NEWS: बिबिसी नेपाली सेवा ::

Inside

फेरी झाडा पखाला महामारी फैलिने सम्भावना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 18 April 2010 01:45

काठमाडौं- गत साल झण्डै डेढ सयको ज्यान जाने गरी फैलिएको जाजरकोट लगायतका मध्यपश्चिमी जिल्लामा यसपटक पनि झाडा पखालाको महामारी फैलिने संकेत देखा परेको छ ।

यसै हप्ता जाजरकोटमा झाडा पखालाबाट एकजना दुई जना महिलाको मृत्यु भएपछि फेरि झाडा पखालाको महामारीको सम्भावना देखिएको हो ।

केन्द्रीय स्वास्थ्य निर्देशनालायका अनुसार शुक्रबार जाजरकोटको मजकोट-८ की ५५ बर्षीया तिलु टमटाको झाडा पखालाबाट मृत्यु भएको छ । उनको मृत्यु भएको जानकारी आइतबारमात्रै जिल्ला स्वास्थ्य कार्यालयले पाएको थियो । सोही दिन नै जिल्लाको जुँगाथापाचौरकी २२ बर्षीया धर्मी शाहीकोपनि सोही रोगकै कारण मृत्यु भएको थियो ।

सो जिल्लामा गत बर्ष झाडापखालाको महामारीबाट १ सय ५४ जनाले ज्यान गुमाएका थिए । पानीको श्रोतमा गरिने फोहोर, समयमै उपचार गर्ने व्यवस्थाको अभाव आदिका कारण उनीहरुले ज्यान गुमाउनु परेको थियो । त्यहाँ गत सालको जस्तै महामारीको सम्भावना देखिएपछि सम्बद्ध निकायहरुले सचेतता अपनाउन थालेका छन् । जानकारीअनुसार स्वास्थ्य कार्यालयले लामो समयसम्म विदामा नबस्न स्वास्थ्य कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?