Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गाईभैसीको कृत्रिम गर्भाधानका लागि बीर्य बैङ्कमा नेपाल आत्मनिर्भर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rajbahadur Gurung   
Tuesday, 21 July 2009 09:14
पोखरा- गाईभैसीको कृत्रिम गर्भाधानको लागि साँढे र रागोको वीर्य बैङ्कमा नेपाल आत्मनिर्भर बन्दैगएको छ ।
स्थानीय जातका गाईको नश्लसुधार गरी उत्पादकत्व तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले २०१९ सालमा विदेशबाट साँढेको वीर्य आयात गरी ४८५ गाईबाट कृत्रिम गर्भाधान थालिएको हो ।
विगत छ वर्ष यता उन्नत राँगो र साँढेको वीर्य आयात बन्द गरिएको छ र मागको तुलनामा उत्पादन बढी छ । आव २०६१-०६२ सम्म न्युजील्यान्ड, जर्मनी, फिनल्यान्ड, अमेरिकाबाट साँढेको दुई लाख ३० हजार र राँगाको भारतबाट ५३ हजार डोज वीर्य नेपाल भित्रिएको थियो ।
गाइभैासीको कृत्रिम गर्भाधानका लागि नेपालले तीन वर्षयता एक लाख बढी डोज राँगो र साँढेको वीर्य उत्पादन गर्न थालेको छ । गत आ.व.मा एक लाख २२ हजार डोज उत्पादन भएकोमा यस वर्ष जेठसम्म एक लाख ३६ हजार पुगिसकेको राष्ट्रिय पशु प्रजनन केन्द्रका प्रमुख डा. अमरबहादुर शाहले बताउनुभयो । असार अन्तसम्म एक लाख ५० हजार पुग्नेछ ।
"देशका ४१ जिल्ला र जाडोका कारण पहाडी चार जिल्लामा चलाइने मौसमी गरी एक लाख दस हजार डोज वीर्य कृत्रिम गर्भाधानका लागि माग छ"- केन्द्रका प्रमुख डा. शाह भन्छन् । नेपालमा प्रजननयोग्य उमेरका गाईको सङ्ख्या नौ लाख र भैसी दस लाख छ । त्यसमध्ये कृत्रिम गर्भाधानको पहुँच गाईमा दस र भैासीमा १.५ प्रतिशत छ ।
दूध उत्पादन बढी हुने भएकाले पशुपालक किसानहरू कृत्रिम गर्भाधानप्रति बढी आकषिर्त छन् । स्थानीय जातका गाईभैासीमा क्रस गरी जन्मने उन्नत गाईभैसीले बढी दूध दिने हुँदा कृत्रिम गर्भाधानको आकर्षण बर्सेनि बढ्दै गएको हो ।
देशका ४१ जिल्लामा वर्षभरि नै र जुम्ला, दैलेख, रोल्पा, सल्यानमा चिसो, आहार र साँढे खोज्ने समय जेठदेखि भदौसम्म यो कार्यक्रम चलाइन्छ । ती जिल्लाहरूमा ३४ निजीसहित २०५ कृत्रिम गर्भाधान केन्द्र र ४०० प्राविधिक छन् ।
अधिकतम कृत्रिम गर्भाधान गर्ने  जिल्लामा गत आ.व.मा रूपन्देहीमा १२ हजार पशुको गरियो । काठमाडौमा नौ हजार, मोरङ, चितवन, झापा र सुनसरीमा सात हजार हाराहारीमा भएको प्राविधिक शशि अधिकारीले बताउनुभयो ।
भारतमा ११ देखि १५ भारु. पर्ने एक डोज उत्पादन लागत नेपालमा रु. २०।- पर्छ । किसानलाई प्रतिडोज रु. २५।- लिइन्छ । तरल नाइट्रोजनमा राखेपछि वीर्य भने बीसौवर्षसम्म जोगाएर राख्न सकिन्छ । जमेको वीर्यलाई ३७ डिग्री सेल्सियस तातोपानीमा १५ देखि ५५ सेकेन्ड डुबाउदा सुषुप्त अवस्थाको शुक्रकीटहरू सक्रिय हुन्छन् । पशु प्राविधिकले राँगो र साँढे खोजेको समयमा गाइभैसीको पाठेघरभित्र वीर्य राखेर कृत्रिम गर्भाधान गराउछन् ।
प्राविधिकका अनुसार एकपटक वीर्य निकाल्दा राँगोमा तीन मिलिलिटर र साँढेबाट पाच मिलिलिटर सरदरमा निस्कन्छ । गर्भ रहन भने दुई करोड शुक्रकीट चाहिन्छ । भारत, नेपालमा दुई करोड र युरोपतिर एक करोड शुक्रकीट भए गर्भाधानलाई पुग्छ ।
राम्रो साँढे-रागो भए वर्षमा प्राकृतिक तवरबाट सरदर डेढ सय बाली लाग्छ । नौ वर्षसम्म पुगेपछि बुढो भएर थन्किने हुँदा जीवनकालमा एउटा रागो र साँढेबाट हजारवटा गर्भाधान रहन्छ । तर कृत्रिम तरिकाबाट वीर्य सङ्कलन
गरेर गर्भाधान गर्दा जीवनकालमा एउटा राँगोबाट ३० हजार र साँढेबाट एक लाख सन्तानसम्म जन्मन्छन् । नेपालमा भैसीमा भने २०३५ सालबाट कृत्रिम गर्भाधान सुरु भएको हो ।
राष्ट्रिय पशु प्रजनन केन्द्रले हाल सरकारी र निजी र्फमबाट छनोट गरेर ल्याएका उन्नत जातका सात राँगो र दस बहर वीर्य सङ्कलनका लागि पालेको छ ।
तिनीहरूको दाना, घास, औषधि खर्च गरेर एउटालाई वाषिर्क रु. ७० हजार खर्च हुन्छ भने एक लाख ५० हजार डोज उत्पादन गर्दा झन्डै रु. ३७ लाख राजस्व प्राप्त हुन्छ । एउटा राँगोबाट गत वर्ष औसत पाच हजार र साँढेबाट २२ हजार डोज वीर्य उत्पादन भएको राष्ट्रिय पशु प्रजनन केन्द्रका पशु विकास अधिकृत शिवनाथ महतो बताउनुहुन्छ ।
-Rajbahadur Gurung in Pokhara

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?