Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय राजदुतद्वारा अनुदान रोक्ने चेताबनी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Tuesday, 22 March 2011 13:22

रुपन्देही- माओवादी द्वारा कालो झन्डा देखाएपछि भारतीय राजदुत राकेश सुदले आगामी दिनमा दुतावासमार्फत गुल्मी जिल्लामा आएको विकास सहयोग रोकिन सक्ने चेतावनी दिएका छन्।



गुल्मी जिल्लामा भारतीय राजदुतावासको सहयोगमा निर्माण सम्पन्न भएका श्रृङ्गेश्वर क्याम्पस बलेटक्सार र तम्घासको रेसुङ्गा माध्यमिक विद्यालयको भवन उद्घाटन गर्न आएका राजदुत सुदलाई माओवादी कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध गरेपछि त्यसको प्रतिकार गर्दै सुदले विकास रकम रोक्ने चेतावनी दिएका हुन् ।

राजदुत सुदलाई माओवादी कार्यकर्ताले सदरमुकाम तम्घासको मुल नाका देउराली तथा दुविचौर गाविसमा कालो झण्डा प्रदर्शन गर्दै भारतीय राजदुत बिरुद्ध नाराबाजीसमेत गरेका थिए । सुदले गुल्मीको बलेटक्सारमा १ करोड ९० लाखको लागतमा निर्माण सम्पन्न भएको श्रृङ्गेश्वर क्याम्पस भवन ८१ लाख २९ हजारमा निर्माण सम्पन्न भएको तम्घासको रेसुङ्गा भवनको आज उद्घाटन र झण्डै २ करोडको लागतमा निर्माणाधिन रेसुङ्गा क्याम्पसको पुस्तकालय भवनको निरिक्षण गरेका छन् ।

स्थानीय जनताले माग गरेकै कारण सहयोग गरेको र त्यसको निरक्षण गर्न आउँदा कालो झण्डा देखाएर अपमानित भएको भन्दै आगामी दिनमा विकास सहयोग आवश्यक पर्ने भएमा गुल्मीमा कि्रयाशिल माओवादीसहितका राजनीतिक दलहरुले सर्वदलीय बैठक गरेर 'विरोध पार्टीको नीति अनुरुप नभएको' ब्यहोराको पत्र निर्णय सहित हस्ताक्षर गरेर पठाएमा थप माग भएका योजनाहरुको विषयमा बिचार गर्न सकिने जानकारीसमेत दिएका छन् ।

गुल्मी जिल्लाबाट भारतीय राजदुतावासमा थप १२ विद्यालयका भवन निर्माणका योजना माग भएकोसमेत कार्यक्रममा सुदले जानकारी दिएका थिए । राजदुत सुदले रिडीको श्रृषिकेशव मन्दिरमा पुजाआजा गरी दर्शन र तम्घासको भारतीय पुर्व सैनिक बोर्ड पेन्सन क्याम्पकोसमेत अनुगमन गरेका थिए ।

-Chandrakant Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?