Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

हेपाटाइटिस 'बि' बाट परिवारै प्रभावित, उपचार खर्चको अभावमा जिवन र मृत्युको दोसाधमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Devika GM   
Thursday, 25 February 2010 02:42

दाङ- दाङको एक परिवार उपचार खर्चको अभाव भएपछि गाउँ गाउँमा सहयोगको अपिल गर्दै हिंड्न वाध्य हुनु परेकोछ।



देउखुरीस्थित सिसहनिया गाविस- ७ करङ्गेकोटमा बसोबास गर्ने एकै परिवारका सम्पूर्ण सदस्यहरुमा 'हेपाटाइटिस बि' को संक्रमण भएपछि सो परिवार उपचारखर्च जुटाउन नसक्दा सोकमा डुबेको छ । सरुवा रोगको रुपमा रहेको हेपाटाइटिस 'बि' परिवारका चारजना सदस्यमा देखिएपछि अहिले सो परिवार उपचारखर्च जुटाउन हार गुहार माग्दै हिडिरहेका छन्।

सिसहनिया गाविस -७ करङ्गेकोट निवासि ३० वर्षीय अर्जुनबहादुर पुनमगरको परिवारका सदस्यलाई हेपाटाइटिस 'बि' रोगको संक्रमण रहेको प्रमाणित भएपछि गाविसको पहलमा दाङको लमहीमा पत्रकार सम्मेलन मार्फत सबैलाई उपचारमा सहयोग गरिदिन आग्रह गरिएको छ । रोगको संक्रमणबाट पुन सहित उनकी ३१ वर्षीय श्रीमती सुनमती, १३ वर्षीय छोरी मीना र ईमा पीडित छन् । पत्रकार सम्मेलनमा सबै सहभागी थिए । पुनको घरमा रहेका एक छोरा र दुई जुम्ल्याहा छोरीहरुमा संक्रमणको खतरा देखिएको भनाइ बुवा अर्जुनको छ ।

'औषधि उपचार गर्न नसकिने स्थिति भएपछि सबैसंग हारगुहार माग्दै हिडेका छौं, मेरो उपचार गर्दागर्दै भए भरको सम्पत्ति सिद्धियो अब कसरी जहान केटाकेटीलाई बचाउने हो' दुःख व्यक्त गर्दै पुनले भन्नुभयो । शुरुमा परिवार मध्ये अर्जुनलाई हेपाटाइटिस रोग देखिएको थियो । तर अहिले उहाँको परिवार नै यसबाट प्रभावित बन्न पुगेको छ ।

'जेण्डिस देखियो उपचार गर्दै जाँदा यो रोग देखियो ।' पुनले गहभरी आँसुका साथ दुःखको भारी बिसाउनु भयो । दिनभरी अर्काको घरमा काम गरेर दैनिकी चलाउने पुनको परिवार कहिलै नसोचेको रोगले आक्रमण गरेपछि साह्रै चिन्तित भएको छ । रोगको उपचारको लागि अहिले उनीहरुको परिवार सहयोग माग्दै सडकमा भौतारी रहेको छ । परिवारको दुःख देख्न नसकेपछि चन्दा माग्छु र उपचार गर्छु भनेर हिडे तर धेरैजसोले हप्काए' उहाँले दुःखका पोका बिसाउँदै सम्मेलनमा सहयोगको याचना संगै भन्नुभयो ।

उपचारका लागि नेपालगज मेडिकल कलेजमा जानुभएका पुनलाई एकवर्ष पछि त्यहि हेपाटाइटिस 'बि' भएको प्रमाणित गरेर उपचार शुरु गर्नुपर्छ भन्ने सुनाएपछि परिवारमा दुःखको कालो बादल मडारियो । यो दुःख समाप्त हुनु भन्दा पनि जटिल बन्दै गएपछि मर्नु न बाँच्नुको स्थितिमा पुनको परिवार पुगेको छ । 'के गर्ने, कसो गर्ने, केहि थाहा छैन, डाक्टरहरुले रोगको बारेमा खुलेर भन्नुहुन्न चिन्ता लागेको छ'-उहाँले भन्नुभयो ।

