Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बधशालाको ब्यथा: धुलाम्य सडकमा पशु बध, सरोकारवाला मौन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Friday, 06 November 2009 19:35
दैलेख- दैलेख सदरमुकामका सडकका छेउछाउमा न्यूनतम मापदण्ड समेत पुरा नगरी पशु बध गर्ने क्रम बढेको छ ।
सडक पेटीमा खशी काट्दै सदरमुकामको ब्यस्त गणेश चोकका एक व्यवसायी र मासु किन्दै ग्राहकहरु Photo: Geban
धुलैधुलो भएको दर्जनभन्दा वढी स्थानमा अव्यवस्थित रुपले पशु बध गरि मासु जाँच ऐन विपरीत मासु विक्री बितरण गरिरहेको छ । सामान्यतया मासुलाई बधशालामा व्यवस्थित तरिकाले बंध गर्ने मासु ऐन हुदाहुदै पनि मासु व्यापारीहरुले यो ऐन लागु गरेका छैनन् ।
नारायणा नगरपालिका दैलेखवाट २ मासु व्यवसायीले बंधशाला व्यवस्थित गर्नका लागि ४० हजार रकम बुझेर लगेको भएपनि हालसम्म बधशाला सुधार नगरेको फेला परेको छ ।
भनभनी झिंगा भन्केको र धुलोले छोपिएको मासु खुलमखुला सडकमा पशु बध गरी अस्वस्थकर मासु विक्री भई रहदाँ समेत स्थानीय प्रसाशनले वास्ता नगरेको उपभोक्ता दिवस थापा बताउछन् ।
ऐनमा स्थानिय निकायको स्वीकृति लिई बेच्नु पर्ने, बधशालामा मात्र पशुबध गराउनु पर्ने र मिसावट गरी मासु बेच्न नपाइने जस्ता प्रावधान उल्लेख गरिएको भएता पनि यसबारे सबैजना मौन रहेको छ ।
हप्ता हप्तामा मासु खाइरहने बानीलाई यसरी झिंगा तथा धुलैधुलो देखेर आफ्नो जिन्दगीभर मासु खाने इच्छा मरेको अर्का उपभोक्ता जीवन मगराती बताउछन् । "पहिले पहिले हप्ताको कम्तिमा एक पटक मासु खाइन्थ्यो, अहिले दुइ महिना भइसक्यो मासु नखाएको' उनले भने ।
मासु ऐन अनुसार पशु बध गराउन स्थानिय निकायको स्वीकृति लिनु पर्ने भएता पनि कमैले यस्तो स्वीकृती लिएका छन् ।
पुरानो बंधशाला आफुहरुलाई अपाइ पर्ने बताउदै जिल्ला पशु कार्यालय तथा नगरपालिकाले व्यवस्थीत तथा उपयुक्त स्थानमा पशु बंधशाला स्थापना गरि दिए आफुहरु सडक छाड्ने मासु व्यवसायी हरी रोकाय बताउछन् ।
बंधशाला व्यापारीहरुका उपयुक्त तथा सेवा सुविधा राम्रो बनाउन सके "आफुहरुलाई पनि सडक पेटीमा मै गाडीका धुवा धुलो खान कसलाई रहर हुन्छ र?" बताउनु हुन्छ अर्का मासु व्यापारी रवीन्द्र थापा ।
पशु सेवा कार्यालय र नगरपालिकाले बधशाला बनाउन सहयोग गरे भोलीदेखि सडक पेटीमा बध गर्न छोड्छौ व्यवसायी रविन्द्र थापाले भने ।
यता जिल्ला पशु कार्यालय दैलेखका बरिष्ठ प्राविधिक प्रचण्ड खड्काले ऐनबारे मासु व्यवसायी र उपभोक्तालाई जानकारी नहुदा समस्या आएको बताएका छन् ।
"पशु बधशाला निमार्ण लागि सानो रकमले नपुग्ने हुदाँ बधशाला निमार्ण गर्न नसकिएको स्वीकादै प्राविधिक खड्काले बरु पसलको अनुगमन गरिरहनु भएको बताउनु भएको छ ।
झण्डै ९ महिना अघि रकम बुझेर पनि बधशाला सुधार नगर्नेलाई कारवाहि हुने भन्दै नारायण नगरपालिकाका निमित्त कार्यकारी अधिकृत निरक रावलले यसलाई तदारुकताका साथ लैजाने बताउनु भएको छ ।
रकम दुरुपयोग भएको स्थानीय रुपमा नै व्यापक जनगुनासो आएकोले सोच्नै पर्ने वेला भएको भन्दै आफुहरुले छानबिन गर्ने दैलेखका स्थानीय विकास अधिकारी दिलबहादुर शाहीले बताउनु भएको छ ।
स्थानीय विकास अधिकारी शाहीले सडक पेटीमा पशु बध गर्ने व्यावसायीहरुलाई व्यवस्थीत गर्नका लागि नगरपालिकाको सहयोग लिएर रोक लगाइने बताउनु भएको छ ।
-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?