Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय सन्चारमाध्यमहरुद्वारा नेपाली र भारतीय माओवादीबीच गहिरो सम्बन्ध रहेको दाबी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 31 January 2010 18:15

काठमाडौं- माओवादी र भारतका बीच सम्बन्ध चिसो भैरहेका बेला भारतीय सन्चारमाध्यमहरुले हिरासतमा रहेका एक भारतीय माओवादी नेताका हवाला दिँदै नेपाली र भारतीय माओवादीबीच गहिरो सम्बन्ध रहेको पुष्टि गर्न खोजेका छन् ।

भाकपा माओवादीका पोलिटव्यूरो सदस्यको रुपमा भारतीय प्रहरीले प्रचारित गरको कोबद गान्धीले नेपालको माओवादी पार्टीसँग निकट सम्बन्ध रहेको खुलासा गरेको बताउँदै उनीहरुले दुई देशका माओवादीबीच गहिरो सम्बन्ध रहेको पुष्टि गर्न खोजेका हुन् ।

इन्डियन एक्सप्रेस दैनिकको अनलाइन संस्करणमा आइतबार प्रकाशित समाचार अनुसार गान्धीले सन् २००२ देखि सन् २००६ सम्म किशनजीसहित अन्य वरिष्ठ माओवादी नेतासँग चारपटक नेपालको भ्रमण गरेको बयान प्रहरीलाई दिएका छन् । सो अनलाइन संस्करणले यसलाई प्रहरीश्रोतबाट प्राप्त महत्वपूर्ण समाचार भन्दै सो समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

हिरासतमा रहेका गान्धीले भनेको कुरालाई हवाला दिँदै तैयार पारिएको समाचार अनुसार उनको नेपाल भ्रमणका बेला फिलिपिन्सका अन्य २ व्यक्तिसमेत नेपालका माओवादीको निमन्त्रणमा नेपाल आएका थिए । फिलिपिनीले भारतीय माओवादीलाई जंगल युद्ध तथा विष्फोटक पदार्थको सचालनबारे जानकारी दिएको सो समाचारमा उल्लेख गरिएको छ ।

गान्धीले सन् २००३ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्यहरुसँग वार्ता गरेको बताउँदै  नेकपा माओवादीका वसन्त भनिने अशोकसँग वार्ता गरेको दावी गरेका छन् । अशोक माओवादीका हालका प्रबक्ता दीननाथ शर्मा हुन्, जो दक्षिण एसियाका माओवादीहरुको संगठन सीकम्पोसाका संयोजक छन् । गान्धीले उनीसँग सम्भावित सहकार्यका लागि बृहत् स्तरमा वार्ता गरेको बताइएको छ । गान्धीले प्रशान्त भनिने पार्थ (राम कार्की) सँग पनि वार्ता गरेको बयान दिएको सो समाचार पत्रले बताएको छ ।

बताइए अनुसार, उनले सन् २००६ मा पनि नेपाल भ्रमण गरेका थिए । त्यो भ्रमण जनमुक्ति सेना नेपालको निमन्त्रणमा भएको थियो र उनीसँग भाकपा (माओवादी) का अर्का प्रभावशाली नेता किशनजी (मालोजुला कोटेश्वर राव) पनि सँगै थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?