Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

१४ वर्षदेखि गाउँलेले डाक्टरको मुख देख्न पाएनन् PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Friday, 19 March 2010 20:04

हाम्रो नेपालमा: रुपन्देही- जिल्लाको हरनामपुर गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द १४ वर्षदेखि डाक्टरविहिन बनेको छ ।

२०५२ सालमा निर्माण गरिएको यस स्वास्थ्य केन्द्रमा डाक्टर आएपनि २ दिनभन्दा बढी बस्दैनन् । उनीहरु काज मिलाएर अन्य स्थानमा जाँदा केन्द्रमा स्थापनाकालदेखि नै डाक्टर अभाव छ । ६ महिना अघि मात्र स्वास्थ्य केन्द्रमा सरुवा भई दुई जना डाक्टर आए पनि गाउँलेले उनीहरुको मुखसमेत देख्न पाएका छैनन् ।

गत जेठमा सरुवा भई चौकीमा डा. तेजप्रकाश दबाडी र डा. ज्ञानेन्द्र झा आएका थिए । उनीहरुको दरबन्दी प्राथमिक स्वास्थ्य केन्द्रमा भएपनि कसैको पनि नाम मुखसमेत गाउँलेले देख्न पाएका छैनन् । आएदेखि नै प्राथमिक स्वास्थ्य केन्द्रमा डा. दबाडी गैर हाजिर छन् भने अर्का डा. झा पहुँचका भरमा रुपन्देहीको भीम अस्पताल भैरहवामा काजमा गएका छन् । डाक्टरहरु आएको खबर सुनेपनि स्वास्थ्य केन्द्रमा पाइला नटेकी नै जाने गरेको स्थानीयवासीहरुको भनाइ छ ।

'डाक्टरहरु अस्पतालमा पाइला नटेकी नै फर्किन्छन्, हामीले त अहिलेसम्म मुखसमेत हेर्न पाएका छैनौं' स्थानीयवासी केवल अहिरले भने । 'डाक्टरहरु यहाँ कागजमा मात्र छन्' अहिरले थपे ।

जिल्लाको दक्षिण पूर्वी क्षेत्रको १० बढी गाविसका बासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा पुरुयाउने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र संचालन गरिएको हो । केन्द्रमा बसी काम नगरे पनि दुबैले तलब भत्ता भने जिल्ला स्वास्थ्य कार्यालयबाट लिने गरेका छन् । १४ वर्ष अघि स्थापना भएको त्यो केन्द्रमा पटक पटक डाक्टरहरु सरुवा भई आएपनि गाउँमा एउटा पनि डाक्टर छैनन्, किन आएनन् भनेर स्वास्थ्य कार्यालयमा बुझ्न जाँदा दुई जना सरुवा भई आएको भन्छन् स्थानीय राजेश्वर मिश्रा ।

उनी भन्छन् 'हामी गाउँलेले डाक्टरको अनुहार पनि देख्न पाएका छैनौं कस्ता छन् भनेर ।' अझ डा. दबाडी कहाँ छन् स्वास्थ्य कार्यालय प्रशासनलाई पनि जानकारी छैन । प्रशासन शाखामा सोध्न गए गाउँमै होलान् भनेर जवाफ पाइन्छ ।

उता डा. झा पहुँचवाला भएका कारण सुविधा सम्पन्न ठाउँ भैरहवामा काजमा छन् । उनी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाका छोरा हुन् । डाक्टर नगएपछि अहिले यहाँ अहेबले विरामीको उपचार गर्दै आएका छन् ।

सरकारी छात्रबृत्तिमा एमबीबीएस पढेकालाई दुई वर्ष सरकारी अस्पतालमा गई अनिवार्य सेवा गरेपछि मात्र नेपाल मेडिकल काउिन्सलमा दर्ता हुन पाउने प्रावधान अनुरुप दुबै डा. जिल्लामा आएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डां. अनन्तकुमार शर्माका अनुसार उक्त स्थानमा २ जना डाक्टरको दरबन्दी रहेपनि ग्रामीण भेगका कारण कोही बस्न मान्दैनन् । आफूले पटक पटक स्वास्थ्य केन्द्रमा जान अनुरोध गरेपनि पहुँचका आधारमा काजमा सरुवा गराएर अन्यत्र जाने गरेको उनले जानकारी दिए ।

-Chandrakant Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?