Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतद्वारा माओवादीलाई समर्थन? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 08 January 2011 11:59

काठमाडौँ- के साँच्चिकै भारतले माओवादी नेतृत्वको सरकारलाई स्वीकार गर्ने संकेत गरेको हो ?

नेपालमा माओवादी नेतृत्वको सरकार भारतकालागि पि्रय होला भन्ने धेरै नेपालीले सोच्नपनि सक्दैनन् तर भारतको चार दिने भ्रमण सकी नेपाल फर्केका एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले चाहिँ भारत माओवादी नेतृत्वको सरकार स्वीकार गर्न तैयार भएको सन्देश बोकेर काठमाडौं फर्केका छन् ।

डा. भट्टराईकाअनुसार नेपालका राजनीतिक दलहरुबीच सहमति भयो भने माओवादी नेतृत्वको सरकारकालागि भारतपनि तैयार देखिएको छ । 'मूल कुरा यहाँका राजनीतिक दलहरुबीचको सहमति नै हो' डा. भट्टराईले त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै  भने- 'यहाँका राजनीतिक दलहरुबीच हुने सहमतिलाई भारतलेपनि मान्यता दिने संकेत मैले यस पटकको भ्रमणका क्रममा पाएको छु ।'

सरकार निर्माणकालागि भारतले यहाँका राजनीतिक दलहरुबीचको सहमतिलाई प्राथमिकता दिएपनि एउटा तीतो सत्य कुरा के हो भने, राजनीतिक दलहरुबीच सहमति कायम हुन नदिन भारतले नै भूमिका निर्वाह गर्दै आएको छ । सार्वजनिक रुपमा चाहिँ भारतीय नेताहरुल यहाँ सहमति हुन्छ भने माओवादी नेतृत्वमा सरकार बन्न सहमति कायम हुन्छ भने त्यसमा आफूलाई कुनै आपत्ति नभएको बताउँदै आएका छन् ।

विवेकानन्द फाउन्डेसनको निमन्त्रणामा भएको नेपाल सम्बन्धी कार्यक्रममा भाग लिन नयाँदिल्ली गएका माओवादी उपाध्यक्ष डा. भट्टराईले अर्थमन्त्री प्रणब मुखजी, भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, भारतीय विदेशमन्त्री निरुपमा रावलगायतका उच्च अधिकारीहरुलाई भेटेका थिए । उनको यो भ्रमणले माओवादी र भारतको संस्थापन पक्षबीचको चिसो सम्बन्ध केही सुध्रिएको विश्वास गरिएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?