Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय स्थल सेनाको उच्च टोली नेपाल भ्रमणमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 10 August 2011 16:07

काठमाडौ- नेपालको पाँच दिने भ्रमणमा आएको भारतीय स्थल सेनाको उच्च टोलीले आज रक्षा मन्त्री विष्णु पौडेल, रक्षा सचिव नविनकुमार घिमिरे र प्रधानसेनापति छत्रमानिसंह गुरुङलगायतसँग भेट गरेको छ ।



भारतीय सेनाको सैनिक समाचार महानिर्देशक लेफिटनेन्ट जनरल डीएस ठाकुर नेतृत्वमा सो टोली मंगलबार काठमाडौं आएको थियो ।

भेटमा द्विपक्षीय सुरक्षा सहयोगकाबारेमा छलफल भएको सैनिक श्रोतले बताएको छ । नेपाली सेनामा भारतको निकै ठूलो प्रभाव छ । माओवादी लडाकूहरुको समायोजनपछि नेपाली सेनामा भारतको यो प्रभाव कमजोर हुने भय भारतीय पक्षलाई छ । सेना समायोजनको मोडालिटीबारे राजनीतिक तहमा कुराकानी भैरहेका बेला भारतीय सेनाको उच्च टोली नेपाल आएको हो ।

सो सैनिक टोली भोलि बिहीबार जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालय जाने कार्यक्रम छ । चीन विरुद्ध लडिरहेका खम्पाहरुलाई २०३१ सालमा नेपाली सेनाले निशस्त्रीकरण गरेपछि खम्पाहरुको क्याम्प रहेकै स्थानमा नेपाली सेनाले उच्च सैनिक शिखर शिक्षालय स्थापना गरेको थियो । नेपाल आउने भारतीय तथा अमेरिकी उच्च सैनिक अधिकारीहरु त्यहाँ पुग्ने गरेका छन् ।

सो सैनिक टोली शुक्रबार अमलेखजन्जस्थित प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयकोसमेत निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ । आजचाहिँ टोलीले रक्षा मन्त्री, रक्षा सचिव र प्रधानसेनापतिलाई भेट्नुका अलवा टोखास्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको सेमत अवलोकन गरेको थियो ।

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?