Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय विदेशमन्त्री एस.एम. कृष्णा नेपालको तीन दिने भ्रमणकालागि काठमाडौँ आइपुगे PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 20 April 2011 17:32

काठमाडौँ- नेपालमा परराष्ट्र मन्त्रीको छनौट भएपछिमात्र काठमाडौं आउने तैयारीमा रहेका भारतीय विदेशमन्त्री एस.एम. कृष्णा नयाँ परराष्ट्रमन्त्रीको टुंगो नलाग्दै तीन दिने औपचारिक भ्रमणकालागि काठमाडौँ आइपुगेका छन् ।

सात सदस्यीय टोलीको नेतृत्व गर्दै कृष्णा बिहान ११.४५ मा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओलिएका थिए ।

माओवादी पहलमा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएपछि असन्तुष्ट बनेको भारतीय सरकारकोतर्फबाट गरिएको यो पहिलो भ्रमण भएकाले उनको भ्रमणलाई अनेक कोणबाट हेरिएको छ ।

एकथरिले उनको भ्रमणले प्रम खनालसँगको भारतको सम्बन्ध सुधार्ने अनुमान गरेका छन् भने स्वयं प्रधानमन्त्री खनालचाहिँ कृष्णाको भ्रमणले आफ्नो सरकारलाई अरु कमजोर बनाउने भयले त्रस्त देखिन्छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झर्नासाथ विदेशमन्त्री कृष्णाले चाहिँ नेपाली संचारकर्मीसित कुरा गर्दै आफ्नो भ्रमण नेपाल र भातरबीच रहिआएको परम्परागत सम्बन्ध सुदृढ बनाउने बताए । उनले दुई  देशबीचको सम्बन्धकालागि आफ्नो भ्रमण फलदायी हुने दावीपनि गरे । नेपाल-भारत सम्वन्ध आफूहरुको उच्च प्राथमिकतामा रहेको बताउँदै उनले नेपाल भ्रमणको क्रममा भारत र भारतीय जनताको सदीक्षा साँट्न तथा द्विपक्षीय हित र चासोका विषयहरुमा कुराकानी गर्ने जानकारी दिए ।

काठमाडौं आएलगत्तै कृष्णाले होटल याक एण्ड यतिमा परराष्ट्रमन्त्रीकोसमेत कार्यभार सम्हालेका अर्थमन्त्री भरतमोहन अधिककारीसित भेटेका थिए भने त्यसपछि राष्ट्रपति डा. रामवरण यादवसित भेट गरेका थिए ।

यसैगरी, कृष्णाले प्रधानमन्त्री झलनाथ खनालसँगपनि भेट गरी कुराकानी गरेका थिए ।

अर्थमन्त्री अधिकारीसँगको भेटमा कृष्णाले भारत सरकारको शेयर रहेको युनाइटेड टेलिकम (युटिएल) ले नेपाल सरकारलाई तिर्न बाँकी ९० करोड राजस्व मिनाहा गर्न आग्रह गरेको श्रोतले बताएको छ ।

कृष्णा भ्रमण टोलीमा विदेश सचिव निरुपमा राव, परराष्ट्र सल्लाहकार राघविन्द्र शास्त्री, विदेश मन्त्रालयमा प्रवक्ता विष्णुप्रकाश विदेक, विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने सह-सचिव शतिस मेहता, विदेश मन्त्रीको निजी सचिवालयका निर्देशक गोपाल वाग्ले, विदेश मन्त्रीका स्वकीय सचिव जीआर भाष्कर र नेपाल डेस्क हेर्ने उपसचिव नेपाल छिरिङ शेर्पा रहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।


-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?