NEWS: बिबिसी नेपाली सेवा ::

Inside

बेलायतमा ब्रिटिश सेनाको सर्बोच्च युद्ध पदक VC बिजेता तुलबहादुर पुनमगरद्वारा "करबाकेली पूजा" PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Soaltee Magar   
Monday, 08 June 2009 19:47
 
बेजिङ्स्तोक, युके- पुन समाज युकेद्वारा यही ६ जुनमा बेसिङ्स्तोक स्थित कम्युनिती स्कुलमा करबाकेली भेलाको आयोजना गर्‍यो।
VC Tulbahadur Pun Magar at the event. Photos: Soaltee
 
समाजका अधक्ष्य सन्त पुनमगरको सभापतित्वमा सन्चालित कार्यक्रमलाई करबाकेली थान निर्माण समितिका सदस्य योग पुनमगरले सन्चालनगर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथी भिसी तुलबहादुर पुनमगरलाई पञ्च कन्यद्वारा पुष्प गुच्छाद्वारा स्वागत गरिएको थियो भने उहाले करबाकेली बाबाको थानमा धुप बत्ती बाली पूजा गर्नु भयो ।
 
 
कुल्देवतालाई बिदेशी भुमीमा पनि कुनै कसर नछाडी बल्बुताले भ्याएसम्म पुज्दै आएकोमा खुशी व्यक्त गर्दै भिसी पुनले सबैलाई कर्बाकेली बाबाले रक्षा गरुन भनी प्राथना गर्नु भयो । त्यस पस्चात  अन्य श्रदालु भक्तजनहरुले बाबाको थानमा पूजा गरेका थिए ।
 
 
VC Tulbahadur Pun Magar at the event. Photos: Soaltee
 
कार्यक्रमका अधक्ष्य सन्त पुनले स्वागत मन्तव्य दिने क्रममा देश बहु भाषिक, बहु सान्स्कृतिक, बहु जातिय, बहु धार्मिक भए पनि बिभिन्न काल खन्डमा राज्यद्वारा एकलबादी चिन्तनद्वारा ग्रशित भई दमन र शोषन गरे पनि अहिले गणतान्त्रिक, धर्मनिरपेछ राज्यमा सबैले फुल्ने अवसर पाउनु पर्ने कुरामा जोड दिनु भयो । उहाले पुन समाजमा प्रचलित तर अलिखित ईतिहास बोकेका करबाकेली बाबाको बारे बुढा पाका र झाक्रीको ओखाबाट मात्रा सुनिदै आएको "रे" को कथामा सिमित रहेकोले यसबारे थप अनुसन्धान गर्नु पर्ने कुरालाई पनि औल्याउनु भयो भने पुनहरुका कुल्देवता कर्बाके बाबाका माता पिता हन्स हन्सेनी कुन ठाउँबाट आएको कुरा स्पस्ट नभएपनी पश्चिम नेपालको कर्णाली क्षेत्रबाट आएको हुन सक्ने अनुमान रहेको बताउनु भयो।
 
 

कर्पाकेली थान निर्माण समितिका सदस्य योग पुनले कर्पाकेली बाबाको   पूजा बिजोड बर्ष पारी गरिने खास गरी जेष्ठ पुर्णिमा र मंसिर पुर्णिमा मनाइने कुरा अबगत गराउनु भयो। विशेष गरी म्याग्दी र पर्वत जिल्लाका पुन मगरहरुले मनाउदै आएको कुलपुजामा कर्बाके बाबाको नौ भाई छोराहरु मध्ये जेठा रामचन र कान्छा कुल्चनलाई कुखुराको भाले र भेडा वा बाख्राको पाठाले पुज्ने गरिएको उल्लेख गर्नु भयो भने महभिरमा मह काढ्न जादा षड्यन्त्र पूर्वक करपाके बाबालाई भिरमा अड्काई दिएको रोचक, मार्मिक र दु:खदायि घटना झाक्रीबाट सुनिदै आएको पनि बताउनु भयो ।
 
 

त्यस्तै पुन युवाहरुको प्रतिनिधित्वो गर्दै सुर्य पुन मगरले पुन युवाहरुले पनि आफ्नो सन्स्क्रिती, भाषा, धर्म आदिको जगेर्ना गर्नु पर्ने कुरालाई जोड दिनु भयो भने अहिलेका युवाहरुलाई असल बाटोमा हिंड्नको लागि आधारभुत कुराहरुको बुदागत रुपमा टिप्पणी गर्नु भएको थियो ।
 

कार्यक्रममा पुनमगरहरुको पुर्खेयुली नाच साथै बिभिन्न मनोरन्जनात्मक नाच, मुक्तक, चुट्किला आदि प्रस्तुत गरिएको थियो भने बिबिक्यु, ड्रिङ्गक्स र खानाको व्यवस्था पनि गरिएको थियो ।
 
Pun Magar Panch Kanya. Photos: Soaltee

कार्यक्रमको अन्त्यमा कर्बाकेली बाबाको थान निर्माणमा सहयोग गर्ने महानुभावहरुको नामावाली, कार्यक्रममा सन्कलित रकमको विवरणका साथ खुशीको नाचसगै कार्यकरम समापन गरिएको थियो ।

-Soaltee Magar in UK

Comments

avatar Birkha
0
 
 
Weldone Pun Pariwar in the UK, keep it up
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Hari Pun Magar
0
 
 
Well done, m proud of my community !!!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?