NEWS: बिबिसी नेपाली सेवा ::

Inside

डाक्टरहरुद्वारा अस्पताल बन्द गरेपछि हजारौंहजार विरामीहरु मर्कामा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 24 March 2010 16:02

काठमाडौं- जस्तो सुकै कठिन परिस्थितिमा पनि विरामी र घाइतेहरुको सेवा गर्ने कसम खाएका डाक्टरहरुले तथाकथित आन्दोलनको वहानामा अस्पताल बन्द गरेपछि हजारौंहजार विरामीहरु मर्कामा परेका छन् ।

कँहि नभएको जात्रा हाँडी गाउँमा भने झैं आफ्ना निहित स्वार्थ पुरा  गराउन काठमाडौं महाराजगंजस्थित चिकित्सक, प्राध्यापक र विद्यार्थीहरुले विरामीको बाँच्न पाउने अधिकार हनन् गरी रहेका छन् ।

जस्तो सुकै विरोधीको पनि डाक्टरले उपचार गरिदिने हुनाले नै संसारभरी यस पेशालाई उच्चसम्मानका साथ हेरिन्छ । २०४६ सालको आन्दोलनमा समेत आन्दोलनकारीको उपचार सरकारी डाक्टरले गर्दथे भने माओवादी युद्धको बेलामासमेत दुबै पक्षका घाइतेको उपचार हुन्थ्यो । नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डा. सोमनाथ अर्याल जुनसुकै वाहना विरामीको उपचार नगर्ने डाक्टर, डाक्टर नै नभएको बताउँछन् ।

गएको हप्ता भएको एमडी र एमएस परीक्षामा धाधँली भएकोले सो परीक्षा रद्ध गर्नु पर्ने, डीनले राजीनामा गर्नुपर्ने लगायतका राजनीतिक माग राखेर चिकित्सक र विद्यार्थीहरु आन्दोलित वनेका हुन् । चैत ११ गतेको वार्ता समेत आन्दोलनकारीले बहिस्कार गरेर हिँडेपछि विरामीहरुले थप सास्ती पाउने भएका हुन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?