारी संघका संयोजक प्रेम िसंजाली मगर र सल्लाहकार चुडामणी राना मगरले गराउनु भएको छ ।

उक्त साँस्कृतिक कार्यक्रमलाई प्रस्तुत गर्नको निम्ति संघको साँस्कृतिक टोली सहित स्थानिय कलाकारहरु आ-आफ्नो अभ्यासमा ब्यस्त भएकाछन् भने कार्यक्रमलाई ब्यवस्थापन गर्नको लागी संघका ब्यवस्थापन समिति अन्तिम चरणतिर आईपुगेको जानकारी प्राप्त भएको छ ।

प्रवासी लाङ्गघाली मगर संघ
साउदी अरब

Comments


२८ औ मगर दिवस (फागुन १५) को उपलक्ष्यमा संसारभर छरिएर रहेका सम्पूर्ण मगर बन्धुहरुलाई हाम्रो हार्दिक बधाई तथा शुभकामना छ । साथै प्रवासी लांघाली मगर संघ साउदी अरबियाको पहिलो प्रस्तूति "सुमधुर सांस्कृतिक कार्यक्रम" को भब्य सफलताको लागि पनि कामना गर्दछौं ।।।

- लांघाली परिवार यू.एस.ए.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?