Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

झाडा पखालाबाट जनस्वास्थ्य अभियान लिएर गाउँ फर्केका माओवादी नेताहरु नै सिकिस्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 17 August 2009 14:15
काठमाण्डौ - झाडा पखाला प्रभावित मध्यपश्चिमका जाजरकोट, रुकुम लगायतका जिल्लामा एकिकृत जनस्वास्थ्य अभियान लिएर गएका माओवादीका नेता तथा सभासद्हरु नै सो रोगबाट धमाधम विरामी हुँदै थलिन थालेका छन् ।
पछिल्लो समयमा त्यसको शिकार माओवादी पोलिटव्यूरो सदस्य जनार्दन शर्मा प्रभाकर बन्न पुगेका छन् ।
आफै विरामी भएपछि राजधानी फर्केका माओवादी नेता प्रभाकरलाई बालाजु स्थित जनमैत्री अस्पतालमा भर्ना गरिएको छ । सो अस्पताल माओवादीको अग्रसरतामा स्थापना भएको हो । जानकारी अनुसार नेता प्रभाकर अस्वस्थ देखिएपछि गत हप्ता राजधानी फर्केका थिए । स्वास्थ्य टोली लिएर एक महिनाअघि रुकुम र जाजरकोट गएका थिए ।
यसअघि स्वास्थ्य टोली लिएर गएका माओवादीका अन्य दुईजना सभासद्पनि झाडा पखालाबाट गम्भीर विरामी भई उपचाररत छन् । विरामी हुनेमा माओवादी सभासद् भरतकुमारी रेग्मी र कमला रोका छन् । रेग्मीले नेपालगन्जमा र रोकालॆ रुकुमको चौरजहारीस्थित अस्पतालमा उपचार गराइरहेका छन् । दुई मध्ये रोका बढि सिकिस्त रहेको बताइएको छ ।
उपचार टोलीको नेतृत्व गरी गाउँ गाउँमा रहेका बेला उनीहरुलाईपनि रोगले समातेको थियो । सरकारी प्रयासले रोग नियन्त्रणमा आउन नसकेपछि माओवादीले सभासद्, वाइसीएललगायतको टोली त्यस क्षेत्रमा पठाएको थियो । सो पार्टीले पूर्व स्वास्थ्यमन्त्री तथा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलको संयोजकत्वमा एकिकृत जनस्वास्थ्य टोली बनाएर त्यसतर्फ पठाएको थियो ।
-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?