Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

रोग अझै नियन्त्रण बाहिर: झालापखालाबाट हालसम्म ३४५ जनाको मृत्‍यु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Thursday, 27 August 2009 11:57
सुर्खेत - झालापखालाबाट मध्यपश्चिममा हालसम्म ३४५ जनाले अकालमा ज्यान गुमाउनु परेको छ।
जेष्ठ महिनाको १६ गतेदेखि मध्य तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लामा फैलिएको झाडापखालाका कारण हुम्लाको कालिका गाउँ विकास समितिमा फैलिएको झाडा पखालाबाट ११ जनाको मृत्यु भएको छ ।
साउनको अन्तिम साताबाट फैलिएको झाडापखालाबाट भदौ ४ र ५ गते मात्र ११ जनाको मृत्यु भएको छ भने दुइ सयभन्दा बढी बिरामी परेका छन् । बिरामी मध्ये ४० जना जतिको अवस्था गम्भिर रहेको स्थानीय बासिन्दा हरि बुढाले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झाडापखाला रोगका कारण हालसम्म जाजरकोटमा १५४, रुकुममा ४८, दैलेखमा २७, सुर्खेतमा १४, डोल्पामा ८, हुम्लामा ११‚ रोल्पामा पाँच, सल्यानमा ६, प्युठानमा ३, डोटीमा १२, अछाममा २४, बैतडीमा ८, कैलालीमा ४ र डडेलधुरामा ५ जनाको मृत्यु भइसकेको छ।
करिब १९ जिल्लाका १६३ गाविस सो रोगबाट प्रभावित भएकामा १४७ गाविसमा रोग नियन्त्रणमा लिइसकिएको, रोग नियन्त्रण गर्न ३५ वटा स्वास्थ्य शिविर सञ्चालनमा रहेका र १५७ जना स्वास्थ्यकर्मी परिचालन भइराखेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले रोगका करिब ६० हजार जनालाई उपचार गरिसकिएको र रोग नियन्त्रणको क्रममा रहेको पनि जानकारी दिए पनि यता प्रत्येक दिन मानिस मर्ने गरेको छ ।
-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?