Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतको पुरा गर्नै नसक्ने माग तुहिएपछि ! PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 17 July 2011 15:58


काठमाडौं- भारतीय बित्त मन्त्री प्रणव मुखर्जीको एक महिनाअघि अकस्मात नेपाल आउने कार्यक्रम बने पनि रद्द भएको थियो, त्यसको असली कारण खुल्न गएको छ।



नेपाल आउन अकस्मात बनाइएको कार्यक्रम अकस्मात रद्ध हुनुको कारण रामदेवको धर्ना र उनको पक्राउबाट सिर्जित स्थितिलाई बनाइयो । तर तय भैसकेको नेपाल भ्रमणको कार्यक्रम अकस्मात रद्ध हुनुको कारण चाहिँ बिल्कूल भिन्दै रहेको जानकारी नेपालकालागि भारतीय राजदूत राकेस सुदले परराष्ट्र मन्त्रालयलाई दिएका छन् । मुखर्जीको भ्रमण स्थगित भएलगत्तै परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई भेटी उनले मुखर्जीको भमण स्थगित हुनुमा करिव आधा दर्जन कारण रहेको संकेत गरेका थिए ।

नेपालमा पक्राउ परेका तेश्रो देशका नागरिक खासगरी पाकिस्तानीलाई भारतले आवस्यक ठाने उसलाई सुपुर्दगी गर्नुपर्ने प्रावधान सहितको सुपुर्दगी सन्धिमा र त्यससँगै द्धिपक्षीय कानूनी सम्झौता गर्नुपर्ने भारतीय माग छ । तर तेश्रो देशका नागरिक भारतलाई सुपुर्दगी गर्नुपर्ने मागमा नेपालको सहमति छैन । तेश्रो देशका नागरिकमाथि नेपालमा मुद्धा पर्दा अदालतमा हुने सुनुवाईमा उपस्थित हुन पाउने भन्ने भारतको मागलाई पनि नेपालले अस्वीकार गर्दै आएको छ ।

यसैगरी, नेपाल भारतबीचको सीमा नक्सामा नेपालले हस्ताक्षर गर्न अस्वीकार गर्दै आएको छ । करिव ९० प्रतिसत सीमा समस्या समाधान भएकाले त्यसमा हस्ताक्षर गर्नुपर्ने र बाँकी कालापानी र सुस्ता लगायत लाई छलफल र वार्ता गरेर सुल्झाउन सकिने भारतको प्रस्ताव छ । तर पुरै समस्या समाधान नगरी हस्ताक्षर गर्दा कालापानी र सुस्ताको सम्बन्धमा नेपालको हात तल पर्ने भएकाले नेपालले त्यसलाईपनि अस्वीकार गर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय स्काई मार्शल राख्नुपर्ने भारतको मागमापनि नेपालले स्वीकृति जनाएको छैन । तर भारतले चाहिँ पटक पटक स्काई मार्शल राख्नुपर्ने माग दोहोर् याएको-दोहोर् यायै छ । द्धिपक्षीय लगानी स्वीकृति र संरक्षण सम्बन्धी सम्झौता र युटिएलले तिर्नुपर्ने ९० करोड बराबरको राजश्व मिनाहा गर्नुपर्ने भारतीय मागमापनि नेपाल सरकार सहमत छैन ।

श्रोतका अनुसार, उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको नेपाल भ्रमणको निम्तोलाई स्वीकार गर्दै नेपाल आउन लागेका बित्तमन्त्री मुखर्जीको नेपाल भ्रमण अन्तिम समयमा आएर रद्ध गरिएपछि रद्ध हुनुको कारण राजदूत सुदले परराष्ट्रमन्त्री यादवलाई सांकेतिक रुपमा बताएका थिए । 'नेपाल-भारतबीच सुल्झाउनुपर्ने बिषय धेरै छन् तर नेपालका कारण ती मिलिरहेका छैनन्' सुदले भनेका थिए- 'यस्तो स्थितिमा उहाँ जस्तो बरिष्ठ मन्त्री नेपाल आएर के सकरात्मक सन्देश जान्थ्यो र !'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?