NEWS: बिबिसी नेपाली सेवा ::

Inside

संविधानको प्रारम्भिक मस्यौदामा भाषिक व्यवस्थाबारे चिरफार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Amrit Yonjan-Tamang   
Wednesday, 01 July 2009 23:12
काठमाण्डौ - भाषा, धर्म, संस्कृति, सम्पदा जस्ता आदिवासीको पहिचान निर्धारण गर्ने र राष्ट्रलाई बलियो बनाउन एक्यवद्धता खोज्ने जस्ता विषय समेटिएका साँस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समितिमा ४२ जना सभासद रहेकोमा तीमध्ये २४ जनाले मात्र मस्यौदामा हस्ताक्षर गरेका छन् र यीमध्ये पनि ६ जना सभासदहरुले भाषाको सन्दर्भमा फरकमत जाहेर गरेका छन् । यस समितिमा १४ जना मात्र आदिवासी जनजाति सभासद देखिन्छन् ।
हाम्रो बोली-19:
साँस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समितिद्वारा तयार पारिएको संविधानको प्रारम्भिक मस्यौदामा भाषिक व्यवस्था
तपाईं पनि आपनो सुझाव राख्ने कि ?

१. संविधानको प्रारम्भिक मस्यौदाहरु
साँस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समितिद्वारा तयार पारिएको अवधारणापत्र र प्रारम्भिक मस्यौदा सम्वन्धी प्रतिवेदन २०६६, सो समितिका तर्फबाट सभापति नवोदिता चौधरीले असार ८ गते संविधान सभाको बैठकमा प्रस्तुत गरिएपछि यस सम्वन्धी छलफलको लागि सभाध्यक्ष सुभाष नेम्वाङले असारको ११, १२, १४, १७ र १८ गतेका दिनहरु तोकेका छन् । सभासदहरुले आ-आफ्ना विचार राख्ने क्रम पनि प्रारम्भ गरिसकेको छ । सभासदहरुले दलीय धारणा राख्ने क्रममा मूलतः 'नेपाली भाषालाई सरकारी कामकाजको भाषा बनाइनु पर्दछ र यसलाई मात्र सरकारी कामकाजको भाषा बनाइनु हुन्न' भन्ने विषयमा नै छलफल केन्द्रित देखिन्छ । भाषाका अन्य पक्ष गौण भएको छ ।
भाषा, धर्म, संस्कृति, सम्पदा जस्ता आदिवासीको पहिचान निर्धारण गर्ने र राष्ट्रलाई बलियो बनाउन एक्यवद्धता खोज्ने जस्ता विषय समेटिएका यस समितिमा ४२ जना सभासद रहेकोमा तीमध्ये २४ जनाले मात्र मस्यौदामा हस्ताक्षर गरेका छन् र यीमध्ये पनि ६ जना सभासदहरुले भाषाको सन्दर्भमा फरकमत जाहेर गरेका छन् । यस समितिमा १४ जना मात्र आदिवासी जनजाति सभासद देखिन्छन् । तीमध्ये मगर-४, गुरुङ-२, नेवार-२, लिम्बु-२, थारु-२, माझी-दनुवार-२ छन् । अन्य आदिवासी जनजातिहरु विशेष गरी तामाङ, राई समुदाय र हिमाली समुदायको सभासदहरुको सहभागीता देखिदैन । समितिमा सहभागीता हुनका लागि आफ्नो रुचि अनुसार थियो वा पार्टीको व्हिपअनुसार थियो त्यो खुलेको छैन् ।
यसै गरी अल्पसंख्यक तथा सीमान्तीकृत समुदायको हक अधिकार संरक्षण समितिले पनि आपनो प्रतिवेदनमा भाषा सम्वन्धी केही प्रस्तावहरु अगाडि सारेको छ । यसलाई तालिका-२ मा राखिएको छ ।
२. जनचासोको विषय: भाषा सम्वन्धी व्यवस्था
मातृभाषा वा भाषा अभिव्यक्तिका माध्यम मात्र नभएर जाति पहिचानका आधार र संस्कृतिका जीवन्त सम्पदा पनि भएको हुनाले यस सम्वन्धी जनचासो निकै धेरै छ । यस मस्यौदामा भाषा, संस्कृति र सामाजिक एक्यवद्धता निर्धारण सम्वन्धी विभिन्न प्रावधान रहेकोमा यहाँ भाषा सम्वन्धी प्रावधान मात्र प्रस्तुत गरिएको छ । तसर्थ सो मस्यौदामा भाषा सम्वन्धी के कस्ता प्रावधानहरुको व्यवस्था रहेछ् थाहा हुन सकोस् र पाठकहरुले पनि आ-आपनो मत जाहरे गर्न छलफल गर्न सजिलो होस् भनेर प्रारम्भिक मस्यौदाका भाषिक प्रावधानहरुलाई यहाँ प्रस्तुत गरिएको छ । तपाईंहरु पनि भाषा सम्वन्धी यी प्रावधानहरु हेर्नोस् र विभिन्न माध्यमबाट आफ्नो मत जाहेर गर्नुहोस्, सुझाव प्रस्तुत गर्नुहोस् । अहिलेको लागि यो प्रारम्भिक मस्यौदा मात्र भएपनि यसैको आधारमा भावी संविधानको मस्यौदा तयार हुनेहुनाले यसलाई मूल आधारको रुपमा हेर्नु पर्दछ भन्ने मेरो आग्रह रहेको छ ।
तालिका १: साँस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समितिद्वारा प्रस्तुत "संविधानको प्रारम्भिक मस्यौदामा उल्लेखित भाषा सम्वन्धी व्यवस्था"  PDF पढ्नुहोस्

