Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधुमेह (डाईबेटिज) बाट अन्धोपनको खतरा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Sunday, 28 February 2010 10:05

रुपन्देही- अन्धोपन हुने बिभिन्न कारण मध्ये मधुमेह अर्थात डाईबेटिक अहिले मुख्य कारणको रुपमा देखा पर्न थालेकोले समयमै सचेत हुन आग्रह गरीएको छ ।

 



लुम्बिनी नेत्र बिज्ञान अध्ययन सस्थान श्री रण अम्बिका शाह आँखा अस्पतालको  आयोजनामा भैरहवामा भएको 'मधुमेह, अन्धोपनका कारण र निबारणका उपायहरु' बिषयक कार्यक्रममा नेत्र बिशेषज्ञहरुले उक्त जानकारी गराउनु भएको हो ।

नेत्र बिशेषज्ञहरुले डाईबेटीक रेटिनोप्याथी अर्थात मधुमेहका बिरामीहरुमा देखिने आखाको दृष्टीको खराबी ले दबै आखामा असर पार्ने र दृष्टीनै हराउन सक्ने भएकाले सकेसम्म  मधुमेह रोग लाग्नै नदिने र लागी हालेको खन्डमा मधुमेहको उपचारसंगै बिरामीहरुले डाईबेटीक रेटिनोप्याथी भए नभएको पत्ता लगाउन नेत्र बिशेषज्ञहरुसंग परामर्श गरी उपचार गर्नु पर्ने बिज्ञहरुकाभनाई छ ।

डाईबेटीक रेटिनोप्याथीका कारणले दृष्टी पर्दामा भएका शुक्ष्म रक्तनलीहरुमा खराबी पैदा हुने र जस्कारणले शुक्ष्म रक्तनलीहरुमा रक्त संचालनमा अबरोध पैदा हुने साथसाथै रक्त नली कमजोर भै बिस्तारै रगतमा भएको पानी चिल्लो पदार्थ लगायत पुरै रगत चुहिने र अन्तमा दृष्टी पर्दामा सुजन आउने तथा सुक्ष्मरक्तनलिहरु फुटन गई आखा भित्र रक्तश्राब हुन जाने र रोग बढदै जादा आँखाको दृष्टी पर्दा पनि उम्कीन सक्ने रण अम्बिका शाह आँखा अस्पतालका फिजीसियन डा. प्रबिण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार दृष्टी पर्दाको सुजनपछी आँखा धमिलो हुन थाल्ने र आँखा भित्र रक्तश्राब भए पछी एक्कासी आखा नदेख्ने हुन सक्ने भएकाले मधुमेहका बिरामीहरुले डाईबेटिक रेटिनोप्याथी भए नभएको समयै पत्ता लगाई उपचार प्रकिया अघी बढाउनु पर्ने बताउनु हुन्छ ।

मधुमेहका बिरामीहरुलाई डाईबेटिक रेटिनोप्याथी भए नभएको नेत्र बिशेषज्ञले आँखा परीक्षण गरेर मात्र थाहा हुने भएकाले मधुमेह भएको थाहा लाग्ने बित्तिकै नेत्र रोग बिशेषज्ञ कहा गई आँखा परीक्षण गर्नु पर्ने र समयमै उपचार भएमा मधुमेहबाट आँखामा हुन सक्ने नकारात्मक असरलाई नियन्त्रण गर्नका साथै अन्धोपन हुनबाट बच्न सकिने रण अम्बिका शाह आँखा अस्पतालका नेत्र बिशेषज्ञ डा. रघुनन्दन ब्यांजुले बताउनु भयो ।


मधुमेहका कारणबाट हुने डाईबेटिक रेटिनोप्याथी भैहालेमा डाईबेटिक रेटिनोप्याथीको अबस्था अनुसार उपचार गर्नु पर्ने हुन्छ । बिमारीको अबस्था अनुसार दृष्टी पर्दामा लेजर बिकिरणआँखा भित्र सुई लगाउने तथा आँखाको जटिल शल्यकि्रया लगायतका उपचार आबश्यकता अनुसार गर्नु पर्ने डां ब्यांजु बताउनु हुन्छ ।

डाईबेटिक रेटिनोप्याथीका कारण दृष्टी गुमेमा फर्काउन नसकिने हुदा यो रोगबाट बच्न सकेसम्म मधुमेह हुनै नदिने र यदी भएको खन्डमा रोगको अबस्था अनुसार चिकित्सकको परामर्श लिई उपचार गरेमा अरु हानी नोक्सानीबाट पनि बचिने  र अनाबश्यक दृष्टी गुम्न सक्ने संभावनाबाट मुक्त हुन सकिने अस्पतालका नेत्र बिशेषज्ञ डा. मनोज कुमार शर्मा बताउनु हुन्छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको प्रमुख आतिथ्यताअस्पतालका अध्यक्ष डा. रामप्रसाद बश्यालको सभापतित्व र गुरुप्रसाद आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा सेवा फाउनेडशनका प्रतिनिधी रामप्रसाद कंडेलले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै उपचार गर्नु भन्दा पनि रोग लाग्नै नदिन जरुरी रहेको तथा जनचेतनाको खाँचो भएको औल्याउनु भएको थियो  ।

-Chandrakanta Khanal in Butwal, Rupandehi

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?