Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

उपप्रधानमन्त्री बिजय गच्छेदारसँग मधेशवादी दलहरु सतर्क PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 17 January 2011 23:05

काठमाडौं- उपप्रधानमन्त्रीसमेत रहेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष बिजय गच्छेदारसँग अन्य मधेशवादी दलहरुपनि सतर्क हुन थालेका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीको विभाजनमा गच्छेदारको हात रहेको देखिएपछि अन्य मधेशवादी दलहरु उनीसँग सतर्क रहन थालेका हुन् । सबै मधेशवादी दलहरुलाई विभाजन गरेर आफू मधेशको एक्लो शक्ति बन्ने खेलमा गच्छेदार लागेको अन्य दलहरुको आरोप छ ।

श्रोतकाअनुसार, तमलोपाको विभाजनमा एमालेको हात रहेको आरोप अध्यक्ष महन्थ ठाकुरले लगाएपनि सो पार्टीको विभाजनमा गच्छेदारको हात रहेको ठाकुरले आन्तरिक कुराकानीमा लगाउने गरेका छन् । तमलोपा विभाजन गरी तमलोपा नेपाल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रौतहटबाट निर्वाचित सभासद गोबिन्द चौधरीलाई गच्छेदारले प्रयोग गरेको तमलोपाको आरोप छ । जातीय कारणलेपनि चौधरी गच्छेदार निकट मानिन्छन् ।

'गच्छेदारमा जसरी हुन्छ प्रधानमन्त्री हुने भूत सवार भएको छ, यसकालागि उनी मधेशवादी पार्टी विभाजनमा कम्मर कसेर लागेका छन्, ताकि आफ्नो पार्टीलाई मधेशको सबैभन्दा ठूलो पार्टी भन्ने देखाएर प्रधानमन्त्री दावी गर्न सकियोस्' तमलोपाका एक शीर्ष नेताले भने- 'उनले पहिले आफ्नै पार्टी फुटाए, अनि हाम्रो पार्टी फुटाए फेरि अहिले फोरमलाई नै फुटाउन लागि परेका छन्, त्यसैले उनीसँग अहिले सबै मधेशवादी पार्टी सतर्क भएका छन् ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?