NEWS: बिबिसी नेपाली सेवा ::

Inside

"मार्च फर अमेरिका" मा सहभागी हुँदाका ति रोमान्चक क्षणहरु PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Shailesh Shrestha   
Wednesday, 21 July 2010 16:01

यात्रा संस्मरण: न्यू योर्क- "मार्च फर अमेरिका" नाम दिईको Immigration Reform डिसी र्यालीमा गत मै १ तारिख वासिङटन डिसी जाने र Restaurant Opportunities Center न्यूयोर्कको प्रतिनिधित्व गर्दै दुई सय संघ संस्थाहरुको प्रतिनिधिमुलक संघर्षरत संस्था NY Immigration Coalition संग समन्वय गर्ने सौभाग्य प्राप्त भयो ।

March for America rally in Washington DC. Photos: Shailesh Shrestha

यस ब्रिहद संजालको छातामुनी बसेर अप्रवासीहरुको अहम सवाल र सरोकार रहेको यो मुद्दामा सहभागि हुन पाउंदा मलाई अत्यन्त गौरब लागेको थियो। सन् २००७ मा सिनेटरे टेड केनेडी र राष्ट्रपतिका उम्मेद्वार जोन मैकेनले संयुक्त रुपमा प्रस्तुत गरेको Comprehensive Immigration Reform Bill कांग्रेस र सिनेटबाट पास नभएपछि लामो समयदेखि यो मुद्दामा ओझेलमा परेकोछ । अप्रवासी र यसका अगुवाहरु रष्ट्रपति ओबामाको निर्वाचनताकाका प्रतिबद्दताहरुप्रति आस्वस्त थिए र छन् पनि तर अमेरिकाको आफ्नै अन्य प्रतिकूलताकाकारण यो मुद्दा सतहमा आउन सकेन । भनिन्छ, आकार दिनलाई फलाम तातेकै बेला ठोक्नपर्छ । आयोजकहरुले Healthcare Reform Bill को काँग्रेसमा निर्णायक मतदान हुने त्यहि दिन March 21 लाई रोजे ब्रिहद दवावमुलक र्याली गर्नका लागि ।

एकदिन अघि साथीहरुसंग कुराकानी हुंदा थाहा लाग्यो डिसी र्यालीमा जानकालागि २०० बसहरु बूकिङ भैसकेको थियो । बिहान जब म निर्धारित समय र स्थानमा म्यान्हाटन पुगें- एरिका भन्दै थिईन् लास्ट मिनेट कन्फर्मेसन धेरै आयो डिसी जानलाई बस नपुग्ने भयो । त्यहि कारणले होला बिहान १ एक घण्टा ढिला भयो हिंड्नलाई । बस यात्रा भरि हामी बिच औपचारिक समन्वय भैरहयो । ठीक १०:४५ बिहान हाम्रा न्युयोर्कका सिनेटर चार्ल्स सुमरसंग टेलि-कोन्फिरेन्स सम्पन्न भयो । उहांले र साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर लिन्जी ग्राह्म्ले तयार पर्नु भएको Comprehensive Immigration Reform Bill बारे प्रश्नोत्तर भयो, वहाँ आफु सशरीर उपस्थित हुन नसकेकोमा क्षमा माग्दै र्याली सफलताको कामना गरेर हामीबाट बिदा हुनुभयो ।



वहाँमा हामीले अदम्य शाहस र आत्माबिश्वास पायौं, त्यस्ले हामीलाई थप उर्जा दियो । वहाँ बारम्बार भनी रहनु भएको थियो, एकजना अर्को रिपब्लिकन को-स्पन्सर खोज्नुस त्यसपछि सिनेटमा सजिलै पास गर्न सकिन्छ । सन् २००४ र २००७ को हात्ती आयो, हात्ती आयो फुस्साको परिणामले सबैलाई थप ससंकित बनाएको छ । अप्रवासीका भरोसायोग्य साथी म्यासाचुसेट्स राज्यका लिबरल् लायन टेड केनेडीको निधन र रिपब्लिकन स्कट ब्राउनको अप्रत्यासित बिजयको कारण डेमोक्र्याटिक पार्टीले सुपर मेजरिटि गुमाएको बर्तमान गणितीय खेलमा रिपब्लिकनहरुसंगको दालिय सहमति बीना यो बिल पास हुन सम्भव छैन र हेल्थकेयर रिफर्म बिलमा यहि आईतवार भएको निर्वाचनले दलीय ध्रुबिकरणलाई चरम बिन्दुमा पुर्यायएको छ ।

