Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

झाडापखाला नियन्त्रणका लागि पर्याप्त औषधि पुग्यो, स्वास्थ्यकर्मीको अभाब PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Monday, 13 July 2009 04:35
सुर्खेत- जाजरकोटमा फैलिएको झाडापखाला नियन्त्रणका लागि पछिल्लो समय पर्याप्त औषधि पुगे पनि स्वास्थ्यर्मीको अभाव देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले स्वास्थ्यकर्मी अभावका कारण सबै गाउँमा शिविर राख्न नसक्दा बिरामीको मृत्यु भएको जनाएको छ ।
जिल्ला स्वास्थ्य प्रमुख डा. कृष्णहरि सुवेदीले भने, 'कतिपय ठाउँका बिरामीलाई शिविर भएको ठाउँसम्म पर्‍याउन पाँच/छ घण्टासम्म लाग्छ, त्यसैले उनीहरुको बाटोमै मृत्यु हुने गरेको छ । उनका अनुसार सरकारी स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका विभिन्न २७ स्थानमा र नेपाली सेनाले तीन स्थानमा शिविर खडा गरी उपचार गरिरहेका छन् । औषधिसहितका स्वास्थ्यकर्मीलाई घरदैलो अभियानमा परिचालन गर्न आवश्यक भए पनि पर्याप्त जनशक्ति नहुँदा त्यसो गर्न नसकिएको उनले बताए ।
सरकारले सरुवा रोग तथा इपिडियोमोलोजी बिभागका डा. इश्वरी उपाध्यायसहितको टोली खटाएको छ । उनले दल्लीस्थित शिविरबाट उपचार गरिरहेका छन् । नेपाली सेनाले भने डाक्टरद्धय निरजबसन्त तुलाचन र चिरञ्जीवि पन्थीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएको छ । चिकित्सक अभावमा अधिकांश ठाउँमा स्वास्थ्य सहायकहरुले उपचार गरिरहेका छन् ।
जाजरकोटमा शनिबारदेखि औषधि भने उल्लेख्य मात्रामा गएको छ । हालसम्म सुर्खेतबाट करिब २० क्वीन्टल औषधि झाडापखाला प्रभावित क्षेत्रमा पुर्‍याइएको छ । नेपाली सेनाले आइतबार रुकुममा चौरजहारीबाट एक सय ७५ केजी र खलंगाबाट ३०० केजी औषधि प्रभावित क्षेत्रमा पुर्‍याएको छ । त्यस्तै, जाजरकोटको दशेरामा एक सय ७५ केजी, कार्कीगाउँमा तीन सय केजी, दशेरामा एक सय ७५ केजी र सिमामा एक सय ७५ केजी थप औषधि पुर्‍याएको छ । साथै सेनाले उपचारमा विरामीको चाप निकै बढेको र स्लाइन पानीको अभाव देखिएको जनाएको छ ।
त्यसैगरी, समाजसेवी राजिवविक्रम शाहले आइतवार पनि जाजरकोटका थप दुइ ठाउँमा आफ्नै खर्चमा फिस्टेल एयरको हेलिकप्टरबाट औषधि पुर्‍याएका छन् । शनिबार चार ठाउँमा औषधि पुर्‍याएका शाहले आइतबार लह र चाक्लामा दुइ चार्टर औषधि खसालेका छन् ।
नेपाली सेनाको मध्यपश्चिम पृतनाले शनिबार र आइतबार जाजरकोटमा करिब एक हजार बिरामीको उपचार गरेको जनाएको छ । पृतनाद्धारा प्रेशित विज्ञप्तिमा दशेरा, सिमा र दह क्याम्पबाट उपचार गरिएको उल्लेख छ । पृतनाले दशेरा इलाकामा संचालित शिविरमा आएका पाँच सय ४० मध्ये एक सय ४० जनालाई बेडमा भर्ना गरी उपचार गरिरहेको जनाएको छ । त्यस्तै, दह इलाकामा आएका ७० मध्ये ४५ जना उपचारपछि घर फर्किएको र बाँकीको शिविरमा उपचार भइरहेको पृतनाले जनाएको छ । सिमा इलाकामा २५ जनाको उपचार भएको पृतनाले विज्ञप्तिमा जनाएको छ ।
उता रुकुमको राडीज्यूला इलाकामा संचालित शिविरमा आएका दुइ सय पाँचजना बिरामीमध्ये पाँचजनाको अवस्था चिन्ताजनक रहेको पृतनाले जनाएको छ ।
रोकिएन मृत्युको श्रृंखला
उपचारमा तिब्रता भए पनि जाजरकोटमा झाडापखालाबाट मृत्यु हुने क्रम भने रोकिएको छैन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइतबार थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्छा गाविस- ९ का ५५ बर्षिय कर्णबहादुर सिंह, अर्छा- २ का ५० बर्षिय टिकाराम जैसी, टालेगाउँ- ९ का ५ बर्षिया सबिना चलाउने र कार्कीगाउँ- ९ का ४५ बर्षिया कलौटी दमाई रहेका छन् । यससँगै जाजरकोटमा झाडापाखालाबाट मृत्यु हुनेको संख्या एक सय दुइ पुगेको डा. सुवेदीले बताए ।
-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?