NEWS: बिबिसी नेपाली सेवा ::

Inside

आन्दोलनमा लागेका चिकित्सकहरुलाई त्रिवि शिक्षण अस्पतालले कारवाही गर्ने चेतावनी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Saturday, 27 March 2010 10:26

काठमाडौं- जीवन मरणको अवस्थामा भएका विरामीलाई उपचार गर्न चटक्कै छाडेर आफ्नो निहित स्वार्थका लागि तथाकथित आन्दोलनमा लागेका चिकित्सकहरुलाई त्रिवि शिक्षण अस्पतालले कारवाही गर्ने चेतावनी दिएको छ ।

आन्दोलनका नाममा स्वास्थ्यजस्तो सम्वेदनशील क्षेत्रमा खेलवाड गर्न खोज्ने प्राध्यापक, चिकित्सक, विद्यार्थी तथा कर्मचारी जो कोहीलाई चैत १५ देखि कारबाही गर्ने चेतावनी दिएको छ ।

हालै लिएको स्नातकोत्तर तहको प्रवेश परीक्षामा अनियमितता भएको आरोपसहित दोषीलाई कारबाही गर्नुपर्ने र परीक्षा पुनः लिइनुपर्ने माग गर्दै आवासीय प्राध्यापक, चिकित्सक र विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा १५ दिनदेखि आफ्नो सेवा ठप्प भएको सन्दर्भमा अस्पताल प्रशासनले यस्तो चेतावनी दिएको हो ।

जापान सरकारको सहयोगमा तीन दशकअघि स्थापना भएको मुलुकको पहिलो र ठूलो शिक्षण अस्पताल १५ दिन बन्द हुँदा हजारौको जीवन जोखिममा परेको छ । अस्पताल बन्दका कारण करिब २५ हजार बिरामी उपचार सेवाबाट बन्चित भइसकेका छन् भने दैनिक ५० भन्दा बढी जटिल र २० भन्दा बढी सामान्य प्रकृतिका शल्यकि्रयासमेत अवरुद्ध हुन पुगेको छ ।

सो अस्पताल बन्द हुदा अहिले वीर अस्पतालमा बिरामीको चाप २० प्रतिशत वृद्धि भई आफूहरुलाई भ्याइनभ्याई भएको डा. विष्णु पोखरेलले जानकारी दिए । यसैगरी दैनिक करिब १३ लाख रुपैयाँ आम्दानी गरिरहेको सो अस्पतालले आन्दोलनका कारण अहिलेसम्म डेढ करोड रुपैयाँ गुमाइसकेको शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।

प्रवेश परीक्षासम्बन्धी विवाद समाधान गरी अस्पतालको सेवा सुचारु गर्ने उद्देश्यले त्रिवि शिक्षण सङ्कायका डीन, सहायक डीन, क्याम्पस प्रमुख, आन्दोलनरत विद्यार्थी, प्राध्यापक र चिकित्सकका प्रतिनिधिबीच विभिन्न चरणको जारी वार्ता प्रकि्रया अहिले शिक्षा मन्त्रालय हुँदै प्रधानमन्त्री तहसम्म पुगेको छ ।

आन्दोलनरत पक्षको मागबमोजिम स्नातकोत्तर तहको प्रवेश परीक्षा रद्द गरिसकेको छानबिन आयोगको प्रतिवेदनबमोजिम आरोपित डीन निर्दोष देखिएको तथा अधिकांश विद्यार्थी तथा चिकित्सक काममा फर्कन चाहिरहेको अवस्थामा पनि अस्पताल खुलेको छैन ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?