यसको अर्थ सर्वथा असम्भव नै छ भन्ने चांही होइन । आखिरमा आ-आफ्नो निर्वाचन क्षेत्रमा अप्रवासीको संख्या र प्रभाव कस्तो छ त्यस्मा भर पर्दछ उनीहरुको निर्णय । डेमोक्र्याटिक हुनासाथ अप्रवासीको मुद्दा र प्रस्तावित बिललाई निशर्त समर्थन गर्छ भन्ने ठम्याई पनि राख्न मिल्दैन, अप्रवासीहरुसंग यिनीहरुको "Tradition Coalition" मात्र हो, सन् २००७ को बिलमा मतदान हुंदा डेमोक्र्याट्सहरु म्याक्स बकस, जोन एस्टर, जिमा वेब, ब्लाञ्च लिंकन आदिले बिपक्षमा मतदान गरेको नजिरलाई नजर अन्दाज गर्न मिल्दैन । सिनेटर सुमर र ग्राह्मको प्रस्तावित बिल र काँग्रेसम्यान लुईस गुटिरोजको HR-4321 बारेमा पछि बुँदागत चर्चा गरिनेछ । हाललाई म यहाँहरुलाई डिसी र्यालीतर्फ लैजान्छु जहाँ फेरि "Yes We Can (सि से पोएदे)" को गगनभेदी नाराले राजधानी डिसिलाई उराल्यो ।



करिब १२:३० बजे जब हामी RFK Stadium मा पुग्यौं र बसबाट बाहिर निस्क्यौं, हाम्रो भुमि पाइलट भन्दै थिए एकहजारभन्दा बढी बसहरु देशका बिभिन्न २५ राज्यबाट आइसकेकाछन्।

व्हाइटहाउस अघाडिको नेसनल मल पुगेर यता उता हेर्दा जनसागर उर्ली रहेको स्पष्ट देखिन्थ्यो । यस्पालिको र्यालीलाई सफल, अर्थपूर्ण, र उत्पादक बनाउन आयोजकहरुले प्रदर्शनीमा सकभर सेतो पोसाक र अमेरिकी झन्डा लिएर आउन अग्रिम अनुरोध गरेका थिए तथापी छिटपुट केही अन्य राष्ट्रका झण्डाहरु पनि देखिन्थे तर पूर्व र्यालीहरुमा जस्तो म्याक्सिकन झण्डाको डोमिनेसन भने थिएन ।

यो बिशाल जनसागरले मलाई पुन: एकपल्ट गत वर्ष राष्ट्रपति बाराक ओबामाको शपथग्रहण समारोहमा सहभागी भएको ऐतिहासिक क्षणको स्मरण गरायो, हामी करिब ८ घण्टा एकै ठाउँमा उभिएका थियौं । शरीरमा अन्नपानी केही परेन, यसपाली पनि झन्डै उस्तै उस्तै भयो । न्यूयोर्कबाट हिंड्ने बेलामा एउटा स्याण्डविच र स्प्राइट परेको थियो पेटमा त्यती हो ।

र्यालीमा आउन नसक्नु भएका जिज्ञासु मित्रहरुको एउटै प्रश्न आई रहेको थियो, कति होलान सहभागी ? त्यो बिशाल जनसागरमा आफु रहेको एक दुई यार्ड क्षेत्रफलबाहेक अन्यत्र आँकलन गर्न असम्भव थियो, कतै खाली ठाउँ देखिंदैनथ्यो, के भनेर जवाफ दिने ? बरु म मित्रहरुलाई उल्टै प्रतिप्रश्न गर्दै रहें, के भन्यो conservative Fox channel ले ? अनि के भन्दै छ most liberal MSNBC channel ले ? फक्स च्यानलले करीब आधा मिलियन (पाँच लाख) को सहभागीता हुनसक्ने अन्दाज गरेको कुरा एकजना मित्रले फोनबाट सुनाईन् । सहभागीताको संख्या जे जति भएपनि आयोजक र हामी सम्पूर्ण सहभागी खुशीले पुलकित भएका थियौं, वास्तवमा अधिकतम एक लाखसम्मको अपेक्षा थियो March for America आयोजकअहरुको ।

सबै जाति, धर्म, क्षेत्र र संघसंस्थाहरुको समानुपातिक प्रतिनिधित्व रहेको यस ब्रिहद र्यासलिमा रेन्बो कोलिसनका जेसी ज्याकसन, HR 4321 बिलका प्रस्तोता कँग्रेसम्यान लुइस गुइटरेज, माथिल्लो सदनका सिनेटका एकमात्र हिस्पानिक साँसद बब मार्टिनेज, कार्डिनाल रोजर माहोनी, रेमरेण्ड समुयल रोद्रिगेज, बेन्जामिन जिल्स, आली नुरानी आदिले सम्बोधन गरेका थिए ।

उक्त समारोहलाई भिडियो टेपमार्फत राष्ट्रपती बाराक ओबामाले पनि सम्बोधन गरेका थिए । आफ्नो संक्षिप्त सारगर्वित सम्बोधनमा चुनावको क्रममा आफुले गरेको वाचा नबिर्सिएको र यथासिघ्र बाईपार्टिसान अप्रोच राखी यो बिललाई अघी बडाउने प्रतिबद्दता ब्यक्त गर्दा सहभागि आश्वासत र थप आशावादी भएका
थिए ।

