NEWS: बिबिसी नेपाली सेवा ::

Inside

गोजी प्रजातन्त्रमा मातृभाषा कसरी फस्टाउन सक्छ? PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Amrit Yonjan-Tamang   
Tuesday, 06 October 2009 02:58
विश्वमा हलाल भाषा (Killer Language) को जगजगी
काठमाडौं- प्रजातन्त्र नभएको वा गोजी प्रजातन्त्र भएको देशका शासक जातिले आफ्नो भाषालाई राष्ट्रिय भाषा, आफ्नो धर्मलाई राष्ट्रिय धर्म, आफ्नो संस्कृति र परम्परालाई राष्ट्रिय संस्कृति र परम्परा, आफ्नो मूल्य र मान्यतालाई राष्ट्रिय मूल्य र मान्यता घोषणा गर्दछन् र मूलधार (Mainstream) को नाउँमा अन्य जाति तथा समुहमाथि आफ्नो संस्कृति लादने गर्दछन् ।
मूलधारका मानिसहरू जो सधैं सत्तामा हुन्छन्, सत्ताको हालीमुहाली गर्दछन् उनीहरू सत्ताधारी जाति (Power People) हुन् र उनीहरूले बोल्ने भाषा शक्ति भाषा (Power Language) को रूपमा विकास गरिएको हुन्छ । शक्ति भाषाले स्थानीय मातृभाषालाई हुर्कन नदिने हुनाले यी भाषालाई शासकीय भाषा (Dominant Language) पनि भनिन्छ । विश्वका धेरै मातृभाषाहरू शासकीय भाषाको मार खेपिरहेको हुनाले यस्ता भाषालाई हलाल भाषा (Killer Language) पनि भन्ने गरेको पाइन्छ ।
विश्वका सर्न्दर्भमा अंग्रेजी भाषा एक नम्बरको हलाल भाषा हो भने दक्षिण एशियाको सर्न्दर्भमा हिन्दी भाषा हलाल भाषाको रूपमा स्थापित भएको छ । नेपालको सर्न्दर्भमा खस-नेपाली भाषाले विगत २५० वर्षेखि मातृभाषालाई दवाउन जुन भूमिका खेल्यो त्यो भूमिकालाई हेर्दा र कतिपय मातृभाषाहरू अत्यन्तै लोपोन्मुख अवस्थामा पुगेको देख्दा र सर्वोच्च अदालतको आदेशहरूलाई विश्लेषण गरेर हेर्दा यो भाषा पनि अब हलाल भाषाको रूपमा स्थापित हुँदैछ । यसता हलाल भाषादेखि मातृभाषीहरू सधैं तर्सिरहेका हुन्छन् ।
यस्ता शक्ति भाषा वा शासकीय भाषा वा हलाल भाषा बोल्नेहरूका लागि भाषा भनेको विचार विनियम गर्ने माध्यम मात्र हो, साधन मात्र हो मोवाइलको सेट जस्तै । उनीहरूका लागि भाषा एक देशमा मात्र सिमित हुने वस्तु होइन, यसले देशको राजनीतिक सिमा नाघेको हुन्छ । यसभन्दा पर उनीहरू केही सोंच्नै सक्दैनन् । तर आदिवासीहरूका लागि भाषा सबै थोक हो - पहिचान हो, आत्मसम्मान हो, अमूल्य सम्पदा हो, विरासत हो, अस्तित्व हो, माटो हो, शिक्षा हो आदि आदि ।
प्राज्ञ वैरागी काइँलाले भनेका छन् - 'जाति र भाषालाई अलग गरेर हेर्न सकिँदैन' । डा. हर्क गुरुङ र साथीहरूले 'मातृभाषा नभए जातीय पहिचान नै लोप भएर जान्छ' भन्छन् । आदिवासीहरूका लागि जाति र उसले बोल्ने भाषा एउटै सिक्काका दुइ पाटा हुन् । नेपालका मातृभाषीहरू पनि  ग्लोभिया एलजाल्डना (१९८७) को निम्न विचारलाई आपनै विचार ठान्दछन् । उनको विचार छ -
"So if you really want to hurt me,
Talk badly about my language.
Ethnic identity is twin skin to linguistic identity
I am my language
Until I can take pride in my language
I cannot take pride in myself."
