Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

४ वर्षभित्र दाङ जिल्लाका २ नगरपालिका र २५ गाविसलाई दिशामुक्त क्षेत्र बनाउने तयारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Devika GM   
Friday, 12 March 2010 16:42

दाङ- जिल्लाका केही गाविस तथा गाउँलाई क्रमशः खुल्ला दिशा मुक्त क्षेत्र बनाउने प्रकि्रया अगाडी बढेपछी जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र बनाउने भएको छ ।


जिल्लामा आगामी चार वर्षभित्र दाङलाई खुला दिसामुक्त क्षेत्र बनाउन गृहकार्य शुरु भएको छ । सोका लागि अधिकांश गाविसमा काम थालिएको छ भने केही गाविसमा केही समयपछि काम शुरु गरिने जिल्ला खानेपानी कार्यालय दाङले जनाएको छ ।

कर्या्रलयका अनुसार दाङका दुई नगरपालिका र २५ गाविसमा खुला दिसा मुक्त अभियानका गतिविधि अगाडि बढाइएका छन् । विभिन्न संघसंस्थाले प्रत्येक गाविसमा गएर सरसफाइ सम्बन्धी गतिविधि सचालन गरिरहेका छन् । 'विभिन्न संघसंस्थाले गाउँगाउँमा गएर सरसफाइका गतिविधि सचालन गरिरहेका छन् । पूर्वघोषित कार्यक्रमअनुसार दाङलाई दिसामुक्त क्षेत्र घोषणा गर्न सकिन्छ'- कार्यालयका निमित्त प्रमुख किरण पौडेलले भन्नुभयो । जिल्ला विकास कार्यालय र जिल्ला खानेपानी डिभिजन कार्यालयको संयुक्त आयोजनामा सन् २०१४ सम्ममा दाङलाई खुला दिसा मुक्त क्षेत्र बनाउन थालिएको हो ।

खुला दिसा मुक्त क्षेत्र बनाउनका लागि २५ गाविसका प्रत्येक गाउँगाउँमा गएर सरसफाइसम्बन्धी जनचेतना प्रदान गर्ने शौचालय बनाउन प्रेरित गर्ने, सरसफाइसम्बन्धी तालिमको आयोजना गर्ने गरिएको पौडेलले बताउनुभयो । 'गाविसमा पायक पर्ने संघसंस्थाले गाविसको जिम्मा लिएका छन्, त्यहाँ खुल्ला दिसा मुक्त अभियानको काम भइरहेको छ, बाँकी १४ गाविसमा पनि अभियान छिट्टै थाल्छौँ' उहाँले भन्नुभयो ।

त्यस्तै विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ कार्यक्रम, सरसफाइ विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, पानी सुद्धीकरण सरसफाइ कार्यक्रमलगायतका कामबाट सरसफाइमा जनचेतना प्रदान गर्न थालिएको छ । युनिसेफको सहयोगमा पनि विद्यालयस्तरीय सरसफाइ कार्यक्रम सचालन भइरहेको छ । सरसफाइ कार्यक्रमअन्र्तगत प्रायःजसो विद्यालयमा शौचालय निर्माण गरिएका छन् ।

दाङलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउने अभियान २०६६ असार १२ गतेको निर्णयबाट भएको हो । दाङलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउने अभियानमा प्रायः जसो सबैजसो संघसंस्थाहरु सकारात्मक देखिएको जिल्ला खानेपानी कार्यालय दाङले जनाएको छ । दाङलाई खुल्ला दिसामुक्त बनाउने निर्णय गर्नुअघि दाङको ढिकपुरलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ । त्यहाँका प्रत्येक घरमा शौचालय बनेका छन् ।

त्यस्तै श्रीगाउँमा पनि छिट्टै खुल्ला दिसा मुक्त घोषणा गर्ने गृहकार्य शुरु भएको छ । आगामी जेठ महिनाभित्र खुल्ला दिसामुक्त क्षेत्र बनाउने गरी अभियान थालिएको कार्यालयका कर्मचारी इन्द्र वस्नेत बताउनुहुन्छ । वस्नेतका अनुसार श्रीगाउँका केही वडाहरुमा खुल्ला दिसा मुक्त क्षेत्र बनाइएको छ भने बाँकी ठाउँमा छिट्टै घोषणा गरिनेछ । फूलवारीलगायतका गाविसमा शौचालय बनाउने अभियानमा स्थानीय उपभोक्ता खुलेर लागिपरेको बताइन्छ ।

यता जिल्ला खानेपानी कार्यालय दाङले दाङका ३८ प्रतिशत घरमा मात्रै शौचालय निर्माण भएको जानकारी दिएको छ । बाँकी घरमा शौचालय निर्माण नभएको जनाएको छ । शौचालय निर्माणका लागि स्थानीय उपभोक्ताहरु तदरुकताका साथ लागिपरेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको आधाआधीसम्म दाङमा थप चार प्रतिशत घरमा शौचालय बनेका छन् ।

कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०६५/६६ को हालसम्म चार प्रतिशत बढीले आफ्ना घरमा शौचालय बनाएका छन् । त्यस्तै आर्थिक वर्ष २०६४/६५ मा ३४ प्रतिशतले घरमा शौचालय बनाएका थिए ।

यसैगरी, दाङवासीले जम्मा ६८ प्रतिशतमात्र खानेपानीको प्रयोग गर्न पाएका छन् । कार्यालयका अनुसार पाइप प्रणालीबाट ४३, प्रतिशत ह्याण्डपाइपबाट १६ प्रतिशत र इनार तथा कुवाबाट नौ प्रतिशतले खानेपानी प्रयोग गरिरहेका छन् भने बाँकी ३२ प्रतिशतले जरुवाको पानी खाइरहेका छन् । कार्यालयका अनुसार गतसाल ६३ प्रतिशतले व्यवस्थित पानी प्रयोग गर्ने गर्थे । पाइप प्रणालीबाट ३९ प्रतिशत, ह्याण्डपाइपबाट १६ प्रतिशत, इनार तथा कुवाबाट आठ प्रतिशत र ४७ प्रतिशतले जरुवाको पानी खान बाध्य छन् ।

-Devika GM in Dang

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?