Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'म आज स्वदेश फर्कँदैछु, समग्रमाभन्दा मेरो कार्यकाल निकै सफल रह्यो, यसप्रति म खुसी छु'- नेपालकालागि भारतीय राजदूत राकेश सुद PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 11 August 2011 11:48

काठमाडौ- तीन बर्ष चार महिना लामो कार्यकाल सकेर आज फर्केका नेपालकालागि भारतीय राजदूत राकेश सुदले आफ्नो कार्यकाल सफल रहेको दावी गरेका छन् ।


Outgoing Indian Ambassador Rakesh Sood. Photo: Sitaram

यद्यपी उनको कार्यकाल भने हालसम्मका भारतीय राजदूतहरुमध्ये सबैभन्दा विवादास्पद रह्यो । 'म यहाँ ३ बर्ष, ४ महिना रहेँ' भारततर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा गम्भीर मुद्रामा राजदूत सुदले भने- 'म आज स्वदेश फर्कँदैछु, समग्रमाभन्दा मेरो कार्यकाल निकै सफल रह्यो, यसप्रति म खुसी छु ।'

पत्रकारहरुले सुदसँग भारत र नेपाली माओवादीबीचको चिसो सम्बन्धबारेपनि जिज्ञाशा राखेका थिए । तर उनले यो कुरा अस्वीकार गरे । भद्र शैलीमा प्रस्तुत भएका सुदले यो प्रश्न आउने बित्तिकै थोरै आक्रोस मिश्रित स्वरमा भने- 'यो तपाईंहरुको विश्लेषण हो, भारत र माओवादीबीच नराम्रो सम्बन्ध छैन ।'

२०६५ वैशाख १२ मा राजदूतकारुपमा नेपाल आएका राजदूत सुद आफ्नो कार्यकालभरि विवादास्पद रहेपनि उनी अपेक्षाकृत अन्य राजदूतहरुभन्दा बढि समय नेपाल रहे । सामान्य तया अन्य राजदूतहरुको कार्यकाल ३ बर्ष रहन्छ, सुदले थप ४ महिना नेपाल रहने सौभाग्य पाए । थप समय यहाँ रहेर उनको भूमिकाप्रति भारत असन्तुष्ट रहेको भन्ने नेपाली सन्चारमाध्यमहरुको समाचार टिप्पणीलाई उनले पुरै गलत सावित गर्न सफल भए । नेपाली सन्चार माध्यमहरुले उनी ८ महिना अगावै भारत फर्कन लागेको समाचार प्रकासित गरेका थिए ।

ऐतिहासिक संबिधान सभाको निर्वाचनपछि ६ महिनामा शान्ति प्रक्रिया सम्पन्न गर्ने र दुई बर्षमा संबिधान जारी गर्ने लक्ष्य लिइएको भन्दै उनले तोकिएको समयमा यी काम पुरा नभएकोमा चाहिँ असन्तुष्टि जनाए । उनको भनाई थियो- 'नेपालको जारी शान्ति प्रक्रिया र संबिधान निर्माण निष्कर्षमा पुगोस्, शान्ति, स्थिरता र समृद्दिसहितकॊ बहुदलीय लोकतन्त्र होस् भन्ने भारतको चाहना छ ।'

नेपालको शान्ति प्रक्रिया निष्कर्षमा नपुगेको देख्दा आफू दुखित र निराश भएको बताउँदै उनले यहाँका दलहरु मिलेर शान्ति प्रक्रिया सफल बनाउनेमा चाहिँ आशा व्यक्त गरे । नेपालमा स्थिरता कायम गरी बिदेशी लगानी भित्र्याउने वातावरण नेपालले तयार गर्नुपर्ने बताउँदै उनले नेपालका ३ सयभन्दा बढी योजनामा भारतीय लगानी रहेको जानकारी सम्बाददाताहरुलाई दिए ।

आफ्नो कार्यकालमा राष्ट्रपति डा. रामवरण यादव भारतको राजकीय भ्रमणमा दुई पटक गएको, तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल तथा अन्य मन्त्रीहरुको भ्रमण आदानप्रदानलाई उल्लेख्य उपलब्धीकारुपमा चित्रण गर्दै उनले भने- 'यहाँको राजनीतिक नेतृत्वसँग घुलमिल हुने मौका मिल्यो, यो मेरो लागि ठूलो कुरा हो ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?