Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नयाँ दिल्लीमा दक्षिण एसियाली सभामुखहरुको सम्मेलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 08 July 2011 09:43

सम्बिधान सभाका अध्यक्ष सुवाष नेम्वाङ्गको टोली पाँच दिन नयाँ दिल्लीमा रहने
काठमाडौं- दक्षिण एसियाली सभामुखहरुको सम्मेलनमा भाग लिन नयाँ दिल्लीतर्फ लागेका सम्बिधान सभाका अध्यक्ष सुवाष नेम्वाङ्गले नयाँ दिल्ली बसाईका क्रममा भारतीय पप्रधानमन्त्री मनमोहन सिँह, भारतीय संसदकी सभामुख मीराकुमारलगायतका राजनीतिक नेताहरुसँग भेटघाट गर्ने भएका छन् ।

नेम्वाङ्ग नयाँ दिल्लीमा हुने दक्षिण एशियाली सभामुखहरुको पाँचौ सम्मेलनमा भाग लिन विहीबार अपरान्ह त्यसतर्फ प्रस्थान गरिसकेका छन् । नेम्वाङकासाथमा एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) का मुख्य सचेतकहरु क्रमशः पोष्टबहादुर वोगटी, लक्ष्मणप्रसाद घिमिरे र भीम आचार्य छन् ।

सो टोलीमा फोरम (लोकतान्त्रिक) की सभासद निलम बर्मा र राप्रपा सभासद प्रतिभा राणा, व्यवस्थापिका संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सहसचिव टेकप्रसाद ढुंगाना र महासचिव भट्टराइका निजी सचिव रामबहादुर डंगोल सहभागी छन् । सभामुखहरुको सम्मेलन शनिबार सुरु हुनेछ र तीन दिनसम्म चल्नेछ । सभामुखसहितको टोली चाहिँ पाँच दिन नयाँ दिल्लीमा रहने संसद सचिवालय श्रोतले बताएको छ ।

सो सम्मेलनको उद्घाटन शत्रलाई सभाध्यक्ष नेम्वाङले भोलि सम्बोधन गर्नेछन् । सो  सम्मेलनमा सार्क राष्ट्रभरको संसदको अवस्था, त्यसको जनतासँगको सम्बन्ध र संसदको अवस्था सुधारलगायतका विषयमा छलफल हुने जानकारी सम्बिधान सभा सचिवालय श्रोतले दिएको छ ।

नेम्वाङ नेतृत्वको टोली २९ असारमा स्वदेश फर्कने कार्यक्रम छ । सरकारले असार ३० गतॆ आर्थिक बर्ष ०६८/०६९ को बजेट व्यवस्थापिका- संसदमा पेश गर्दैछ । त्यसैले अघिल्लो दिन सभामुख नेपाल फर्कने कार्यक्रम तय गरिएको हो ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?