तर ओबामाले भनेजस्तो सहज चाँहीं छैन "बाईपार्टिसान एप्रोच" Healthcare Reform Bill काँग्रेसबाट 219-212 को अन्तरले पास भएपछि Comprehensive Immigration Bill-2007 का को-स्पोन्सर जोन मैकेनले आक्रोशपूर्ण मुद्रामा पुरा एक वर्ष कुनैपनि बिल सिनेटबाट पास हुन नदिने घोषणा गरेका छन् भने सिंगो रिपब्लिकन पार्टी र यसको कन्जर्भेटिभ ग्रासरूट बेस "Kill the Bill" को राणतीतिमा अगाडि बढेको छ ।



तर एउटा परिघटनालाई मात्र आधार मानेर सम्पूर्ण सम्भावनाहरुलाई नजर अन्दाज गर्नचाहिं  गत महिना सिनेटबाट पास भएको ७१ एकहत्तर बिलियन डलरको 'Job Bill' लाई आधार मान्ने हो भने केही अप्रवासीको प्रभाव र जनघनत्व भएका क्षेत्र र राज्यको सिनेटरहरु यो अप्रवासी बिलको पक्षमा आउन सक्छन् । यसकालागी क्षेत्रगत रुपमा जनदवाब र राष्ट्रपतिको अडिग नेत्रित्व जस्तो भर्खरै 'Health Care Reform Bill' मा गर्नु भएको छ, को खाँचो छ ।

यसबेला म सम्पूर्ण अप्रवासीहरुको श्रद्दा, आस्था र सम्मानको धरोहर 'लिबरल लायन' टेड केनेडीलाई स्मरण गरीरहेको छु । वहाँका धेरै सपनाहरुमध्ये Immigration Reform Bill सधैं वहाँको रोजाई र प्राथमिकतामा थियो । गत वर्षमात्र हामीले यी महान हस्तिलाई गुमाएका छौं । वहाँले यो बीराट जिम्मेवारी अर्का हाम्रा उदार डेमोक्र्याट सिनेटर चर्ल्स सुमरलाई सुम्पेर जानुभएको छ । मंगलबार बिहान ११:१५ बजे Healthcare Reform Bill मा २० वटा कलमले राष्ट्रपति ओबामाले हस्ताक्षर गरेपछी यो बिल "Law of the Land" मा परीणत भएको छ । एक सय बर्षपछि दक्षिणपन्थ र पुरातनवादले गाँजेको अमेरिका मुस्किलले एककदमा अगाडि बढेको छ ।

हस्ताक्षर समारोहमा उपस्थित हुनु भएकी स्वार्गिय केनेडिकी धर्मपत्नी मिकी केनेडीको गर्बिलो अनुहारले स्पष्ट भरिएको थियो । टेडी आज तिम्रो एउटा सपना पुरा भएको छ । त्यही साँझ वहाँका पुत्र काँग्रेसम्यान प्याट्रिक केनेडीले भन्नुभयो "Dad, The unfinished business is done" तर यतिले मात्र पुरा हुँदैन र भएको छैन टेड केनेडीको सपनाहरु- १२ बाह्र मिलियनभन्दा बढी छायाँमा राखिएका अप्रवासीहरुलाई ससम्मान बाँच्न पाउने अधिकारको प्रत्याभुत नगरेसम्म पुरा हुँदैन केनेडिको सपना। केनेडी सधैं स्वास्थ्य सेवा र शिक्षालाई मानव अधिकारसंग जोड्नु हुन्थ्यो ।

स्वास्थ्य सेवा नागरिकको "Moral Rights" हो "Privilege" हैन भन्दै किल्ला र मन्चहरुमा गर्जेर "Universal Health Care System" को  पक्षमा बोल्नुहुन्थ्यो । यस अर्थमा प्रत्येक नागरिकले आधारभुत स्वास्थ्य सेवा नपाएसम्म पुरा हुंदैन केनेडिको सपना । आशावाद वहाँको जीवन दर्शन थियो, ओजस्वी भाव र मुद्रामा संधै गर्जनु हुन्थ्यो- "The Dream Never Dies" !

Restaurant Opportunity Center of New York (ROC-NY) Board Member and Nepali activist Shailesh Shrestha at the vigil. Photo: eEeyCam.com

ओबामाको राष्ट्रपतिय क्याम्पेनमा जब टेड केनेडीले इन्डोर्स गरे त्यसपछि ओबामाको पक्षमा अरु थप जनलहर आयो । म यी हरफहरु कोर्दै गर्दा त्यो दिनको सम्झना गरी रहेको छु, वहाँले आफ्ना दाजु John F. Kennedy का अधुरा र अपुरा सपनाहरु पुरा गर्ने प्रतिनिधि पात्रको रुपमा ओबामालाई ईन्डोर्स गर्दै आफ्ना असक्त सरीरले उक्त समारोहमा गर्जेका थिए "सि से पोईदे", मेरो पनि आव्हान छ, आउनुहोस हातमा हात मिलाऔं र स्वरमा स्वर मिलाऔं : "Yes We Can !"

-Shailesh Shrestha in New York

Read our related news:

हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए
US Social Forum 2010 photos
All Pages

-न्यू योर्क शहर जहाँ म्याक्डोनल्ड, डङ्किङ डोनट, बर्गर किङ र पिजा हटलेसमेत कामदारहरुलाई बिरामी बिदा दिदैनन्

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?