Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

चर्पी प्रयोग नेपालमा ४६, कास्कीमा ७ प्रतिशत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rajbahadur Gurung   
Monday, 14 December 2009 05:24

२०६७ मा खुल्ला दिसामुक्त क्षेत्र बनाउने कास्की जिल्लाको संकल्प
पोखरा- कास्कीको १५ औ जिल्ला परिषद्ले २०६७ सालसम्म जिल्लाका सबै घर, विद्यालय, सङ्घसंस्थामा शौचालय सुविधा निर्माण तथा प्रयोग गराइ खुल्ला दिसामुक्त बनाउने लक्ष्य लिएको छ ।



सरसफाइको अभियानलाई तीव्रता दिन शौचालय बनाउन जिल्ला भरिनै एकद्वार प्रणालीबाट सहयोग उपलब्ध गराइने छ ।

खानेपानी र सरसफाइको सुविधामा देशमै कास्कीको अवस्था सबैभन्दा राम्रो छ । नेपालको खानेपानी उपलब्धता ८१ प्रतिशत र कास्कीको ६ प्रतिशत रहेको छ भने चर्पी प्रयोगको अवस्था नेपालको ४६ र कास्कीको ७ प्रतिशत छ । सरसफाइ र खानेपानीको क्षेत्रमा देशकै अग्रणी कास्कीलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउन जिल्ला सरसफाइ रणनीति योजना बनाइएको छ । रणनीति पूरा गर्न क्षमता विकास, आपसमा सहकार्य र सबै खालका कार्यक्रममा सरसफाइ कार्य समावेश गरिएका छन् ।

कास्की काहुका दीपक आचार्य गाविसका सबै घरमा शौचालय बनेर खानेपानी पनि विस्तार भएपछि सरसफाइमा देखिएको परिवर्तन देखेर छक्क परेका छन् । सबैभन्दा ठूलो कुरा सरसफाइ नै रहेछ, गाविसका सबै घरमा शौचालय बनेपछि स्वच्छ वातावरण, जनस्वास्थ्य र सफाइमा सुधार आएको छ," आचार्य भन्छन् ।

लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले १५ वर्षको लागि लक्षित गरी लेखनाथ नगरपालिकामा १० हजार खानेपानी धारा वितरण गर्ने योजनाअन्तर्गत चार हजार धारा बाडिसकेको छ । सरसफाइको लागि जनचेतना अभियानका रूपमा चर्पी निर्माण कार्य अघि बढाएको समितिका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले बताए ।

"बढदो जनसङ्ख्या वृद्धि र सहरीकरणले खानेपानी वितरण कार्य चुनौतीपूर्ण छ, सरसफाइका लागि जनचेतना र चर्पी निर्माणमा बढी जोड दिएका छौ," अध्यक्ष कर्माचार्य थप्छन् । सरसफाइलाई मानिसको जीवन पद्धतिको रूपमा विकास गरी वातावरण स्वच्छ राखेर जनस्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन कास्कीलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउने अभियानलाई तीव्रता दिइएको छ ।

विपन्नलाई विशेष सहयोग, नौलो सिर्जनशील प्रविधि र पूर्ण सरसफाइका लागि सञ्चारमाध्यमको सहयोगमा जनचेतना अभियानलाई बढावा दिने कास्की जिविसका स्थानीय विकास अधिकारी नरहरि बरालले बताए । "८० प्रतिशत चर्पी निर्माण भइसकेको छ, सरसफाइसम्बद्ध कार्यलाई तीव्रता दिएका छौ," बरालले भने ।

आत्मसम्मान, स्वास्थ्य र विकासको आधारका रूपमा सरसफाइ सुविधाको उपभोग हरेक नागरिकको नैसर्गिक अधिकार रहेकोले यसको प्रवर्द्धनमा व्यक्ति, समुदाय र राज्यको समान दायित्व रहन्छ । हाल विश्वका करिब ५९ प्रतिशत जनताले आधारभूत सरसफाइको सुविधा उपभोग गरेका छन् । सन् १९९० को अध्ययनले नेपालका छ प्रतिशत घरमा चर्पीको सुविधा रहेकोमा सन् १९९६ मा १५ प्रतिशत पुगेको छ ।

त्यस्तै सन् २००१ मा २५, सन् २००५ मा ३९ र हाल ४६ प्रतिशत घरमा आधारभूत सरसफाइ सुविधा पुगेको छ । नेपालमा सञ्चालित सरसफाइका क्रियाकलापलाई अझै व्यवस्थित गर्न सके सन् २०१७ सम्म सबैको लागि सरसफाइ राष्ट्रिय लक्ष्य तथा २०१५ सम्म ५३ प्रतिशत जनतालाई सरसफाइ सुविधा पुर्‍याउने सहस्राब्दी विकास लक्ष्य पूरा गर्ने सम्भावना टाढा नरहेको यससम्बन्धी विज्ञहरू बताउाछन् ।

जम्मा ४३ गाविस, एक उपमहानगरपालिका र एक नगरपालिका रहेको कास्कीमा २०५८ सालको जनगणनाअनुसार जनसङख्या तीन लाख ८० हजार छ । जनसङ्ख्या वृद्धिदर दुई दशमलव ६२ प्रतिशत, जनघनत्व १८९ प्रतिवर्ग किमी, वडाहरू ४२०, बस्ती एक हजार ३६७ र घरधुरी सङ्ख्या ८५ हजार ७५ छन् । जिल्लाका १९ हजार २१७ घर र १०८ विद्यालयमा बालसुलभ शौचालयसहित खानेपानी सुविधाको अभाव छ । कम्तीमा ५२ घरको भलाम गाविसदेखि एक हजार २२५ घरको मिजुरेडााडासम्मका गाविसमा शौचालय बनाउनुपर्ने छ ।

