Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय राजदूतहरुको हेरफेर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 05 August 2011 00:19

काठमाडौ- नेपालकालागि भारतीय राजदूत राकेश सुद गणतन्त्र दिवसका सम्मुखमा नेपालबाट फिर्ता हुने भएका छन् ।

सुदले नेपाल छाड्नु अगावै भारतकालागि नेपाली राजदूत रुक्म शमशेर राणालेपनि नेपाल फर्कने तैयारी गरेका छन् । नेपाली मिडियाहरुले लगातार आफ्नो फिर्तीका सम्बन्धमा समाचार प्रकासित गरेपछि उनीहरुलाई असत्य सावित गर्नकालागि नेपाल छाड्न आनाकानी गरिरहेपनि अगष्ट १५ अगावै फर्कनु पर्ने भएपछि सुद फर्कने तैयारीमा लागेका हुन् ।

सुदले अव आफू फर्कने समय भएको जानकारी दिएपछि आगामी हप्ता नेपालकालागि जापानी राजदूत र परराष्ट्र मन्त्रालयले सुदको विदाईमा भोज आयोजना गरेका छन् । 'डिन अफ डिप्लोम्याट' का हैसियतले नेपालकालागि जापानी राजदूतले आगामी शुक्रबार विदाई भोजको आयोजना गरेका छन् । यसैगरी, परराष्ट्र मन्त्रालयकोतर्फबाट परराष्ट्र सचिव डा. मदन भट्टराईलेपनि आगामी सोमबार विदाई भोजको आयोजना गरेको परराष्ट्र श्रोतले बतायो ।

श्रोतकाअनुसार, अत्यधिकरुपमा आलोचित बनेका सुदलाई भारत सरकारले फिर्ता बोलाएको, उनी छिट्टै नेपाल छाड्नेलगायतका समाचार नेपाली सन्चार माध्यमहरुले दिएकामा आक्रोसित सुद आफ्नो फिर्ती सम्बन्धमा आएका समाचारलाई गलत सावित गर्न नेपाल छाड्न आनाकानी गरिरहेका थिए । आफनी श्रीमतिको कांग्रेस आई की अध्यक्ष सोनिया गान्धीको दरवारमा रहेको पहुँचका कारण उनलाई यहाँ रहिरहन सजिलो भएको थियो ।

यद्यपी नयाँ राजदूत जयन्त प्रसाद १५ अगष्ट 'स्वतन्त्रता दिवस' को उपलक्ष्यमा हुने झण्डोत्तलनमा आउने कार्यक्रम भएकाले उनी यसै हप्ता नयाँ दिल्ली फिर्ता हुन बाध्य भएका हुन् । सुदको भारत सरकारले फ्रान्सकालागि भारतीय राजदूतकोरुपमा नियुक्त गरिसकॆको छ । सुद भारत गएको १-२ दिन भित्रै नयाँ राजदूत प्रसाद आफ्नो कार्यभार सम्हाल्न नेपाल आउने बताइएको छ ।

उता, एक महिनाभित्र फिर्ता हुन भारतकालागि नेपाली राजदूत रुक्म शमशेरलाई परराष्ट्र मन्त्रालयले दिएको निर्देशनअनुसारको अवधि गत हप्ता सकिएपनि राजदूत राणा आगामी हप्ता फर्कने भएका छन् । बताइएअनुसार, राजदूत राणाले आफू अगष्ट १० गतेभित्र आइपुग्ने जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् । १० तारिखभित्र आइपुग्ने जानकारी दिएपनि अगष्ट ७ मा नेपाल फर्कने तैयारी राजदूत राणाले गरिरहेको श्रोतले बतायो ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?