Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

स्वाइन फ्लुको महामारी अब नेपाल को गाउँघरतिर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rajbahadur Gurung   
Friday, 06 November 2009 04:06
पोखरा -पर्वत सदरमुकाम वारपर दुई सातादेखि फैलिएको रुघाखोकीको प्रकोप स्वाइन फ्लु भएको पुष्टि भएको छ।
चारदिन अगाडी विश्व स्वास्थ्य संगठनले ल्याएको नमूनाको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा पान्डेमिक एन्फुएन्जा २००९ (एचवान एनवान) भेटिएको हो। पर्वत सदरमुकाम कुस्माबाट गत शुक्रबार विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालय महामारी रोग नियन्त्रण महाशाखाबाट डाक्टर अशोक क्षेत्रीको नेतृत्वका आएको टोलीले रगत परिक्षणका ल्याएका नमूना परीक्षणका क्रममा सोको पुष्टि भएको हो। कुस्मा सदरमुकाम वरपरबाट ल्याइएका १२ नमूना मध्ये ९ वटामा स्वाइन फ्लु पोजेटिभ भेटिएको विभागका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए। स्वाइन भेटिएका नमूना मध्ये पाँच वटा नेपाली सेनको कुस्मास्थित नयाँ भैरवी दल गुल्ममा कार्यरत सैनीकका र चार बालबालिकाको छ।
सेनाको व्यारेकबाट ल्याइएका पाँच नमूना मध्ये पाँच वटैमा र बजारबाट ल्याइएका ७ मध्ये चारमा संक्रमण भेटिएको छ। 'एकै ठाउँबाट ल्याइएका यती धेरै नमूनामा भेटिनुले अधिकांश विरामीको कारण स्वाइन फ्लु भएको पुष्टि हुन्छ।' ती अधिकारीले भने, 'अब मिल्ने खालका लक्षण भएका अधिकांशमा यसैको संक्रमण हो।' एकै ठाउँमा खाने र बस्ने भएकोले सैनीक गणमा सुरक्षाका थप उपाय अपनाउनु जरुरी भएको चिकित्सकहरु बताउँछन्। ब्यारेकमा अढाई सय सैनीक कार्यरत छन्। सेनाका प्रवक्ता र सहायक रथी रमिन्द्र क्षेत्रीले गुल्ममा धेरैको संख्यामा विरामी नभएपनि विरामी परेका मध्ये पाँच जनाको नमूना परीक्षणका लागि काठमाडौ ल्याइएको बताए।
विभागले छिमेकी जिल्ला बाग्लुङमा पनि नमूना परीक्षण नगरिएपनि अब स्वाइन फ्लु नै भन्न सकिन्छ। जनस्वास्थ्य प्रयोगशालाले संकलित नमूनाको परीक्षणको आधारमा प्रत्येक साता विहीबार रिपोर्ट दिने गर्छ। प्रयोगशालाले रिपोर्ट दिइसकेको भएपनि सेवा विभाग अर्न्तगतको एभियन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाले औपरिक रुपमा शुक्रबार मात्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ। आयोजनाका निमिक्त प्रमुख डा।जितेन्द्रमान श्रेष्ठ र अर्का चिकित्सक डा भीम तिङकरीले 'रिपोर्ट आएको तर आफूले हेर्न नभ्याएको' बताए। दुबैले एकै प्रकारका जवाफ दिए 'आजै विज्ञप्ती निकाल्ने कुरा थियो भ्याइएन्, भोली पत्रकार सम्मेलन हुन्छ।'
रिपोर्टसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पर्वत र बाग्लुङमा अब अभियानको रुपमा चेतनामुलक कार्यक्रम चलाउने रणनीति लिने भएको छ। सामान्य रुघाखोकी नै भएपनि समुदायमा गएपछि नियन्त्रणका उपाय अपनाउनुपर्छ, स्वाइन फ्लु नै हो भन्ने भएपछि त झन् सर्तकता अपनाउनु पर्छ। दुर्गम र जनचेतना कम भएका ठाउँमा व्यक्तिगत सुरक्षाको उपाय अपनाउन नसकिए रोगले श्वास प्रश्वासका रोगी र बृद्ध उमेरका मानिसलाई गम्भीर असार पार्ने चिकित्सहरु बताउँछन्।
पर्वतमा दुईसातादेखि र बाग्लुङमा केहीदिनदेखि फैलिएको प्रकोपका कारण सयौ विरामी परेका छन्। प्रकोपले महामारीको रुपमा फैलिएपछि दुवै जिल्ला सदरमुकामका सवै विद्यालय बन्द भएका छन्। सोमवारदेखि विद्यालय बन्द गर्ने निर्णय भएको हो। विभागले अब विद्यालय बन्द केही दिन लम्ब्याउन अनुरोध गर्नुका साथै सार्वजकि जमघट हुने कार्यक्रम नगर्न समेत अनुरोध गर्नेछ। पर्वत सदरमुकाममा मात्रै करिव एक दर्जन विद्यालयमा अध्यनरत करिव दुई हजार विद्यार्थीमा संक्रमण देखिएको विद्यालयले जनाएका छन्। विद्यार्थीमा देखिएको प्रकोप अभिभावकमा समेत फैलिएको छ।
अहिले जिल्ला अस्पतालमा दैनिक करिव ५ सय भाईरल ज्वरोको विरामी आएको अस्पतालले जनाएको छ। विरामीहरुमा टाउको दुख्ने, ज्वरो आउने, रुगाखोकी, बान्ता हुने जस्ता लक्षण देखिएको छ। विरामीहरुको अस्पताल, स्थानीय स्वास्थ्य संस्था र निजी क्लिनिकमा उपचार भईरहेको छ। बाग्लुङ सदरमुकामका एक दर्जन नीजि विद्यालय बन्द भएपछि करिव ९ हजार विद्यार्थीहरुको पठनपाठन राकिएको छ। यस्ता लक्षण देखिएमा तत्काल मास्क लगाई अरुलाई संत्रमणबाट बचाउँन र स्वास प्रश्वासमा अप्ठेरो भएमा तत्कालै अस्पताल जान चिकित्सकले सल्लाह दिएका छन्। चिकित्सकहरुका अनुसार व्यक्तिगत सुरक्षाका उपाय अपनाए ९० प्रतिशत फ्लुको जोखिमबाट बच्न सकिन्छ।
चिकित्सकका अनुसार समयमै उपचार भए स्वाइन फ्लुले ज्यान लिंदैन। सेकेण्डरी इन्फेक्सनले मृत्यु गराउने हो। यो मानिसबाट मानिसमा श्वासप्रश्वास सिंगान र खकारबाट सर्छ। रोग फैलिएका ठाउँमा साबुन पानीले हात धुने, रुघाखोकी भएको मानिसभन्दा एक मिटर पर बस्ने र भीडभाडमा सकेसम्म नजाने संक्रमणबाट जोगिने उपाय हुन्। यस्तै फलफुल, पानी प्रशस्त पिउने, पर्याप्त सुत्ने, रुघाखोकी लागेपछि हात नमिलाउने, गला नजोड्ने, सार्वजनिक स्थलमा हाच्छिउँ नगर्ने र घरबाट बाहिर निस्कदा मास्क लगाएमा स्वयन फलु बाट बच्न सक्ने चिकित्सक हरु बताउंछन् ।
-Rajbahadur Gurung in Pokhara

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?