Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

डा. बाबुराम दिल्लीमा राजनीतिक भेटवार्तामा ब्यस्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 06 January 2011 22:58

काठमाडौँ- नेपाल सम्बन्धी मामिलामा छलफल गर्न विवेकानन्द फाउण्डेसनको आब्हानमा भएको सम्मेलनमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री सुजाता कोइराला नयाँ दिल्लीमा राजनीतिक भेटवार्तामा ब्यस्त भएका छन् ।

भट्टराईले हिजो मात्रै वित्त प्रणव मुखर्जी, शिबशंकर मेनन र विदेश सचिव निरुपमा रावसँग भेट गरेका थिए ।

डा. भट्टराईले आज भारतीय जनता पार्टीकी नेतृ सुषमा स्वराजसँग भेटवार्ता गरेका छन् । यसैगरी, भारतीय विदेशमन्त्ती एसएम कृष्णा र गृहमन्त्री पी चिताम्बरमसँगपनि उनले भेटेका छन् । माओवादी र भारतवीचको सम्बन्ध अरु चिसो बनेका बेला भट्टराईको भ्रमण र भेटवार्ताले निकै महत्व पाएको छ । भारतीय नेताहरुसँगको भेटमा भट्टराईले आफ्नो पार्टी भारतविरोधी नभएको स्पष्टिकरण दिइरहेका छन् ।

जानकारीअनुसार, भारतीय नेताहरुसँगको भेटमा उनले नयाँ आधारमा संबन्ध निर्माण गर्न उत्सुक रहेको बताएका थिए । सो कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री सुजाता कोइरालापनि गएकी छन् । उनले आज विहान भारतीय विदेश मन्त्रालयको नेपाल डेस्क हेर्ने प्रमुख सतिस मेहतासँग लन्चसहित कुराकानी गरेकी थिइन् । कोइरालाले वित्तमन्त्री प्रणव मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । कोइरालाले विदेशमन्त्री एसएम कृष्णासँग शुक्रबार भेट्ने कार्यक्रम छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?