क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय र माछापुच्छे्र विकास सङ्घले कास्कीमा सन् २००२ देखि यो अभियान सुरुवात गरेका हुन् । जिल्लाका घाचोक, देउराली, काहु, पुम्दीभुम्दी, सल्यान, चापाकोट, भदौरे र लाहाचोक गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् ।

वल्र्डभिजनद्वारा हंसपुर र माझठाना, माछापुच्छे्र विकास संघले ढिकुरपोखरी र सराङकोट, नेष्टले  भलाम र लामाचौर, नेपाल रेडक्रस सोसाइटीले नार्माजुङ र पुरन्चौर, कोपिला नेपालले सिल्दजुरे र नौलो घुम्ती नेपालले ल्वाङघलेल गाविसलाई खुल्ला दिसामुक्त क्षेत्रको अभियानको अगुवाइ गरेका छन् ।

जिल्लामा शौचालय प्रयोग गर्ने घरधुरी एक दशमलव ६२ प्रतिशत र खानेपानीबाट लाभान्वित ९३ प्रतिशत छन् । पोखरा उपमहानगरपालिकामा तीन हजार २५२ र लेखनाथ नगरपालिकामा एक हजार ७५८ चर्पी बन्न सकेको छैन । गाविसका सरकारी, सङ्घसंस्थाका कार्यालय, मन्दिर, सार्वजनिक स्थल, नगरपालिका र राजमार्ग क्षेत्रमा सार्वजनिक शौचालयको अभाव छ । तीव्र सहरीकरण, जनसङ्ख्या वृद्धि तथा बसाइसराइका कारण पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रमा आवादी बढकोले घरसङ्ख्या पनि थपिएर सरसफाइको अभियानलाई सोही अनुपातमा विस्तार गर्नुपर्ने खाचो छ ।

जिल्ला विकास समिति र खानेपानी तथा सुपरीवेक्षण कार्यालयको समन्वयमा सरसफाइ योजना कार्यान्वयन गर्न  रु.पाच करोड २६ लाख ९७ हजार अनुमानित बजेट तयार गरिएको छ । युनिसेफलगायतका संस्थाले आर्थिक सहयोग गर्नेछन् । जसमा विपन्न परिवारको शौचालय निर्माणमा  रु.एक करोड ६६ लाख, ५० प्रतिशत जनसहभागितामा  विद्यालयमा बालसुलभ खानेपानी र शौचालय बनाउन रु.एक करोड ६२ लाख र विद्यालयमा चेतनामुलक कार्यक्रम गर्न रु. ३४ लाख ६५ हजार रकम छुट्टयाइएको छ ।

गाविस कार्यालय सार्वजनिक स्थानमा चर्पी बनाउन रु.६४ लाख ५० हजार, नगरपालिका राजमार्ग क्षेत्रमा बनाउन रु.१५ लाख, मानव स्रोत परिचालनमा रु.३२ लाख १९ हजार, गाविसस्तरीय क्रियाकलापलाई रु.३१ लाख ७८ हजार र जिल्लास्तरीय क्रियाकलापलाई रु.७१ लाख ३२ हजार विनियोजन गरिएको छ । जिविसको आन्तरिक स्रोत, दातृ निकाय र विभिन्न सङ्घसंस्थाको सहयोग थपिने छ ।

सरसफाइ सुविधा मात्र नभइ आनीबानीको विकास एवम् संस्कार भएकोले रोग लाग्न नदिन, शुद्ध पानी पिउन तथा स्वच्छ वातावरण निर्माण आम मानिसको सरोकार भएकोले सरसफाइ अभियानलाई सफल पार्न विभिन्न क्रियाकलापहरू सञ्चालन गरिने जिविस सूचना शाखाका पशुपति सुवेदी बताउाछन् ।

दिसापिसावपछि साबुन पानीले हात धोएमा ४४ प्रतिशत झाडापखालामा कमी ल्याउन सकिन्छ । झाडापखाला, निमोनियाले संसारमा ३५ लाख बालबालिकाले आफ्नो पाचौ जन्मोत्सव मनाउन पाउदैनन् । स्वस्थ रहन सबैभन्दा सजिलो तरिका शुद्ध पानी पिउने र हात धुने अभियानलाई तीव्रता दिइने छ । हात धुने सन्देशको रिङटोन मोवाइलमा राख्ने वा एसएमएस अभियान चलाइने छ ।

सबै कार्यालयले स्टाफ बैठक राखी हात धुने अभ्यास, आमसञ्चारका माध्यमबाट प्रचार, बाग्लुङ, वेगनास बसपार्क, पृथ्वीचोकमा हात धुने अभ्यास, पााच्ावटा बालबालिका सम्पर्क केन्द्र र पोखरा उपमहानगरपालिकामा हात धुने सीप प्रदर्शन गरी विद्यालय र समुदायस्तरीय अभियान सञ्चालन गरिने बताइएको छ ।

नेपालमा सरसफाइ प्रवर्द्धनका लागि आधारभूत सरसफाइ प्याकेज, विद्यालय सरसफाइ, राष्ट्रिय सरसफाइ सप्ताह र विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालित छन् । समुदायको अगुवाइमा पूर्ण सरसफाइ कार्यक्रम, २००३  सहभागितामुलक मोडल कार्यक्रम कार्यान्वयनमा छ । सन् २००८ लाई संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार अन्तर्राष्ट्रिय सरसफाइ वर्षको रूपमा मनाउने निर्णय गरेपछि सरसफाइले अझ व्यापकता पाएको छ भने विश्व हात धुने दिवसले त्यसमा थप टेवा दिएको छ ।

-Rajabahadur Gurung in Pokhara

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?