Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
मध्यपश्चिम तथा सुदुरपश्चिमका तराई क्षेत्रमा औलो रोग उच्च जोखिम रहेको तथ्याङ्क सार्वजनिक PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Wednesday, 28 April 2010 02:51

सुर्खेत- मध्यपश्चिम तथा सुदुरपश्चिम लगायतका तराईका क्षेत्रमा औलो रोग उच्च जोखिम रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

बिश्व औलो दिवसको अवसरमा 'औलो रोग हटाउन दिन गन्ती सुरु गरौ' भन्ने मुल नाराका साथ क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेत, क्षेत्रिय स्वास्थ्य निर्देशनालय कैलाली र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले छुट्टाछुट्टै स्थानमा शनिबार आयोजना गरेको पत्रकार अन्तरक्रियामा यस्तो तथ्याङ्क सार्वजनिक गरीएको हो ।

मध्यपश्चिम क्षेत्रका विभिन्न स्थानमा गरि २ सय ३६ जना र  सुदुरपश्चिममा ५ सय ४२ जना औलोको बिरामी भएको तथ्याङ्क सार्वजनिक भएको छ।

कार्यक्रममा निर्देशनालयका औलो रोग सम्बन्धि फोकल परसन श्याम आचार्यले औलो रोगका बिभित पक्षबारे प्रकाश पार्नु भएको छ ।
उहाले औलो रोगबाट बच्न सकिने उपाय, यसका लक्षण लगाएतका बिषयमा सबैमा चेतना पुग्नु पर्ने बाताउदै यसका लागी बिभिन्न संचार माध्यम र संघसंस्थाले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

मध्यपश्चिम क्षेत्रका सुर्खेत बाके, बर्दिया र दाङ जिल्ला यो रोगबाट उच्च जोखिममा रहेको बताउदै आचार्यले यी ठाउमा सरकाले बिषेश योजना ल्याउन लागेको जानकारी दिनु भयो ।

यस्तै, कार्यक्रममा निर्देशनालयका क्षेत्रिय निर्देशक खेमराज उपाध्याय, जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका निमित्त प्रमुख गंगाप्रसाद घिमिरे लगाएतले औलो रोगले मानिसको ज्यान लिन सक्ने भएकाले यसबाट सबै बच्नु पर्नेमा जोड दिनु भयो ।

यसै गरि, धनगढीको कैलालीमा गरेको एक अन्तरक्रियामा सुदुरपश्चिममा ५ सय ४२ जना औलो रोगी भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

विश्व औलो दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यलयले शनिबार धनगढीमा गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो ।

कैलाली जनस्वास्थ्य प्रमुख हरिशचन्द्र शाहले सन् २००९ मा कैलालीमा ५ सय ४२ जनामा औलो रोग देखिएको, यो संख्या ४ वटा विकास क्षेत्रकोभन्दा बढी भएको बताउनु भयो ।

उहाँले मध्यपचिमका बाँके, बर्दिया तथा सुदुर पश्चिमका कैलाली, डडेल्धुरा र  कंचनपुरसहित देशभरका १४ जिल्ला औलाको जोखिममा रहेको जानकारी दिनुभयो ।

औलो भित्रिनुको मुख्य कारण खुला सिमा, बसाइ सराइ, सबै स्वास्थ्य केन्द्रमा औलो नियन्त्रण कार्यक्रम ल्याउन कठिन लगायतका कारण कैलालीमा औलोका बिरामी बढ्दै गएको उहाँको भनाइ छ ।

औलो प्रभावित ११ गाउँ विकास समितिमा यसपाली १ लाख सुपानेट झुल बितरण गरिने जनस्वास्थ्य प्रमुख शाहले बताउनु भयो ।

-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama