Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बिहारको चुनाव परिणामले नेपालमा असर पर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 25 November 2010 12:01

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तरी राज्य बिहारमा नीतिश कुमारले नेतृत्व गरेको जनता दल युनाइटेड र भारतीय जनता पार्टीको गठबन्धनले विधान सभा चुनाव जितेपछि नेपालको राजनीतिक बृत्तमासमेत त्यसको व्यापक चर्चा भएको छ ।



एक महिना लगाएर ५ चरणमा  भएको चुनावको बुधबार मतगणना गरिँदा मुख्यमन्त्री नीतिशकुमारले नेतृत्व गरेको सो गठ बन्धनले अत्यधिक स्थाना चुनाव जितेको छ । चुनावमा जातीय मुद्धाभन्दा विकासको मुद्धा शक्तिशाली हुने शिक्षा विहारको चुनाव परिणामले नेपालका राजनीतिक दलहरुलाई दिएको छ ।

घोषित परिणामअनुसार नीतिश कुमारको जनता दल युनाइटेडले १ सय १५ स्थानमा र भारतीय जनता पार्टीले ९१ स्थानमा चुनाव जितेका छन् । यस हिसावले २ सय ४३ स्थान रहेको विहार विधान सभामा यो गठ बन्धनले २ सय ६ स्थानमा विजय हासिल गरेको छ । ६ बर्ष अघिसम्म विहारमा सत्तामा रहेको लालुप्रसाद यादवको राष्ट्रिय जनता दल र रामविलास पासवानको लोक जनशक्ति पार्टीको गठबन्धनले जम्मा २५ स्थानमा चुनाव जितेको छ ।

यादव र मुसलमान एकताको नारा दिएर लालुको दल राष्ट्रिय जनता दल करिव १५ बर्षसम्म सत्तामा रहेको थियो । यो जातीय नारा कति लोकप्रिय थियो भने भ्रष्टाचारको आरोपमा मुछिएपछि लालुले आफ्नी निरक्षर श्रीमति रावडीदेवीलाई मुख्यमन्त्री बनाउँदापनि सो पार्टीले अर्को निर्वाचनमा विजय हासिल गरेको थियो । पाँच बर्षअघिको निर्वाचनमा बर्तमान सत्तारुढ गठबन्धनले १५ बर्षपछि लालुलाई विहारको सत्ताबाट हटाउन सफल भएको थियो ।

लालुको शासनकालमा विहारलाई जंगली राज भएको राज्यको रुपमा चिनिन्थ्यो । दिन दहाडै हत्या, लुट, अपहरण र यस्ता कर्ममा संलग्नहरुलाई सरकारको सहयोग विहारको चिनारी बनेको थियो । नेपालसँग सीमा जोडिएकाले त्यसको असर बिहारसँग नेपालको सीमाना जोडिएका तराईका जिल्लामापनि परेको थियो । तर पाँच बर्षअघि सत्तामा आएपछि नितिशले अपराधीहरुलाई राजनीतिक संरक्षण गरेनन् ।

यसैगरी, उनले विकासलाई अत्याधिक प्राथमिकता दिए । उनको ५ बर्षे कार्यकालमा विकासको दर अत्याधिक दरमा बढ्यो । स्कूल जान नपाएका महिला तथा बालबालिकालाई स्कूल पठाउन उनले अत्यन्त लोकप्रिय कार्यक्रमहरु अघि सारे । ठूल्ठूला राजमार्गहरु निर्माण गरिए । १० बर्षअघिसम्म जंगली राज, सबैभन्दा असभ्य राज्यको रुपमा चिनिएको विहारको परिचय नीतिश सत्तामा आएपछि तीब्रतम दरले विकासतर्फ अघि बढेको राज्यको रुपमा बदलियो ।

'यसको असर नेपालको तराईमापनि पर्नेछ, बिहारमा जुन परिणाम आयो, जातीय गठबन्धनको राजनीति लामो समय टिकाउ हुँदो रहेनछ भन्ने कुरा अहिलेको निर्वाचन परिणामले  देखाएको छ' मधेशी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ता भन्छन्- 'मधेशलाई आधार बनाएर राजनीति गर्ने नेपालका मधेशवादी दलहरुमापनि विस्तारै जातीय गठबन्धन बनाउने र त्यसैका आधारमा राजनीतिक बर्चश्व कायम गर्ने प्रबृत्ति बढ्न थालेको थियो, विहारको निर्वाचन परिणाले उनीहरुलाई सवक सिकाएको छ ।'

