Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

हिन्दु राष्ट्र नेपाल बनाउने विषयमा भारतीय नेताहरुद्वारा चासो ब्यक्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 13 March 2010 11:58

काठमाडौं- नेपालप्रति चासो राख्ने हिन्दुबादी दल भारतीय जनता पार्टीका नेताहरुले नेपालमा माओवादीको पछिल्लो गतिविधि र हिन्दु राष्ट्र नेपाल बनाउने विषयमा चासो ब्यक्त गरेका छन् ।

भारत भ्रमणमा रहेका उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारसँगको भेटवार्ताको क्रममा उनीहरुले त्यस्तो चासो ब्यक्त गरेको नयाँदिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

माधब नेपालको सरकारको आयु अब धेरै नरहेको चर्चा चलिरहेका बेला भारत भ्रमणमा रहेका गच्छेदारले शनिवार विहान भारतीय जनता पार्टीका संसदीय बोर्डका अध्यक्ष एवम् बरिष्ठ नेता लालकृष्ण आडवाणीसँग भेट गरेका थिए । गच्छेदारसँगको भेटमा आडवाणीले त्यस्तो चासो राखेको गच्छेदारको सहयोगीका रुपमा नयाँ दिल्लीमा रहेका ऋषि धमलाले बताएका छन् ।

भेटमा आडवाणीले माओवादीको पछिल्लो गतिविधिप्रति चासो राख्दै समयमै संविधान जारी हुन र शान्ति प्रक्रिया निश्कर्षमा पुग्नलाई त्यसले अप्ठ्यारो पार्ने नपार्ने भन्ने विषयमा जिज्ञासा राखेका थिए । आडवाणीले सयममै संविधान निर्माण हुनु पर्नेमा जोड दिँदै त्यसकालागी दलहरुविच उच्चस्तरीय राजनीतिक सहमति कायम हुनु पर्नेमा जोड दिएको बताइएको छ ।

गच्छेदारसँगको भेटमा आडवाणीले नेपाललाई पुनः हिन्दु राज्य बनाउने बारेमा उपप्रधानमन्त्री गच्छदारसँग विशेष चासोपनि राखेका थिए । गच्छेदारले नेपालमा जनआन्दोलनपछिको अवस्थामा व्यापक परिवर्तन आएको बताउँदै धर्मको सवालमा पनि नेपाली जनतामा परिवर्तन आईसकेको बताएका थिए । गच्छदारले नेपालको राजनीतिमा ठुलै चुनौती रहेको बताउँदै त्यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।

आडबाणीका अलवा भाजपाका अर्का नेता तथा पूर्व अध्यक्ष राजनाथ सिँहसँगपनि गच्छेदारले भेटेका थिए । सिँहलेपनि नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयमा विषेश चासो राखेका थिए । समाजवादी दलका अध्यक्ष मुलायमसिँह यादवले पनि गच्छदारसँग भेटवार्ता गरेका र भेटमा मधेसमा जारी हिंसा नियन्त्रणको विषयमा छलफल भएको थियो । गच्छेदार \आइतबार नेपाल फर्कदैछन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?