Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

झाडापखालाको महामारी पश्चिम र मध्य पश्चिमका जिल्लाहरुमा फैलिदै, थप १७ जनाको ज्यान गयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar & Chandrakanta Khanal   
Tuesday, 14 July 2009 00:25
सुर्खेत -मध्यपश्चिमका जाजरकोट रुकुम लगायतका पहाडी जिल्लाहरुमा झाडापखालाले महामारीको रुप लिइरहेको बेला सुर्खेत लगायत विभिन्न जिल्लामा गरि अइतबार थप १७ जनाको ज्यान गएको छ ।
अछामसंग सिमा जोडिएको सुर्खेतको लगाम वडा नम्बर तीनका ६५ वर्षीय जमाने बुढाको झाडापखालाबाट मृत्यू भएको  छ ।
झाडापखालाबाट ५१ जना बिरामी भएको र वडा नम्बर १ का मायाराम जैशी र ४ का खेमराज पुनको अवस्था चिन्ताजनक रहेको स्थानिय शिक्षक लालबहादुर थापाले बताउनु भएको छ ।
यस्तै झाडापखाला कै कारण  लेखपराजुल २ माथिल्लो भर्याङका सुरसिंह बुढाका ३५ वर्षिय छोरा शेरबहादुर बुढाको ज्यान गएको छ ।
यस्तै दाङको लालमटीया गाविस वडा नम्वर ३ भालुबाङ्गका नारायण गिरीका ४ वर्षिय छोरा रामु गिरिको झाडापखालाबाट मृत्यु भएको छ ।
केही दिनदेखि भालुबाङ र आसपासका टोलमा झाडापखालाका बिरामीहरु बढेका छन्। हिजै जाजरकोटमा ६, रुकुममा ४  र डोल्पामा ४ जनाको झाडा पखालाबाट मृत्यू भएको छ ।
उता सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा पनि झाडापखालाका बिरामीहरु बढ्न थालेका छन्।
झाडापखालाका करण हिजो राती डोटीको लाटामाण्डौँका १७ वर्षिय विप्लब घिमिरेको ज्यान गएको छ ।
यस्तै, झाडापखालाका कारण डडेल्धुराको बेलापुर गाविस ७ चामा गाउँका ३२ वर्षिय डम्बरीदेबी दमाई, र सोही गाँउका ६० वर्षिया धनादेवी नायकको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।
झाडापखाला प्रभावित क्षेत्रमा अहेव निलकण्ठ भट्टको नेतृत्वमा औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
उता अर्घाखांची जिल्लामा सोही रोगबाट ५ दर्जन भन्दा बढि प्रभावित भएका छन् । अति विकट मानिएको जिल्लाको जलुके गाविस ५ र ६ का स्थानीयवासीहरुमा गएको तीन दिनदेखि झाडापखाला प्रकोप फैलिन लागेको गाविसका एमाले जिल्ला कमिटी सदस्य पिताम्वर सारुले जानकारी दिनुभयो । अहिले झाडापखाला लागेको सो स्थानका सम्पन्न परिवारका मानिस वु्टबल तर्फ उपचारका लागी गएका छन् भने गरीव विपन्न परिवारका जनता भने उपचारको अभावमा छट्पटाई रहेकाछन् ।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखांचीले भने सामान्य उपचार भैरहेको र थप उपचारका लागी स्वास्थ्यकर्मीको टोली पठाएको जनाएको छ । सो क्षेत्र सदरमुकाम सन्धीखर्क देखी ७ घन्टा पैदल दुरीमा पर्दछ ।
-Geban Mijhar in Surkhet and Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?