Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

चिनिया सेनालाई जहाज, भारतीय सेनालाई हेलिकोप्टरमा सयर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 25 March 2011 15:06

काठमाडौं- बुधबारदेखि नेपालको तीन दिने भ्रमण सुरु गरेका चिनिया जनमुक्ति सेनाका प्रमुख चेन विङ्देको नेपाल भ्रमणका क्रममा भलै काठमाडौं उपत्यकाबाहिर जाने कार्यक्रम थिएन ।


त्यसैले नेपाली सेनाका हेलिकोप्टर वा जहाज चढेर चिनिया टोली काठमाडौं बाहिर जानु परेन । तर यदि काठमाडौंबाहिर पनि जाने कार्यक्रम बनेको भए १८ सदस्यीय यो टोलीले यातायातका रुपमा कुन हवाई साधन प्रयोग गर्थ्यो होला ?

एउटा कुराचाहिँ पक्का थियो, उनीहरुले नेपाली सेनासँग रहेका हेलिकोप्टर प्रयोग गर्ने थिएनन् । हालसम्म उत्तरबाट आएको कुनै पनि टोलीले हेलिकोप्टर चढेर काठमाडौं बाहिर नगएको अनौठो इतिहास रहेको सैनिक श्रोतले बतायो । जानकारीअनुसार, अहिलेसम्म चिनिया सेनाका कुनैपनि उच्च अधिकारीहरुले नेपाली सेनाको हेलिकोप्टर चढेका छैनन् ।

पदभार सम्हाल्नासाथ नेपाली सेनाको मानार्थ महारथीको उपाधि लिन भारतीय सेना प्रमुख नेपाल आउने र पोखरा र मुक्तिनाथ जाने गरेका छन् । अन्य मुलुकका उच्च सैनिक अधिकृत पनि नेपाल आउँदा पोखरा र मुस्ताङको जोमसोम एवं कैसाङस्थित सेनाको उच्च शिविर सैनिक शिक्षालय जाने गर्छन् । यी सबै यात्राकालागि सेनासँग रहेका हेलिकोप्टर नै प्रयोग हुने गरेका छन् ।

तर चिनिया सेनाका अधिकारीचाहिँ नेपाली सेनासँग रहेका हेलिकोप्टर चढ्दैनन् । स्रोतकाअनुसार उनीहरु हेलिकोप्टरको साटो सेनासँग रहेका जहाज प्रकृतिका हवाई सवारीसाधन जस्तै- एभ्रो वा स्काई ट्रक चढ्छन् । एक पूर्व उच्च सैनिक अधिकारीका अनुसार, नेपाली सेनासँग रहेका हेलिकोप्टर सुरक्षाका दृष्टिले त्यति भरपर्दो नठान्ने भएकाले उनीहरुले प्रयोग नगरेका हुन् ।

सेनासँग रहेका दुई सुपर पुमा र पुमामध्ये एउटा सन्चालन नहुने अवस्थामा छ । 'एउटा राष्ट्र प्रमुख र सरकार प्रमुखकालागि प्रयोग हुन्छ, ती प्रयोग गर्ने हो भने पनि तिनमा ४-५ जनाभन्दा बढी अटाउन्नन्' सैनिक श्रोतले भन्यो- 'त्यसपछिको विकल्प भनेको एमआई-१७ हेलिकोप्टर हो तर उनीहरु एमआई १७ लाई मान्छे बोक्ने होइन सामान ओसार्ने साधनकारुपमा लिन्छन्, मानिस चढ्ने होइन ।'

सैनिक प्रवक्ता रमीन्द्र क्षेत्रीले चाहिँ भ्रमण दलको सदस्य संख्याका कारण हेलिकोप्टरभन्दा जहाज प्रयोग हुने गरेको बताए । 'स्वाभाविक रुपमा चिनिया भ्रमण दल ठूलो हुन्छ, त्यसैले सदस्य संख्याका कारणले हेलिकोप्टरभन्दा जहाज प्रयोग हुनु स्वाभाविक हो' उनले भने- 'त्यसबाहेक अरु कारण छ, जस्तो मलाई लाग्दैन ।'

स्मरणीय छ, नेपाल भ्रमणमा आएको चिनिया सैनिक टोलीले अहिलेसम्मकै ठूलो सहयोग नेपाली सेनालाई दिएको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?