Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

हाम्रो नेपालमा: दुई वर्षदेखि पियनको भरमा स्वास्थ्य चौकी चल्दैछ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandra Kanta Khanal   
Sunday, 19 July 2009 06:12
रुपन्देही - असुरक्षाको कारण देखाउँदै स्वास्थ्यकर्मीहरु लालपुर गाविसस्थित उपरुस्वास्थ्य चौकीमा जान नमानेपछि २ वर्षदेखि उक्त चौकी स्वास्थ्यकर्मीविहीन बनेको छ ।
हाल उक्त स्वास्थ्य चौकी ८ कक्षा पास पियनको भरमा चलिरहेको छ । २ वर्ष अघि उक्त स्वास्थ्य चौकीमा कार्यरत अहेब जितबहादुर विसीलाई तराईको सशस्त्र समूहले अपहरण गरी मोटसाइकल खोसेर लगेपछि त्यहाँ हालसम्म कोही गएको छैन । अपहरणको केही दिनपछि विसीलाई चन्दा दिएर छाडेपनि उनको मोटरसाइकल हालसम्म फिर्ता भने भएको छैन । त्यस घटनापछि अहेब विसी उक्त क्षेत्रमा काम गर्न नमानेपछि जयनगर इलाका हेल्थपोष्टमा काज सरुवा गराइ पठाइएपछि उक्त स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन भएको हो । स्वास्थ्य चौकीमा उपचारका लागि जाने बिरामीहरुलाई पियनले अनुभवको आधारमा औषधीहरु वितरण गर्ने गरेका छन्।
स्थानीयवासी निरहु बरईका अनुसार अहेबपछिका मासिका र ग्रास्वाअ र अन्य गरी ५ जनाको दरबन्दी रहेपनि स्वास्थ्य चौकी प्राय बन्द नै हुने बताउँछन् ।
त्रासको कारण देखाउँदै मासिका पनि आउँदैनन् ग्रास्वाअ पनि कहिले काही हाजिर गर्न मात्र आउँछन्, दबाई गर्न तौलिहवा र भारत तिर जानु पर्छ । सानो भन्दा सानो रोगका लागि महंगो उपचार सेवा लिन आफूहरु बाध्य भएको गाउँलेहरु बताउँछन् ।
ज्वरो, झाडापखाला, निमोनिया, जन्डिसलगायतका रोगीहरु दैनिक ३० जना आउने गरेको भएतापनि उपचार नपाएपछि निराश हुँदै अन्यत्र जानुपरेको अर्का स्थानीयवासी वकील मुसलमान बताउँछन् ।
निःशुल्क स्वास्थ्य सेवाबाट आफूहरु बन्चित भएको गुनासो पटक पटक जिल्ला स्वास्थ्य कार्यालयमा गराएपनि त्यहाँबाट कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।
जिल्ला स्वास्थय कार्यालयका नि. प्रमुख विष्णु जयसवालले उक्त घटनापछि हालसम्म कुनै कर्मचारीलाई कार्यालयले नपठाएको स्वीकार गरेका छन् । असुरक्षाको कारण कोही जान नमानेपछि आफूहरुले कसैलाई कर लगाउन नसकेको उनले बताए । जनगुनासो व्यापक आएको हँदा सुरक्षा संयत्र सँग सहकार्य गरी त्यस क्षेत्रमा अहेब पठाउने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विक्रम िसंह थापाले भने जिल्लामा हाल असुरक्षाको वातावरण नरहेको बताएका छन् । स्वास्थ्यकर्मीहरु फिल्ड जान बहानाबाजी गरेको उनले बताए । आफूहरु चौबिसै घण्टा सुरक्षा दिन तयार रहेको हुँदा असुरक्षा भनेर जनतालाई नठग्न अनुरोध गरे ।
-Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?