NEWS: बिबिसी नेपाली सेवा ::

Inside

जेनेभामा आदिवासी जनजातिहरुको अधिकार सम्वन्धी विशेषज्ञ संयन्त्रको दोश्रो बैठक दोश्रो बैठक सुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Fatik Thapa Magar   
Tuesday, 11 August 2009 08:40
जेनेभा - आदिवासी जनजातिहरुको अधिकार सम्वन्धी विशेषज्ञ संयन्त्र (Expert mechanism) को दोश्रो बैठक जेनेभामा अगस्त १० देखि १४ सम्म चल्दैछ ।

मानव अधिकार उच्च आयुक्त नाभानेदेभ पिलायी बोल्दै नीलो कपडामा Photo: Rajubikram Chamling

संयुक्त राष्ट्र संघ अन्तरगतको मानव अधिकार परिषदमा भएको प्रावधान बमोजिम आदिवासी जनजातिहरुको अधिकार सम्वन्धी विशेषज्ञ संयन्त्रको सत्रमा भाग लिन दुनियाँका विभिन्न मुलुकका आदिवासी जनजातिहरु र उनीहरुका संस्थाका प्रतिनिधिहरुले बर्षेनी भाग लिने गर्दछन् र यस पटक ३७० जना सहभागीहरुले आफ्नो सहभागिता जनाइरहेका छन् ।

नेपालवाट बिमला सुनुवार, सुनुवार सेवा समाज; लीला सिङ्घक, किराँत याक्थुम चुम्लुङ्ग; अजय कुमार प्रजा, आदिवासी जनजाति विकासका लागि संजाल; राजु बिक्रम चाम्लिङ्ग, किराँत युवा समाज र फटिक थापा मगर, मगर अध्ययन केन्द्रले भाग लिइरहेकाछन् ।
 
IP leaders in Geneva. Photo: Fatik
 
जेनेभा स्थित संयुक्त राष्ट्र संघ भवनमा सुरु भएको सो कार्यक्रममा उद्घाटन मन्तव्य ब्यक्त गर्दै मानव अधिकार उच्च आयुक्त नाभानेदेभ पिलायीले विश्वका आदिवासी जनजातिहरुको हक, हित र अधिकारका लागि आफूले जुनसुकै सहयोग गर्ने बताइन् । पहिलो चरणको कार्यक्रम सकिए पछि अन्तरराष्ट्रिय श्रम संगठनको आयोजनामा अन्तराष्ट्रिय विश्व आदिवासी दिवस समेत एक समारोहका वीच मनाइयो । सो अवसरमा विभिन्न मुलुकहरुवाट आएका आदिवासी जनजातिहरुले विभिन्न सँस्कृति तथा परम्परा झल्किने नाँच गीतहरु प्रस्तुत गरे।

दिउँसो सुरु भएको अर्को चरणको कार्यक्रममा सहभागीहरुले आआफ्नो विचार व्यक्त गरेका थिए । सो अवसरमा जेनेभा स्थित संयुक्त राष्ट्र संघ र अन्तरराष्ट्रिय संगठनहरुको निम्ति नेपालको स्थायी नियोगका उप स्थायी प्रतिनिधि भरतराज पौड्यालले नेपालको अन्तरिम संविधानले मुलुकका सम्पूर्ण जातिहरुको भाषा तथा संस्कृतिको विकासको ग्यारेण्टी गरेको र त्यहाँको पाठ्यक्रम विकास केन्द्रले मगर, सुनुवार, लिम्बू लगातका १५ मातृभाषाहरुमा प्राथमिक विद्यालयका लागि पाठ्यसामग्री तयार पारेको वताए ।

-Fatik Thapa Magar in Geneva.
 
Read our related news at:
 
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?