तालिका २: अल्प्संख्यक तथा सीमान्तीकृत समुदायको हक अधिकार संरक्षण समितिद्वारा प्रस्तुत संविधानको प्रारम्भिक मस्यौदामा उल्लेखित भाषा सम्वन्धी व्यवस्था  PDF पढ्नुहोस्

तालिका-३ संविधानसभा, सांस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समितिद्वारा प्रस्तुत संविधानको प्रारम्भिक मस्यौदामा उल्लेखित भाषासम्वन्धी व्यवस्थामाथि संवैधानिक संवाद केन्द्र नयांवानेश्वरद्वारा असार ११ गते आयोजित छलफलमा अमृत योन्जन-तामाङद्वारा प्रस्तुत सुझावहरु  PDF पढ्नुहोस्

३. मस्यौदामाथि मेरो सुझाव
यसै सम्वन्धमा संवैधानिक सम्वाद केन्द्र नयाँबानेश्वरले गत असार ११ गते विहान केही सभासद, भाषाशास्त्री, वकिल तथा बौद्धिक व्यक्तित्वहरुवीच अन्तकृया कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा विशेषगरी म र प्रा.डा. योगेन्द्रप्रशाद यादवले भाषिक व्यवस्याको बारेमा धारा-उपधारागत रुपमा सुझाव प्रस्तुत गरेका थियौं । सभासदहरुले सरकारी कामकाज र मातृभाषामा शिक्षाको बारेमा विविध जिज्ञासा राखेका थिए । सो छलफलमा मैले प्रस्तुत गरेको सुझावपत्र तालिका-२ मा प्रस्तुत गरिएको छ । सभासदहरुलाई व्याख्या नगरीकन बुदागत रुपमा सुझाव राख्नु परेको हुनाले भाषासम्वन्धी अवधारणागत जानकारी यहाँ छैन । मेरो सुझावमाथि पनि तपाईंको प्रतिकि्रया राखेर संविधान निर्माणमा सहभागीताको लागि अनुरोध छ ।
-Amrit Yonjan-Tamang in Kathmandu
Amrit Yonjan-Tamang is a linguist, author of many books & now National Technical Advisor (NTA) in Multilingual Education Program, Inclusive Section, Department of Education, Ministry of Education and Sports, GON, Sanothimi, Bhaktapur, Nepal. Comments? Write him at:   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
भाषाशास्‍त्री अमृत योञ्‍जन-तामाङको मातृभाषाबारे लेख नियमित प्रकाशित हुनेछ। हरेक साता शुक्रवार वहाँले लेख्‍नुहुने हाम्रो बोली पढ्‍न नभुल्‍नुहोला।

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?