पछिल्लो समय भारतमा विस्तारै क्षेत्रीय पार्टीहरु कमजोर हुँदै गएका थिए, कुनै समय कमजोर बनेका कांग्रेस आई र भारतीय जनता पार्टीको शक्ति बढ्न थालेको थियो । तर विहारको निर्वाचनमा केन्द्रमा सत्तारुढ कांग्रेस (आई) ले शर्मनाक पराजय भोग्नुपर् यो । निर्वाचनमा कांग्रेस (आई) ले २ सय ४३ सदस्यीय विधानसभामा जम्मा ६ सीटमा बिजय हासिल गरेको छ । भारतीय जनता पार्टीले चाहिँ जनता दल (युनाइटेड) को सहयोगमा ४३ सीट पाएको छ । 'प्रमुख दल जनता दल (युनाईटेड) नै बनेको देखिएको छ' गुप्ता भन्छन्- 'विस्तारै भारतमा क्षेत्रीय शक्तिहरु मजवुत हुँदैछन् भन्ने यसले देखाउँछ ।'

लालुले अघि सारेको यादव-मुसलमान एकताको नाराका कारण यसअघि विहारको चुनावमा जातीय नाराले प्रमुखता पाउने गरेको थियो । लालुको यो नारालाई निस्तेज पार्न अन्य दलहरुलेपनि यस्तै जातीय नारा दिने गरेका थिए । त्यसैले चुनाव आएपछि मुसलमान र दलितहरुको गठबन्धन, ब्राम्हण- भूमिहार गठबन्धन बन्ने गरेको थियो । जातीय नाराका कारण गरिवी निवारण विकास निर्माण जस्ता मुद्धाहरु ओझेलमा पर्ने गरेका थिए ।

तर विगत पाँच बर्ष सत्तामा रहेका नीतिशकुमारले आफू सत्तामा रहेका बेला गरेको विकास निर्माणलाई चुनावी मुद्धा बनाए, उनले गरेको विकास निर्माणले उनलाई लोकप्रिय बनाएकै थियो, सन् २०१५  सम्म विहारलाई विकसित राज्यको श्रेणीमा पुर् याउने उनको चुनावी मुद्धाले उनी अन्य पार्टीकालागि निकै ठूलो चुनौति बनेर उभिए । यसले गर्दा जातीय नारा दिँदै आएका लालु लगायतलेसमेत पुरानो नारा छाडेर विकास निर्माणलाई नै चुनावी मुद्धा बनाउनु पर् यो । तमलोपाका सहमहामन्त्री जीतेन्द्र सोनल भन्छन्- 'उनले अरु दलको चुनावी नारा नै फेरिदिए, अहिलेको चुनावमा उनले हासिल गरेको सबैभन्दा ठूलो सफलता नै यही हो ।'

विगत पाँच बर्षमा नीतिशको राजमा विहारका मोष्टवान्टेड अपराधीहरु जेलमा परेका छन् । लालु रावडी शासनकालमाजस्तो विहारी राजनीतिमा अहिले अपराधीहरुको पकड छैन । कैयौं अपराधीहरुले आफ्नो अपराधकर्म छाडेर सामान्य जीवन बिताउन थालेका छन् । पक्राउ नपरेका र आफूलाई सुधार्नपनि नसकेका अपराधीहरु चाहिँ सीमा क्षेत्रमा आएर नेपालीहरुलाई दुख दिन थालेका छन् । विहारमा नीतिशको दोश्रो जीतपछि अपराधीहरुबिरुद्ध विहार सरकार अरु कडाईका साथ प्रस्तुत हुने देखिन्छ । 'उतातिर अझ बढि हुने कडाईका कारण उताका अपराधीहरु यता आउन सक्छन्' फोरम सहअध्यक्ष गुप्ता भन्छन्- 'यो चाहिँ विहारको चुनाव परिणामले यहाँ सिर्जना गर्ने चुनौति हो ।'

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?