- Glovia Anzaldna (1987)

"तिमी साच्चै मेरो मनलाई चोट पुर्‍याउन चाहन्छौ भने
मेरो भाषालाई गाली गर, सत्तोसराप गर ।
जातीय पहिचान र भाषिक पहिचान भनेको
एउटै सिक्काका दुइ पाटा हुन्
म मेरो भाषा हुँ
म मेरो आपनै भाषाप्रति गर्व गर्न सक्दिन भने
म आफूप्रति नै गर्व गर्न सक्दिन ।
हो, म मेरो भाषा हुँ ।"
- ग्लोभिया एन्जाल्डना -१९८७
तर्सथ आदिवासीहरू कुनै पनि बहानामा आपनो मातृभाषा गुमाउन चाहदैनन् बरू उनीहरू आफ्ना मातृभाषा संरक्षणका लागि यसका प्रयोग क्षेत्र वस्तार गर्न चाहन्छन् र वल्फसंगसंगै भन्दछन् -
"Language is not everything in education but without language everything is nothing in education."- Wolff (2006)
"शिक्षामा भाषा सबैथोक होइन तर भाषाविना शिक्षामा सबैथोक केही पनि होइन ।"- वोल्फ
नेपाललगायत विश्वका आदिवासीहरू मातृभाषामा नै शिक्षा प्राप्त गर्न चाहन्छन् । हालका मूलधारका शिक्षाबाट आफ्ना बालबालिकहरू गाउँघर नर्फकने र आफ्नो भाषा र संस्कृतिलाई नै घृणा गर्ने जस्ता क्रियाकलाप देखिएपछि मूलधारका शिक्षाप्रति उनीहरूमा आकर्षण देखिदैन । हाल उनीहरू स्थानीय विषयवस्तुसहितको मातृभाषामा शिक्षाको विकल्प नभएको देख्न थालेका छन् ।
"It has been observed that 'a lost language is a lost culture, a lost culture is invaluable knowledge lost." - Kiplangat Cheruiyot
'हालसम्मको अवलोकनबाट के प्रष्ट भएको छ भने भाषा हराउनु भनेको संस्कृति हराउनु हो र संस्कृति हराउनु भनेको अमूल्य ज्ञान पनि हराउनु हो ।" - किप्लाङात चेरुइयोत
अफ्रिकाका किप्लाङात चेरुइयोतको माथिका विचारसंग नेपालका आदिवासीहरू पनि शतप्रतिशत सहमत देखिन्छन्। उनीहरू आफ्ना मातृभाषामा आफ्ना जीवन र अनुहार खोज्दछन्, साँस्कृतिक तथा जैविक विविधता प्रतिविम्वित भएको देख्छन्, बहुमूल्य ज्ञानको भण्डार पाउँछन् र प्रकृति प्रतिध्वनित भएको सुन्छन्।
राणाकालमा मातृभाषाले खप्नु परेको मार प्रजातन्त्रकाल (२००७-२०१७) र पञ्चायतीकाल (२०१७-२०४६) मा पनि खप्नु पर्‍यो । भाषिक विभेदले निरन्तरता पाइनै रहयो । प्रजातन्त्रको पुनःस्थापनापछि मातृभाषामा शिक्षा र संरक्षण गर्ने कुरा संविधानमा लेखिए पनि संविधानको मर्मको सम्बोधन कतै भएन, सम्मान कसैले गरेनन् । खतरामा परेका भाषाहरूको संरक्षण गर्ने कुनै कार्यक्रम सरकारले बनाइदिएन । बरू मातृभाषाको प्रयोगमा बन्देज लगाउने गरी सर्वोच्च अदालतको आदेश जारी भयो । यसै गरी गणतन्त्र स्थापनापछि पनि मातृभाषाहरूको प्रयोग विस्तार, संरक्षण र सर्म्वर्द्धनमा कुनै कार्यक्रम कार्यान्वयन भएको देखिएन । लोकतन्त्र स्थापित भएपछि नेपालमा एक भाषी मोडल समाप्त भएको अनुभूति मातृभाषीहरूलाई हुनुपर्दथ्यो, अझै हुनसकेको छैन । उनीहरू ग्यासार योन्जनले झै भन्न थालेका छन् -
"मध्यरातमा
आएको थियो लोकतन्त्र,
उज्याँलो अझै
भएको छैन ।"   - ग्यासार योन्जन - २००९
आदिवासीहरू आफ्नो मातृभाषाप्रति गर्व गर्दछन् । ग्लोभिया एन्जाडनाले जस्तै उनीहरू 'म मेरो भाषा हुँ' भन्न रुचाउछन् । अमेरिकी आदिवासी डारिल बेब विल्सनले झै उनीहरू मातृभाषासंगै सदासदा बाँच्न चाहन्छन् । विल्सनले भनेका छन् -
"We must know the white [man's] language to survive in this world. But we must know our language to survive forever." - Darryl Babe Wilson
'यस संसारमा बाँच्नका लागि हामीले अवश्य नै सेतो (मान्छेको) भाषा जान्नु पर्दछ तर सधैंसधैं बाँच्नका लागि हामीले हाम्रै भाषा जान्नु पर्दछ ।' - डारिल बेब विल्सन
विल्सनले भने जस्तै नेपालका मातृभाषीहरू जीवनयापनका लागि हलाल भाषाहरू सिक्न वाध्य छन् र सधैंसधैं बाँच्नका लागि अर्थात् आफ्नो पहिचानलाई, अस्तित्वलाई, साँस्कृतिक मूल्यमान्यतालाई निरन्तरता दिन मातृभाषा छोडन चाहदैनन् ।
ब्रिटिश र आइरिसभाषी बीचको घोचपेचको संवाद पनि मज्जाले रमाइलो मानेर सुन्ने सुनाउने गर्दछन् । उनीहरूका अनुसार एकजना आइरिस बुढाले आफ्नो मातृभाषा सिकिरहेको देखेर एक जना अंग्रेजलाई निकै रिस उठेपछि यसरी संवाद चलेछ -
अंग्रेज : (आँखा तर्दै) किन सिकेको आइरिस भाषा?
