Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतद्वारा नेपाली नेताहरुलाई बोलाएर भारतीय नीति बनाउने चाँजो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 24 March 2011 08:22

काठमाडौं- नेपालसम्बन्धी बनाएको नीति असफल हुँदै गएपछि भारतको विदेश मन्त्रालयले नेपालसम्बन्धी नयाँ नीति तय गर्ने भएको छ ।



यसअघि संसदीय प्रजातन्त्र र सम्बैधानिक राजतन्त्र (टु पिल्लर) नेपाल नीति अख्तियार गर्दै आएको थियो । नेपाललाई आफ्नो सुरक्षा छाताको रुपमा लिने गरेको भारतले आफ्नो सुरक्षा नीतिलाई टेवा पुर्याउने गरी यहाँको राजनीतिमा सँधै चासो लिने र नेपाली राजनीतिलाई आफ्नो प्रभावमा राख्ने प्रयत्न गर्दै आएको छ । तर माओवादी नयाँ शक्तिको रुपमा उदाएपछि भारत आफ्नो रणनीतिमा असफल हुँदै आएको छ ।

यसै प्रयोजनकालागि भारतले आफू निकटका मधेशीलगायतका अन्य नेताहरुलाई सुझावकालागि भारत बोलाएको श्रोतले जानकारी दिएको छ । नेपालसम्बन्धी भारतको नीति जहिल्यै त्यहाँको कर्मचारीतन्त्रले बनाउने गरेको र यस्तो नीति व्यावहारिक नहुनुकासाथै भारतकालागि प्रतिकूलसमेत बन्दै गएको आरोप त्यहाँको राजनीतिक वृत्तले लगाउन थालेपछि विदेश मन्त्रालयले आफ्नो देशका सबै प्रमुख राजनीतिक नेताहरुसँग सल्लाह गराउन नेपालमा आफू अनुकूलका राजनीतिक नेताहरुलाई एकपछि अर्को गर्दै बोलाएको हो ।

विकिलिक्सले यसै साता भारतीय जनता पार्टीका नेता लालकृष्ण आड्वाणीले नेपालमा भारतको प्रभाव कमजोर भएको कुरा गत साल बताएको खुलासा गरिसकेको छ । नेताहरुको भ्रमणको उद्देश्य र नयाँ दिल्लीमा भएको भेटघाटबारे जानकार स्रोतले भन्यो- 'विदेश मन्त्रालयकै सक्रियतामा नेपाली नेताहरुलाई भारतीय उच्च नेतासँग भेटाई सुझाब लिन लगाएर कर्मचारीतन्त्रले नेपाल नीति हचुवाका आधारमा बनाएको थिएन, भारतप्रति शुभेच्छा राख्ने राजनीतिक पार्टीका नेताहरुसँग सल्लाह गरेरै बनाएको थियो र यसै क्रममा तपाई राजनीतिक नेताहरुसँग पनि उनीहरुको कुरा भएको हो ।'

यही मार्च २८ सम्म नेपालका नेतालाई भारत बोलाएर सुझाब लिनेछ भने अन्यसँग चाहिँ यहीँ दूतावास र फोनमार्फत कुरा गर्ने बताइएको छ । माओवादीका नेताहरुसँग दूतावास स्रोतमार्फत काठमाडौंमै कुराकानी गरिने जानकारी विदेश मन्त्रालयले मधेसी नेताहरुलाई दिएको छ । यसै क्रममा नेपाली कांग्रेसका कार्यबाहक सभापति सुशील कोइरालासहितको टोली र एमालेको टोलीलाईपनि भारत भ्रमणमा बोलाएको जानकारी श्रोतले दिएको छ । मधेशी नेताहरुसँग चाहिँ भारतले नयाँ नीतिकालागि सुझावका अलवा उनीहरुद्धारा गठित संयुक्त मधेशी मोर्चालाई मान्यता दिनपनि भारत भ्रमणमा बोलाइएको बताएको थियो ।

स्रोतकाअनुसार, भारत भ्रमणको क्रममा सबैजसो भारतीय नेताले मधेसी नेतालाई 'जसरी कांग्रेस, एमाले र माओवादीसँग हामीले कुराकानी गर्ने र सम्बन्ध राख्ने गरेका छौँ, अब संयुक्त मधेसी मोर्चालाई पनि त्यही हैसियतमा राखेर व्यवहार गर्छौं' भन्ने आश्वासन दिएका छन् । हरेकजसो भारतीय नेताले मधेसी नेतासँग 'अर्को नेताले के भन्नुभयो ?' भन्ने जिज्ञासा राखेका थिए, मधेसी नेताहरुले 'यसो-यसो भन्नुभयो' भनेपछि सोध्ने नेताले पनि 'हाम्रो भनाइ पनि ठ्याक्कै त्यही हो' भन्ने गरेका थिए ।

सबैजसो नेता र अधिकारीले भारत नेपालकाबारेमा नयाँ नीति तय गर्ने क्रममा रहेको बताए पनि तत्कालका लागि चाहिँ शान्ति प्रक्रिया चाँडोभन्दा चाँडो पूरा हुनुपर्ने, नयाँ संविधान बन्नुपर्ने, त्यो संविधान प्रजातान्त्रिक हुनैपर्ने र मधेसको समस्या समाधान हुनुपर्ने भन्ने नेपालप्रतिको भारतीय नीति रहेको बताएका थिए । मधेसमा भारतको सुरक्षा चासो पनि जोडिएको बताउँदै उनीहरुले यही कारण मधेशमा भारतको आलोचना गर्ने एमाओवादीलगायतका दलहरुको प्रभाव बढेको आफूहरुले देख्न नचाहेकोपनि बताएका थिए ।

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?