Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

झाडापखाला महामारीका बिच खेलियो रमाइला परम्परागत खेलहरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Sunday, 19 July 2009 06:14
सुर्खेत- जाजरकोट लगायत आसपासमा फैलिएको झाडापखालाले गर्दा यो वर्ष साउने सक्रान्तीमा खेलिने 'गिरी' खेल हेर्नका लागि उल्लेखनीय सहभागी भएपनि खेलिने स्थानीय बासिन्दाहरुको मन भने खिन्न रहेको छ ।

खेल हेर्न दैलेख, सल्यान तथा सुर्खेतका उत्तरी गाउँ विकास समितिका बासिन्दाहरु उल्लेखनीय सहभागी भए पनि त्रसित मुद्रामा भएको कमल रोकायको भनाई रहेको छ ।

खेलमा गिरी, छेलो, स्थानीय दमौडा तथा भोसो फाल्ने परम्परा रहि आएको छ । गिरी खेलमा मैदानको बिचमा दुई पाका मानिसहरुले खाडलमा राखिएको डोरीको गुज ट्याक ट्याक गरि ३ पटक हानेर गोल गरेपछि विजयी हुन्छ ।

गिरी खेलपछि अनौठो खेल रहेको छ जाजरकोटमा - लिछलौरी खेल । यो खेल दुई व्यक्तिको खुट्टाका औलाका भरले लठ्ठी अड्याउने गर्छन् । त्यो लठ्ठी जसले फुत्काउन सक्छ त्यसैले जित्छ भन्नुहुन्छ- स्थानीय बासिन्दा निर्मला सिंह ।

स्थानीय बासिन्दा करवीर रोकायकाअनुसार यो खेलले आपसी भाईचारालाई एक जुट भई काम गर्न सहयोग गर्ने तथा आपसी सरसल्लाहका रुपमा भेटघाटका रुपमा पनि लिने गर्छन्।

मेलामा अन्तिम खेलको रुपमा भोसो फाल्ने काम हुन्छ । जसलाई दलित समुदायका मानिसहरुले अश्लिल शब्दहरुले गाली गर्दै खोलामा गएर दियालोको कटकुलो फाल्ने गर्दछन् । यसपछि मानिसहरु घरमा फर्कने गर्छन्, साँझ परेपछि यो वर्षमा भएको रोग व्याधीले केहि नहोस, अनिकाल लगि सहकाल ल्याउन आग्रह गरि चारै दिशामा अगुल्ठो फाल्ने चलन रहेको छ ।

बैशाख १६ गतेदेखि शुरु भएको झाडापखालाले जाजरकोटमा मात्रै १६५ भन्दा बढीको ज्यान गइसकेको भए पनि आफ्ना दुख विर्सन कोशिस गरेता पनि स्थानीय बासिन्दाहरुको अनुहारमा भने चमक नदेखिएको पत्रकार सुरेन्द्र बहादुर सिंहले बताएका छन् ।

-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?