आइरिस : (नम्र स्वरमा) मरेपछि र्स्वर्गमा आफ्ना पूर्खाहरूसंग भलाकुसारी गर्न ।
अंग्रेज  : (रिसले मुर्मुरिदै) नर्कमा पुगे भने नि ?
आइरिस : अंग्रेजी भाषा छदैछ नि ।
मातृभाषा विर्सेका नेपालका आदिवासीहरू पनि आफ्ना मातृभाषाप्रति आसाध्यै तृष्णा राख्दछन् । उनीहरू विश्वको राजनीतिक इतिहासमा भाषाको आधारमा कुनकुन राज्य स्थापना भए, कहाँकहाँ संघ राज्यहरू बने आदि जान्न पनि उत्सुक देखिन्छन् ।
तामाङ संस्कृतिका प्रवक्ता रूपमा स्थापित ताम्बाका भनाइप्रति पनि सचेत छन् उनीहरू । ताम्बाले गाउँने गरेका गीत उनीहरू पनि गुनगुनाउँछन् -
"चिनिया, भोटे, नेवारी
तामाङ, खम्बु, हयोल्माली
बोल्छन् आफ्नै भाषाले
भाषा त पूर्खाको आशिर्वाद
भाषा त देशको गहना
आफ्नो भाषा न छोड
हराउँछ ताम्बा फैलिन्छ पाप
सन्तान, धर्म सब जान्छ
अरूले हामीलाई के भन्लान्
आफ्नो भाषा नछोड
चिताएको पुग्नेछ ।" - सन्तवीर लामा पाख्रिन - सन् १९५७
सारांश भन्नु पर्दा मातृभाषीहरूका लागि (क) मातृभाषा र जातीय पहिचान भनेको एउटै सिक्काको दुइ पाटो हो, (ख) मातृभाषासंग जातीय अस्तित्व गाँसिएको हुन्छ, (ग) मातृभाषा पूर्खाको आशिर्वाद हो र देशको गहना पनि हो (घ) मातृभाषामा स्थानीय ज्ञान-विज्ञानको भण्डार हुन्छ, (ङ) मातृभाषामा मात्र जीवन्त शिक्षा सम्भव हुन्छ, (च) भाषा अमूल्य सम्पदा हो र (छ) मातृभाषा सधैंसधैं वाँच्ने जीवन संयन्त्र पनि हो । अर्थात् मातृभाषा भनेको आदिवासीहरूको लागि जातीय पहिचान हो, अस्तित्व हो, पूर्खाको आर्शिवाद हो, आत्मसम्मान हो, अमूल्य सम्पदा हो, ज्ञान-विज्ञानको भण्डार हो, जीवन शिक्षा हो र सधैंसधैं बाँच्ने जीवन्त संयन्त्र (machanism) पनि हो ।
यसरी मातृभाषीहरू मातृभाषाबारे सुप्रष्ट दृष्टिकोण राख्दछन्, मातृभाषाको संरक्षण, सर्म्वर्द्धन र प्रयोग विस्तारका लागि निरन्तर संर्घष्ररत् रहन्छन् अनि भाषिक समानता हुनसके मात्र शान्ति स्थापित हुन्छ, लोकतन्त्रको जग बलियो हुन्छ र देश फुल्छ फल्छ भन्नेमा विश्वस्त छन् । अमेरिकी आदिवासी डेनियल नेटल र सुजेन रोमेनको निम्न विचारसंग मातृभाषीहरू हुबहु सहमत छन् -
"आजको युग बहुभाषिकता युग हो र बहुभाषिकताको सक्रिय खेती गर्नाले विश्वव्यापिकरण र स्थानीयताको बीच, एकता र विविधताको बीच हाल देखिएको टकराउलाई सुमधुर सुसम्बन्धको बाटोतिर डोर्‍याउन सक्दछ ।"
-Amrit Yonjan-Tamang in Kathmandu.
Note: Amrit Yonjan-Tamang is a linguist, author of many books & now National Technical Advisor (NTA) in Multilingual Education Program, Inclusive Section, Department of Education, Ministry of Education and Sports, GON, Sanothimi, Bhaktapur, Nepal.
Read more Hamro Boli at:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?