Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय राजदूत सुद र परराष्ट्रमन्त्री यादवबिच सुटुक्क भेट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 06 May 2011 11:19

काठमाडौँ- फिर्ता हुने क्रममा रहेका नेपालकालागि भारतीय राजदूत राकेश सुदले परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग सुटुक्क भेट गरेका छन् ।

मन्त्री यादव र राजदूत सुदबीचको भेटलाई परराष्ट्र मन्त्रालयले औपचारिक रुपले सार्वजनिक गरेको छैन ।

बुधबारमात्र उपप्रधानमन्त्रीका अलवा परराष्ट्र मन्त्रीको रुपमा शपथ लिएका यादवलाई भेट्न राजदूत सुद दिउसो १२ बजेतिर परराष्ट्र मन्त्रालय पुगेका थिए । उनीहरुबीच करिव आधा घण्टा कुराकानी भएको थियो ।

श्रोतकाअनुसार, संयुक्त राष्ट्र संघ अन्तर्गत अल्पविकसित राष्ट्र (एलडिसी) हरुको संगठनको बैठकमा भाग लिन टर्की जान लागेका उपप्रधानमन्त्री यादवसँग भारतका विदेशमन्त्री एसएम कृष्णाबीच भेट हुँदैछ । उनीहरुबीच भेट हुने जानकारी दिन सुदले भेटेको हुन सक्ने परराष्ट्र श्रोतको दावी छ ।

मधेशवादीहरुबीच भारतविरोधी नेता भनेर चिनिएका यादवले विहीबार सन्चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा चाहिँ भारतप्रति सकारात्मक भाव प्रकट गरेका थिए । उनले एमाओवादीलाई भारतविरोधी गतिविधि गर्न नदिने सार्वजनिक रुपमै बताएका थिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?