Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीयदूत सुटुक्क प्रम खनाललाई भेटेर नयाँ दिल्ली फिर्ता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 07 February 2011 10:29

काठमाडौं- भारतले नरुचाएपनि माओवादी समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष झलनाथ खनाललाई आफ्नो प्रभावमा राख्न भारतले अभियान सुरु गरिसकेको खुलाशा भएको छ ।

खनाल प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्टै भारतीय प्रधानमन्त्रीका एक जना दूतले खनाललाई सुटुक्क भेटेर फर्केका छन् ।

श्रोतका अनुसार, खनाल प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्टै एकजना उच्च पदस्थ भारतीय अधिकारी सुटुक्क नेपाल आएका थिए । त्रिभुवन विमानस्थलबाट उनी  सिधै खनाल निवास डल्लु पुगेर खनाललाई भेटी फेरि नयाँ दिल्ली फर्केका थिए । उनले खनालसँग एक घण्टा कुराकानी गरेको श्रोतले बताएको छ ।

भारतीय मिडियाहरुले नै माओवादीको योजनामा एमाले अध्यक्ष खनाललाई अकस्मान जिताइनुलाई रामचन्द्र पौडेल र विजय गच्छेदारको हारभन्दा भारतको हार भएको विश्लेषण गरिरहेका बेला अडान नभएका नेताका रुपमा चिनिने खनाललाई आफू अनुकूल बनाउन भारतीय प्रधानमन्त्री मनमोहन सिँहले दूत पठाएर बधाई दिनुका साथै आफ्नो चासो राखेका हुन् ।

खनाल प्रधानमन्त्रीमा नियुक्त भएकै दिन राति भारतीय प्रधानमन्त्री सिँहले टेलिफोन गरी औपचारिक बधाई दिएका थिए । भारतीय प्रमले औपचारिक बधाई दिएपनि खनालको जितबाट भारत असन्तुष्ट भएको कुरा आइतबारको सपथग्रहण कार्यक्रममा भारतीय राजदूतको अनुपस्थितिबाटै देखिन्थ्यो । राष्ट्रपति डा. रामबरण यादवको भ्रमणको सिलसिलामा सुद भारत गएपनि शपथ ग्रहणमा सहभागी हुन आउन उनले आवस्यक ठानेनन् ।

बरु खनालले शपथ ग्रहण गरिसकेपछि उनले काठमाडौं आइपुगेका थिए । प्रधानमन्त्रीमा खनाल आश्चर्यजनक रुपले चिनिएको समाचार नयाँ दिल्लीमा राष्ट्रपतिको स्वागतमा आयोजना गरिएको एउटा रात्रिभोजमा सुनेपछि उनले आफू यो समाचारबाट शक भएको प्रतिकृया दिएका थिए । फिर्ता हुने बेलामा भारतले नरुचाएका उम्मेदवार खनाल निर्वाचित भएपछि यसलाई राजदूतको कार्यकालको असफलता मानिएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?