Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रम खनाललाई गोप्य भेट्ने भारतीय गुप्ताचर संस्थाका हाकिम ! PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 09 February 2011 14:29

काठमाडौं- प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्टै भारतीय प्रधानमन्त्री मनमोहन सिँहको बिशेष दूतको रुपमा नव निर्वाचित झलनाथ खनाललाई भेट्ने व्यक्ति भारतीय गुप्तचर संस्था "र" का उच्च अधिकारी भएको खुलाशा भएको छ ।

उनको नामभने अझै सार्वजनिक भएको छैन । 'र' का उच्च अधिकारीले प्रधानमन्त्री खनालसँग गरेको भेटघाट र त्यसक्रममा सत्ता साझेदार एमाओवादीलाई कुनैपनि हालतमा गृह र रक्षा जस्ता सुरक्षासँग सम्बन्धित मन्त्रालय नदिन गरेको आग्रहपछि एमाले माओवादीलाई यी मन्त्रालय नदिने अडानमा पुगेको श्रोतले बताएको छ ।

सात बुँदे सहमतिमा गृह र रक्षाजस्ता मन्त्रालय आपसमा बाँडफाँड गर्ने उल्लेख भएपनि त्यसलाई तोड्दै एमालेले दुवै मन्त्रालय आफै राख्ने अडान लिएको छ । उता माओवादीलेपनि गृह मन्त्रालयलाई आफ्नो बटम लाइन बनाएको छ जसकाकारण खनाल प्रधानमन्त्रीमा निर्वाचित भएको एक हप्ता पुगेपनि मन्त्रीमण्डलको गठन भने हुन सकिरहेको छैन । गृह माओवादीलाई दिने स्पष्ट सम्झौता गरेपनि भारतीय गुप्तचर संस्थाका अधिकारीको सुझावपछि खनालले आफैले हस्ताक्षर गरेको सहमति विपरित गृह आफैले पाउनुपर्ने अडान लिइरहेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएकै साँझ खनाललाई बधाई तथा सहयोगको आश्वासन दिएका मनमोहन सिँहले एकजना उच्चपदस्थ अधिकारीलाई काठमाडौं पठाएका थिए । आफ्ना प्रधानमन्त्रीको औपचारिक बधाई तथा शुभकामना लिएर ती उच्च अधिकारी भोलिपल्ट काठमाडौं आए । त्यसैदिन नयाँ दिल्ली फर्के । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै खनाल निवास डल्लु पुगेका थिए । उनले करिब एक घन्टा लामो कुराकानीमा भारतीय चासोसमेत प्रकट गरेका थिए । त्यही भेटको असर अहिले नेपालको राजनीतिमा परिरहेको छ । निवर्तमान प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधब नेपालले भारतीय प्रम सिँहसँग गरेको आग्रहअनुसार नै 'र' का अधिकारीले खनाललाई गृह र रक्षा मन्त्रालय माओवादीलाई नदिन भनेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै डल्लुस्थित खनाल निवास पुगेका 'र' का ती अधिकारीले भनेका थिए- 'तपाईं प्रधानमन्त्री हुनुभएकोमा भारत बेखुसी छ भन्ने अफवाह फैलाइएको छ, त्यो होइन । हाम्रो चासो भनेको यहाँ हुने गतिविधिकाकारण भारतको सुरक्षामा असर नपरोस् भन्ने मात्र हो । तपाईं प्रधानमन्त्री हुनुभएकोमा हामी खुसी छौं, तर गृह र रक्षाजस्ता सुरक्षासँग सम्बन्धित मन्त्रालय तपाईंले नै राख्नुभएमा हामी बढी आश्वस्त हुने थियौं ।' यति भन्दै उनले यसअघिका सरकारहरुलाई जसरी नै खनालको सरकारलाईपनि पूर्ण सहयोग गर्ने वचन दिएका थिए । भारतीय प्रधानमन्त्रीको दुतकोरुपमा आएका ती व्यक्ति भारतीय गुप्तचर संस्था 'र' का निकै उच्च अधिकारी रहेको बताइएको छ ।

खनाल प्रधानमन्त्रीमा निर्वाचित भएको साँझ खनाललाई फोन गरी भारतीय प्रम सिँहले बधाई दिनुभन्दा अघि निवर्तमान प्रधानमन्त्री माधब नेपालसँग सिँहको लामो कुराकानी भएको थियो । बताइएअनुसार सिँहले माओवादी सहयोगमा खनाल निर्वाचित भएकोमा चिन्ता प्रकट गरेका थिए । नयाँ सरकार भारतको प्रतिकूल हुने विश्लेषण उनको थियो । प्रत्युत्तरमा नेपालले भारतको भूमिका खनाल र उनले नेतृत्व गरेको सरकारलाई अनुकूल बनाउनुपर्ने सुझाव दिएका थिए । आफूसँगको लामो कुराकानीपछि निवर्तमान प्रम नेपालले नै भारतीय प्रधानमन्त्री सिँह र खनालबीच सम्पर्क सूत्रको काम गरेका थिए । सो छोटो कुराकानीमा खनाललाई बधाई तथा सहयोगको ढाडस दिँदै सिँहले बाँकी कुरा भोलि माघ २१ आउने आफ्ना दूतले बताउने जानकारी गराएका थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?