Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

झाडा पखाला र हैजाबाट २६४ जनाको ज्यान गयो अझै रोकथाम हुन सकेको छैन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 11 August 2009 08:40
काठमाडौं - सरकारले झाडा पखाला र हैजाबाट २६४ जनाको मृत्यु भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवत्ता डा. विश्वराज खनालले युएसनेपाल अनलाईनलाई दिएको जानकारी अनुसार झाडा पखाला प्रभावित १५३ मध्ये ४३ गाविसमा रोग अझै नियन्त्रणमा आउन सकेको छैन । उता एकिकृत नेकपा माओवादीले भने सरकारी लापरवाहीका कारण झाडापखाला जस्तो सामान्य रोगबाट हालसम्म ४ सय २५ जनाको मृत्यू भएको बताएको छ ।
गत वैशाख २२ गतेबाट शुरु भएको झाडा पखाला र हैजाबाट जाजरकोट, रुकुम, रोल्पा, दैलेख, सल्यान, डोल्पा, सुर्खेत, मकवानपुर, प्यूठान, डोटी, बैतडी, बझाङ, कैलाली लगायतका जिल्लाका जनता प्रभावित भएका छन् । जसमध्ये सरकारी तथ्यांक अनुसार जाजरकोटमा मात्रै १४४ जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता खनालले ५०,९१६ जनाको उपचार भईसकेको जानकारी दिएका छन् । खनालले रोग नियन्त्रणका लागि प्रर्याप्त पहल भईरहेको बताए पनि तीन महिना बितिसक्दा समेत रोग नियन्त्रणमा आउन सकेको छैन ।
-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?