रोगको संक्रमण बढ्दै गएपछि स्वास्थ्यमा प्रतिकुल असर देखा पर्दै गएको छ । अर्काको घरमा मजदुरी गरेर साँझ बिहानको छाक टार्ने यो पुनको परिवार रोगका कारण काम गर्न नसक्ने स्थितिमा पुगेको छ । 'हातमाथि उठांउन सक्दिन, छाति पोलेर आउँछ, कामै गर्न सक्दिन, छाक टार्नपनि समस्या परेको छ ।' उहांले भन्नुभयो । उपचारका क्रममा जग्गा, जमिन र ऋण लगाई सकेपनि उपचार पूरा हुन सकेको छैन पुन परिवारको । उपचारमा भएभरको सम्पत्ति सकियो । 'अहिलेसम्म ३१ हजार ऋण लागेको छ, यो कसरी तिर्ने हो स्थितिले दिदैन' उहांले भन्नुभयो । एक महिनामा रगत चेक गरेको २१ सयभन्दा बढी खर्च लागेको पर्चा देखाउँदै यहि पैसा पनि जुटाउन सकिएको छैन । उहांले बताउनुभयो ।

नेपालगजमा उपचार गराएको पुनको परिवारलाई काठमाडौं वीरअस्पतालमा उपचार गराउनुपर्ने भएपछि त्यहाँ लाग्ने शुल्क जुटाउन यो परिवार सबैसंग सहयोगको हार गुहार गर्दै हिडिरहेको छ ।

रुकुममा उपचर गर्न नसक्दा एकै परिवारका सदस्यले भोग्नुपरेको पीडा जस्तै अपि्रय घटना कल्पना नै हुन नदिन सिसहनिया गाविसको पहलमा संक्रमित परिवारलाई एकै थलोमा जुटाएर सहयोगको बाटो पहिल्याइदिएको छ । 'रुकुममा जस्तै समस्या अब कसैले भोग्न नपरोस भन्ने चिन्ताले हाम्रै पहलमा सहयोगको थालनी गरेका हौं' गाविस सचिव मंगलप्रसाद चौधरीले भन्नु भयो । गाविसको तर्फबाट रोगी परिवारको उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरिएको छ । गाविस र स्थानीय असल शासनका लागि युवा एकता युगले पीडित अर्जुनबहादुर पुनको नामबाट कर्णाली बैंक लमही शाखाको ०१ क १२१९ नम्बरको खाता खोलिदिएको छ । सो खातामा युवा एकता युग र गाविसले सामुहिक एक हजार जम्मा गरिदिएका छन् । सो खातामा सहयोग गरिदिन हुन सबैसंग आग्रह गरिएको छ।

हेपाटाइटिस 'बि' सरुवा रोग भएको चिकित्सकको भनाइ छ । 'यो सरुवा रोग हो, यसो उपचार सम्भव त छ, त्यहि प्रभावकारी हुन सकेको छैन ।' सामुदायिक अस्पताल लमहीका डाक्टर शिवजंग कुवरले भन्नुभयो । यस रोगलाई बढ्न नदिइ उपचार थालिए निको हुनसक्ने उहाँले बताउनुभयो । नियमित भ्यािक्सन दिएर उपचार गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसैबीच, जिल्ला जनस्वास्थ्य कार्यालय दाङले अतिविपन्न परिवारको उपचारका लागि सिफारीस गरेर सरकारी लागतमा उपचार हुन सक्ने प्रतिकि्रया दिएको छ । 'हामी कहाँ पीडितले निवेदन दिनुभयो भने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने सर्वदलिय सबैपक्षिय बैठकले निर्णय गरेर निःशुल्क उपचारको निम्ति सिफारिस गर्न सकिन्छ' जनस्वास्थ्य प्रमुख केशव पण्डितले भन्नुभयो । जिल्लाभरमा हेपाटाइटिस 'बि' का बिरामी कति छन् भन्ने तथ्याङ्क जनस्वास्थ्य कार्यालयमा छैन । यो रोगको भ्यािक्सन उपलब्ध हुने सूचना अधिकृत प्रदीप अर्यालले जानकारी दिनुभयो ।

-Devika GM in Dang

 

Comments

avatar president- zaya prasad siwakoti
0
 
 
hepatitis b is a vaccine preventable disease. so it can control by vaccination programme. we are launching that programme in many district of nepal. if demand us from that district we are ready to run the programme there also. thanks
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?