Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतमा आधारभूत कुटनीतिक प्रशिक्षण लिन किन पठाउनु पर्‍यो? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 22 December 2010 16:35

काठमाडौं- व्यवस्थापिका-संसद अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिको बैठकले परराष्ट्र सेवामा हालै नियुक्त २८ जना शाखा अधिकृतलाई भारतमा आधारभूत कुटनीतिक प्रशिक्षणमा पठाउने परराष्ट्र मन्त्रालयको निर्णयमा मन्त्रालयसँग थप जानकारी माग्ने निर्णय गरेको छ ।

समितिको पुस परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराईले पुस ७ गते समितिको वैठकमा दिएको जवाफबाट समिति सन्तुष्ट हुन नसकेपछि यस्तो निर्णय गरिएको हो ।

अनुभवहिन कर्मचारीलाई नातावाद र ठूलो रकमको चलखेल गरेर नयाँ कर्मचारी भारत पठाउन लागेको भन्दै वैठकमा धेरै सभासदहरुले आवाज उठाएका थिए । सभासदहरुले ती कर्मचारीकालागि के कस्तो तालिम वा प्रशिक्षण दिन लागिएको हो त्यस किसिमको प्रशिक्षण स्वदेशमा दिन सकिने सम्भावना कत्तिको छ भन्नेबारे परराष्ट्र मन्त्रालयसँग थप जानकारी माग गरेको छ ।

सबै निजामती सेवाका कर्मचारीहरुकालागि स्वदेशमै आधारभूत प्रशिक्षण दिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेरमात्र काम गर्नुपर्ने सभासदहरुको भनाई छ । सभासदहरु सिपी गजुरेल, राधा ज्ञवाली, सन्तबहादुर नेपाली, कमला थापा, खड्गबहादुर विश्वकर्मा, विन्दा पाण्डे आदिले परराष्ट्रको मनपरी विरुद्ध चर्को आवाज उठाएका थिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?